डोल्पा । हिमाली जिल्ला डोल्पा जलवायु परिवर्तनको उच्च जोखिममा रहेका छन् । सदरमुकाम दुनै आज आयोजित जलवायु परिवर्तनबाट पार्ने प्रभाव र यसलाई न्यूनीकरण गर्न स्थानीय तहको भूमिका विषयक उक्त कार्यक्रममा सो जानकारी गराइएको हो ।
विगत चार वर्षदेखि डोल्पामा जलवायु परिवर्तन न्यूनीकरण सम्बन्धी काम गर्दै आएका नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम (लापा)का जिल्ला संयोजक सन्तोष खनालले जलवायु परिवर्तनको असर कम गर्न आगामी दिनमा स्थानीयस्तरबाट आवश्यक पहल हुनुपर्नेमा जोड दिए । ठूलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीले “पृथ्वीमा बढिरहेको तापमानले जलवायु परिवर्तनमा ठूलो असर पारिरहेको छ, यसप्रति समयमै नसोच्ने हो भने यसले भयावह अवस्था व्यहोर्नुपर्छ,” भने । उक्त कार्यक्रममा जिल्लाका सबैजसो स्थानीय तहका जनप्रतिनिधिले सहभागिता जनाएका छन् । पहिलोचरणमा साविकका लिकु, रह, काइगउँ, लावन र सहरतारा गाविसमा लापाले जलवायु परिवर्तन न्यूनीकरण सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको जिल्ला संयोजक खनालले जानकारी दिए । चार वर्षदेखि डोल्पाका पाँचवटा गाविसमा सञ्चालन गरिएको उक्त उक्त कार्यक्रमअन्तर्गत पानी घट्ट निर्माण, सुधारिएको चुलो वितरण, वृक्षारोपण, नहर सुधार, नर्सरी निर्माण जस्ता कार्यक्रम गरिएको लापाले जनाएको छ ।aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: