रसुवा । आगामी मंसिर १० गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि प्रचारप्रसारमा बालबालिका सहभागी नगराउन दहरु प्रतिबद्ध भएका छन् । प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलका अनुसार लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धलगायत अन्य दलका प्रतिनिधि तथा तिनका उम्मेदवारसँगको छलफलमा यस्तो सहमति भएको हो । निर्वाचन प्रचारको गतिविधिमा जिल्ला बाहिरका मानिस नल्याउने र मदिरा विषेध गर्नेे र निर्वाचन आचारसंहिता पूर्णरूपले पालन गर्दै जानेमा पनि दलहरू प्रतिबद्ध भएको प्रजिअ पौडेलले बताए । सर्वदलीय बैठकमा प्रतिनिधिसभाका लागि लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मोहन आचार्य नेका पार्टी सभापति पेम्बा छिरिङ तामाङ, नेकपा (एमाले) का पार्टी सचिव विजय लामा, माओवादी केन्द्रका प्रतिनिधि माधव लामिछाने, नयाँ शक्ति पार्टी प्रतिनिधि दिनेश तामाङ सहभागि थिए । १५ हजार महिला मतदाता आगामी मंसिर १० गते सम्पन्न हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा १५ हजारभन्दा बढी महिला मतदाताले मतदान गर्ने भएका छन् । जिल्ला निर्वाचन अधिकारी नवीन खालिङका अनुसार जिल्लाको ४५ मतदान केन्द्रबाट १५ हजार ८६७ महिला र १६ हजार ४५५ पुरुष मतदाताले मतदान गर्नेछन् । एक क्षेत्र र दुई प्रदेश रहेको रसुवा जिल्लाको कुल मतदाता ३२ हजार ३२२ रहेकामा प्रदेश (क) मा १६ हजार १६७ र प्रदेश (ख) मा १६ हजार १५५ मतदाता रहेको निर्वाचन अधिकारी खालिङले जानकारी दिए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: