Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

मेरा सहपाठीले जस्तो हामी सर्टिफिकेट बेच्दैनौं : उपेन्द्र देवकोटा

\"\"गोरखा । गोरखामा जन्मेका उपेन्द्रले बाबुरामसँगै एसएलसी पास गरेर डाक्टरी पढे, उनी कहिलिएका डाक्टर समेत हुन् । पालुङटारमा आयोजित सभामा बोल्दै डा. देवकोटाले गोरखाका कुनै अरु डाक्टरले जसरी आफूहरुले पिएचडीको सर्टिफिकेट विक्री नगरेको बताएका छन् । गोरखामा धेरै डाक्टरहरु जन्मनुभएको छ । पोष्ट ग्राजुयट गरेका विद्यार्थीहरुलाई मैले पढाउँछु, मेरो भाई पिएचडी पछिको कोर्ष अध्ययन गरेर देशमा बसेर काम गरिरहेको छ , हामीले प्रचार गरेका छैनौं । मैले धेरैको मष्तिस्क चिरफार गरेँ । मानिसहरु देखेपछि उनीहरुको अवस्था बारे जानकारी हुन्छ । अव देशमा बामगठबन्धनको विकल्प नभएकोले आफू यहीबाटोमा अगाडि लागेको बताए । आफ्ना कान्छा भाईले बाबुराम भन्दा धेरै पढेको उनले बताए । राजनीतिशास्त्रमा नेताहरुलाई चार सिद्धान्तले स्थापित गरेको बताए । पहिलो सिद्धान्तको आधारशिला हो, दोश्रो नैतिकताको सिद्धान्त, तेश्रो मार्गचित्र र चौंथो सबैसँग समझदारी जुटाउन सक्ने हुनुपर्दछ । तर बाबुराममा कुनैपनि गुण नभएकोले आम गोरखबासी झुक्किएर पनि बाबुरामलाई भोट नदिन यो डाक्टर आग्रह गर्दछ । म विरामी जाँचेर गोजीमा पैसा हाल्ने बेला किन यो बाम गठनबन्धनको निर्वाचन प्रचारमा हिँडेको छु ? जसरी विरामीहरुलाई मैले उपचार गरेर ठिक पार्छु त्यसरी नै नेपालको राजनीतिलाई पनि ठिक पार्न लागि परेको हुँ । २०२२ साल देखि विद्यार्थी संगठन सुरु गर्ने गोरखाको पहिलो विद्यार्थी भएको नाताले बाम गठबन्धनलाई सहयोग गर्न म गोरखा आएको हुँ । हिजो चिलाउने र कटुसका रुखमुनि बसेर विद्यार्थी संगठन बनाएर लागि परेको डा. देवकोटाले बताए । गोरखामा कम्युनिष्ट आन्दोलनलाई उचाई दिन प्रचण्ड, बाचस्पति, सुरेश वाग्ले, जगत श्रेष्ठ, परशुराम श्रेष्ठ, ओजराज भट्टराई लगायतका नेताहरुको उच्च योगदान रहेको बताए । बाम गठबन्धन देखि आत्तिएर शेर बहादुर जीले घसेटा र चेस्का बटुलेर अर्को गठबन्धन बनाएको देवकोटाको भनाई छ । त्यहि गठनबन्धनको घटक पालुङटारमा आएको छ त्यसलाई भोट दिनुको अर्थ छैन, भविष्य नभएको बाटोमा नलाग्न उनले आग्रह गरे । बुढी भैंसीलाई कुँडो खुवाएर दुध नआउने बताउँदै बाबुरामको राजनीति सकिएको सहपाठी देवकोटाले बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी ओली, गोरखा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार नारायणकाजी श्रेष्ठ, प्रदेशसभा १ की उम्मेदवार कमला नहर्की लगायतले मन्तव्य राखेका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending