धुलिखेल। प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मतदाता र राजनीतिक दलका प्रतिनिधिलाई मत खरिदबिक्रीमा नलाग्न आह्वान गरेका छन ।
निर्वाचन आयोगले आज गरेको ‘मतदान तथा मतगणना क्षेत्रीय प्रशिक्षण’ कार्यक्रममा डा यादवले राजनीतिक दल र मतदातालाई आफ्नो मत सुरक्षित गर्न आग्रह गर्दै भने “मतदाता शिक्षा र मतदान गर्ने काम मतको सुरक्षा र सुनिश्चितताका लागि हो, जनताको मतविना प्रजातन्त्र सुदृढ हुन सक्दैन । त्यसको सुरक्षा कसरी गर्ने भन्ने जिम्मेवारी हामी र हाम्रो हो । ”डा यादवले जनशक्ति खटनपटनमा ट्रेड युनियनको प्रभावमा नपरी काम गर्न प्रजिअ र जिल्ला निर्वाचन अधिकृतलाई आग्रह गरे । “प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा अधिकारी र निर्वाचन अधिकृतलगायतलाई दबाब आउनु सक्छ कि त्यहाँ फलानालाई मिलाइदिनुस् भनेर, त्यो चुनौतीको विषय हो ।” उनले भने, “त्यसलाई उचित ढंगले समाधान गर्दै मतदानस्थलमा खटिने जनशक्तिको उचित व्यवस्थापन गर्न लाग्नुहोस् ।
डा यादवले राजनीतिक दल र जिल्लास्थित निर्वाचन आचारसंहिता अनुगमन समितिलाई नगरमा सरसफाइको काममा ध्यान दिन पनि आग्रह गरे । निर्वाचनमा नगर बोर्ड, ब्यानर, झण्डा र पोष्टरले रंगाउन सक्ने भएकाले त्यस्ता वस्तुलाई मनगर र नगरभित्र राख्न नलगाउन सम्बन्धित पक्षलाई आग्रह गर्दै भने, “नगरलाई आजैदेखि सफा राख्नका लागि म प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय र नगरपालिकालाई आग्रह गर्न चाहन्छु । नगरको सभ्यता जनताको सम्पत्ति भएकाले फोहर गर्न नदिनुस् ।” आयोगका सहसचिव नवराज ढकालले मतदानको प्रक्रियामा केही परिमार्जन भएकाले त्यसमा ध्यान दिन सबै कर्मचारीलाई आग्रह गरे । “मतपत्रमा भएको डिजाइन र मतदान प्रक्रियामा भएको लेआउटको परिवर्तनको बारेमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई थप प्रशिक्षण गराउनुपर्ने भएको छ ”, ढकालले भने, “त्यससँगै ४०० भन्दा बढीको संख्यामा विदेशी पर्यवेक्षक पनि आउने भएकाले उनीहरुले हेर्ने विषयमा ध्यान दिन आग्रह गर्दछु ।” भोलि(बुधबार) गरी दुई दिनसम्म चल्ने प्रशिक्षणमा काभ्रेपलाञ्चोकलगायत, काठमाडौँ, भक्तपुर, ललितपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, रौतहट, पर्सा, चितवन, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, रामेछाप र सिन्धुली गरी १७ जिल्लाका ८१ अधिृकतको सहभागिता रहेकाे छ ।aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: