जनार्दनले माअोवादीमा भित्र्याए एकैदिन ३ दर्जन नेता
कार्तिक २२ गते, २०७४ बुधवार 8th November, 2017 Wed१०:३८:४९ मा प्रकाशित
काठमाडौं । नेकपा माओवादी केन्द्रमा एकैदिन ३ दर्जन बढी प्रवेश गरेका छन् । वाम गठवन्धप्रति पश्चिम रुकुममा स्थानीयको अचम्मको आशा र आकर्षण देखिन्थ्यो ।
जिन्दगीभर काँग्रेसमा आस्थावान नेता कार्यकर्ता हुल वाँधेर वाम गठवन्धनमा प्रवेश गरे । त्रिवेणी गाँउपालिकाको पेउघामा बुधवार भएको वामगठवन्धनको चुनावीसभामा गठवन्धनका प्रतिनिधिसभा पश्चिम रुकुमका उम्मेद्धार जनार्दन शर्मा प्रभाकरलाई नवप्रवेशीहरुको स्वागतका लागि भ्याई नभ्याई भयो ।
स्थानिय निर्वाचनमा सिंगै वडापालिकामा जित हाँशिल गरेर आफनो गढ सावित गरेको काँग्रेसले यसपटक ठुलो मुल्य चुकाउनुपर्ने आशका गरिएको छ । नेपाली काँग्रेसवाट वाडापालिकामा जितेका जनप्रतिनिधि सहित आज ३ दर्जन वढी स्थानिय नेता कार्यकर्ताहरु हुल वाँधेर माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
माओवादी केन्द्रमा प्रवेश गर्नेहरुमा नेपाली काँग्रेसका क्षेत्रिय सदस्य तथा वडाका निर्वाचित सदस्य पदमप्रकाश खत्री, वडापालिकाका निर्वाचित सदस्य टेकवहादुर खड्का, वडापालिकाका निर्वाचित सदस्य रिखमी नेपाली, शिक्षक संघका जिल्ला कार्यसमिति सदस्य खम्ववहादुर केसी, यज्ञवहादुर परियार, जंगवहादुर खड्का, टेकवहादुर पुुन, रत्ना खत्री रहेका छन् ।
त्यसैगरि माओवादी केन्द्रमा प्रवेश गर्नेहरुमा नेपाली काँग्रेसका वडा सचिव तप्तवहादुर ओली, कमानसिं ओली, मेगलाल खड्का, भिमवहादुर पुन, यकमाया ओली, विकाश ओली, तिलक खड्का, भक्तवहादुर डाँगी, लिलवहादुर खत्री, शेरवहादुर केसी, माया खड्का, कौमति खड्का, दुर्गा केसी, तपेन्द्र केसी, रामवहादुर खड्का, भिमवहादुर परियार, घमण्ड वुढा लगायतका दर्जनौं नेता कार्यकर्ता छन् ।
प्रवेश गर्नेहरु त्रिवेणी गाँउपालिकाका विभिन्न वडामा नेपाली काँग्रेस र उसका विभिन्न भगिनि संगठनहरुमा क्रियाशिल नेता कार्यकर्ताहरु हुन् । नेपाली काँग्रेसले लिएको विचारले परिवर्तित परिस्थितिको नेतृत्व गर्न नसक्ने भएकोले आफुहरु माओवादी केन्द्रमा प्रवेश गरेको नवप्रवेशीहरुको भनाई थियो । उनिहरुले मुलुकमा राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि वाम गठवन्धन एकमात्र विकल्प भएकोले आफुहरुले गठवन्धनलाई रोजेको वताएका छन् ।
नवप्रवेशीहरुलाई नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सचिवालय सदस्य तथा वामगठवन्धनका प्रतिनिधिसभा उम्मेद्धार जनार्दन शर्मा प्रभाकरले अविर माला लगाएर स्वागत गरेका थिए । स्वागत गर्दै विना विभागिय मन्त्री समेत रहेका माओवादी केन्द्रका प्रभावशाली नेता प्रभाकरले नवप्रवेशीहरुलाई क्षमता अनुसार न्यायोजित जिम्मेवारी दिएर पार्टीमा क्रियाशिल वनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: