तनहुँ । नेकपा एमाले स्थायी कमिटी सदस्य किरण गुरुङले नेकपा माओवादी केन्द्र सँगको तालमेल चुनावी यात्राका लागि मात्रै नभई पार्टी एकताका लागि भएको बताएका छन ।
प्रचार प्रसार समितिद्वारा आज दमौलीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले ६० एमाले र ४० प्रतिशत माओवादी केन्द्रको सहमतिअनुरुप पार्टी एकता हुन लागेको स्पष्ट पारे । तनहुँ क्षेत्र नं २ को प्रदेश ‘ख’ का उम्मेदवार नेता गुरुङले मुलुक नयाँ परिवर्तनको संघारमा उभिएकोे र स्थिर सरकार नहुँदासम्म विकास निर्माण हुन नसक्ने भएकाले वाम गठबन्धन आवश्यक भएको बताए । स्थानीय सरकारलाई सबल बनाउन, दक्ष र कुशल प्रशासन सयन्त्र निर्माण, आर्थिक विकास, गरिबी अन्त्य, आधारभूत शिक्षालाई निःशुल्क, शुद्ध पिउने पानीको व्यवस्था, सघन बस्ती, शहरी विकास, बिजुली तथा बालमजदुर, महिला हिंसा र बेचबिखनको अन्त्य गर्दै वृद्धाआश्रम र अपाङ्गताका लागि मैत्रीपूर्ण जिल्लाका रुपमा विकास गर्ने योजना रहेको उनले बताए । वाम गठबन्धनका तर्फबाट क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार केदार सिग्देलले पूर्वाधार, पर्यटन र कृषि क्षेत्रको विकासका लागि वाम गठबन्धनको आवश्यकता रहेको बताउँदै यो कसैका विरुद्ध नभई राष्ट्रिय राजनीतिको आवश्यकता बमोजिम भएको धारणा व्यक्त गरे । प्रदेश नं २ प्रचार प्रसार समितिका संयोजक विष्णुभक्त सिग्देललको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो ।aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: