काठमाडौं । प्रतिनिधि सभामा सांसदहरूले हुम्ला र बाजुरा जिल्लाबीचको सीमा विवाद तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकको आकस्मिक समयमा बोल्दै सांसद जयपति रोकायाले वार्ता र संवादमार्फत सीमा विवाद समाधान गर्न सरकारसँग माग गरे ।
उनले हुम्ला र बाजुराबीचको विवादका कारण कर्णाली राजमार्ग अवरुद्ध हुँदा बिरामी, परीक्षा दिन जाने विद्यार्थी तथा अत्यावश्यक कामका लागि यात्रा गर्ने नागरिक प्रभावित भएको बताए । “दुई जिल्लाबीचको सीमा विवाद सरकारले संवादमार्फत समाधान गरी राजमार्ग तत्काल सञ्चालनमा ल्याउनुपर्छ,” उनले भने ।
सांसद केपी खनालले हुम्ला र बाजुराको रानीसिंह क्षेत्रको विवादका क्रममा गोपी हमाल सहितको टोलीमाथि दुव्र्यवहार भएको विषयमा सरकारको ध्यानाकर्षण गराए ।
उनले साइपाल क्षेत्र जडीबुटी र वन्यजन्तुको महत्वपूर्ण भण्डार भएको उल्लेख गर्दै वर्षौंदेखि तस्करहरूले अवैध रूपमा जडीबुटी तथा वन्यजन्तुको कारोबार गर्दै आएको बताए । त्यसलाई नियन्त्रण गर्न प्रहरीचौकी स्थापना गर्ने प्रयासका क्रममा दुव्र्यवहार भएको उनको भनाइ थियो ।
खनालले स्थानीय नागरिकको सुरक्षा, जडीबुटी संरक्षण तथा घाइतेहरूको उपचारको व्यवस्था गर्न पनि सरकारसँग माग गरे ।
त्यस्तै, सांसद जनकराज गिरीले जेठ ४ गते हुम्ला र बाजुराको हिमाली गाउँपालिका–३ क्षेत्रमा प्रहरी सहायक निरीक्षक महेश धामी र प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापासहितका व्यक्तिमाथि साङ्घातिक आक्रमण भएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराए ।
उनले सीमा विवाद तत्काल समाधान गरी शान्ति र सुरक्षा कायम गर्न सरकारसँग आग्रह गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ५ गते, २०८३ - १२:३९
काठमाडौं । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहमा ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८३’ वितरण गरिएको छ। समारोहमा नेपाली चलचित्र क्षेत्...
आषाढ़ ५ गते, २०८३ - १२:३०
काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले विद्युतीय राहदानी छपाई प्रकरण सम्बन्धमा सार्वजनिक समाचारका विषयमा चासो व्यक्त गरेको छन् । सभाको आजको बैठक...
आषाढ़ ५ गते, २०८३ - १२:२३
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर आफूहरूले लामो समयदेखि आवाज उठाउँदै आए पनि त्यसको सुनुवाइ न...
आषाढ़ ५ गते, २०८३ - १२:००
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि छापावाल सुनको मूल्य प्र...
आषाढ़ ५ गते, २०८३ - ११:३३
काठमाडौँ। यस वर्षको प्रि-मनसुन अवधिको वर्षा मापनअनुसार ४५ वर्षयताकै सबैभन्दा बढी पानी परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रि-मनसुन याममा ने...
आषाढ़ ५ गते, २०८३ - ११:१४
धनकुटा । लामो समयदेखि वर्षा नहुँदा धनकुटाका विभिन्न स्थानमा सयौँ रोपनी खेतीयोग्य जमिन बाँझै रहेका छन्। असारको पहिलो साता बित्न लाग्दासमेत पर्याप्त ...
आषाढ़ ५ गते, २०८३ - १०:५२
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार नियमिततर्फ पर...
आषाढ़ ५ गते, २०८३ - १०:३७
काठमाडौँ । विज्ञापन बोर्डले सामाजिक सञ्जालमार्फत प्रकाशन तथा प्रसारण भइरहेका आधारहीन एवं भ्रामक विज्ञापन तत्काल हटाउन निर्देशन दिएको छ । साथै यस्ता वि...
आषाढ़ ५ गते, २०८३ - १०:२५
इलाम। बिहीबार राति माइखोलामा आएको बाढीले मेची राजमार्गको इलाम नगरपालिका ९, राजदुवालीमा सडक मर्मतका सामग्री बगाएको छ। बाढीले तारजारी, पाइपलगायत केही...
आषाढ़ ५ गते, २०८३ - १०:१५
हुम्ला। असार लागेसँगै स्थानीय तहमा निर्माण सम्पन्न भएका र निर्माणाधीन योजनाको धमाधम अनुगमन भइरहेको छ । गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा अनुगमन समिति...



प्रतिकृया लेख्नुहोस्: