नुवाकोट । तादी गाउँपालिका–४ सुन्दरादेवीको बाह्रबीसेमा गए राति एम्बुलेन्स दुर्घटना हुँदा मकवानपुर मनहरि घर भएका चालक सन्दीप भारतीको मृत्यु भएको छ ।
समुद्रटारबाट काठमाडाँै जान लागेको कान्तिपुर डेण्टल जनरल हस्पिटल काठमाडौँको बा १६ च ८९७ नंं को एम्बुलेन्स दुर्घटना हँुदा मनहरि ज्यामिरेका एम्बुलेन्स चालक २४ वर्षीय भारतीको घटनास्थलमा नै मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ । एम्बुलेन्स दुर्घटना भएर सडकबाट करीब ५० मि तल पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिए । दुर्घटनामा ज्यामिरेका राजकुमार अधिकारी र अरुणप्रसाद अधिकारी सामान्य घाइते भएका छन् । उनीहरुको टाउकोलगायत अन्य ठाउँमा चोट लागेको छ । एम्बुलेन्स दुर्घटना भएलगत्तै स्थानीयवासी र प्रहरी उद्धारका लागि घटनास्थल पुगे पनि उनीहरु सम्पर्कविहीन भएको र आज बिहान ९ बजे प्रहरी चौकी समुद्रटारको सम्पर्कमा आएको प्रहरीले जनाएको छ । कान्तिपुर डेण्टलमार्फत सञ्चालनमा रहेको एम्बुलेन्स समुद्रटारलगायत स्थानमा अस्पतालको सेवा प्रचार गर्न आएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: