राजनैतिक छवि धमिल्याउदै बावुराम र छवि बनाउदै नारायण काजी
कार्तिक २७ गते, २०७४ सोमवार 13th November, 2017 Mon१२:२९:३८ मा प्रकाशित
काठमाडाैं । जनयुद्द ताका होस या चुनावी माहोल होस गोर्खाको राजनीति जहिले पनि चर्चामा अाँउने गर्छ । गोर्खा निर्वाचन क्षेत्र नं २ मा माओवादी एमाले बाम गठबन्धनको तर्फबाट माओवादीका उपाध्यक्ष एवं पुर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र कांग्रेस गठबन्धनबाट पुर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई चुनावी मैदान दौडिएका छन् ।
पहिलो संविधानसभाको निर्वाचनमा गोर्खा २ बाट अत्याधिक बहुमत ल्याएर विजय हासिल गरेका डा. बाबुराम भटरार्इ अहिलेकाे चुनाव सम्म आँउदा रन्थनिएका छन् । कम्यूनिष्ट छोडेर नयाँ शक्ति खोलेका भटराइले आलोचनाका पहाड कुल्चदै कहिले वाम गठबन्धन त कहिले लाेकतान्त्रिक गठबन्धन भन्दै फोहोरी राजनीति अंगालेको आरोप खेपिरहेका छन् ।
भारतपरस्त वावुराम भनेर जनयुद्दकालमा माओवादी पार्टी भित्रै कारवाही खेपेका बावुराम अहिले माओवादीकै नारायकाजी श्रेष्ठसंग चुनावी घम्साघम्सिमा छन् । देशभरिकै सर्वाधिक मत ल्याएर विजयी बनेका डा. भट्टराई अहिले गोर्खा २ मा सर्वाधिक मतअन्तरले हार्ने आँकलन राजनैतिक फिल्डमा गरिएको छ ।
पछिल्लो समय आफ्नो छविलार्इ नै डाउन पार्दै बावुरामको राजनैतिक बेइमानी पार्टी भित्रैबाट खेपिरहेका भटराइ दोश्रो संविधानसभामा रुपन्देहीमा एमालेका विष्णु पौडेलसँग पराजीत भएका थिए । गोर्खा १ मा विजय प्राप्त गरेका बाबुराम एकाएक संविधानसभाको सदस्य परित्याग गरी गोर्खाको मतदातालाई धोका दिएको आरोप खेपीरहेका उनी अहिले तीनै गोर्खाली जनतासँग नेपाली कांग्रेसको बुइ चढेर चुनावी अभियानमा राजावादीसंगै घाँटी जाेडेर मत मागिरहेका छन् ।
जनयुद्दका बेला बावुरामको टाउको ल्याउनेलार्इ ५० हजार इनाम तोक्ने काँग्रेस कार्यकर्ताले उनलार्इ मत दिने त कुरै भएन । हिजो गोर्खाली मतदाताले अत्याधिक माया गरेका उनलार्इ अहिले त्यतिनै मत देलान भन्ने कुरा ज्यादै न्यून देखिएको छ । यत नेकपा माओवादी केन्द्र र नेकपा एमालेको संयुक्त बाम गठबन्धनका उमेद्वार नारायणकाजी श्रेष्ठ यतिबेला गोर्खामा चर्चामा छन् ।
केहि आलोचना बाहेक राजनैतिक छवि नविगारेका उनि निर्वाचनमा होमीए पछि जनतामा उत्साह जगाएका छन् । दोश्रो संविधानसभा चुनावमा मकवानपुरबाट पराजीत श्रेष्ठ अहिले गोर्खाली जनतासँग प्रतिवद्धताको मित्तेरी लगार्इ रहेका छन् । बलियो जनाधार र संगठनको वर्चस्वका साथमा चुनावमा होमीएका श्रेष्ठको पक्षमा पछिल्लो समय माहौल नै क्रियट भएकाे जानकारहरू बताउँछन् ।
माओवादीको वलियो संगठन र देशव्यापी वाम गठबन्धनको पक्षमा बनेको माहौलले श्रेष्ठको जित सुनिश्चित भएको माओवादी नेताहरूले दावी गरेका छन् । नेपाली राजनीतिमा चतुर देखिएको माओवादी नेतृत्वको चलाकीले श्रेष्ठको पक्षमा बावुरामको नयाँ शक्तिकै ५ सय वढि कार्यकर्ता श्रेष्ठकाे पक्षमा चुनावी परिचालन कमिटीबाट मतमागिरहेका छन् ।
कम्यूनिष्ट सिद्दान्तबाटै चिप्लिएको आरोप खेपेका भटरार्इलार्इ विजय चुम्न फलामको च्युरा चपाए जस्तो हुने देखिएको छ । चर्चित माओवादी जनयुद्धले चर्चाकाे शिखर चुमेका डा. बाबुराम भटरार्इ र जनयुद्दमा सहभागि नभएका नारायणकाजी श्रेष्ठलार्इ गोर्खाका जनसमुदायले चामलकाे वियाँ केलाए झैं ओर्कार्इ फर्कार्इ गरेर मत दिने निष्चिछ छ ।
राजनीतिमा छवि धमिल्याउदै हिडिरहेका डा. भटरार्इ र छवि स्वच्छ बनाउदै गएका नारायणकाजीलार्इ जनताले ताैलेर हेरिरहेको देखिएको छ । तर वाम गठबन्धनको बर्चरस्व भएको गोर्खामा नारायणकाजी श्रेष्ठको जित भने सुनिष्चत देखिएको छ भने यसपालि काँग्रेस र राप्रपाकाे बुर्इ चढेका बावुरामलार्इ चुनालाग्ने पक्का अनुमान गरिएकाे छ ।
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: