कृषि प्रदान देशले पूर्ण अर्गानिक खेतीमा जाेड दिन जरूरी छ : महारूप खत्री
कार्तिक ३० गते, २०७४ बिहिवार 16th November, 2017 Thu०७:५८:२७ मा प्रकाशित
काठमाडाैं । कुनै पनि रासायनिक मल र रासायनिक विषादीको प्रयोग नगरि उत्पादन गरिने खेतीलार्इ अर्गानिक खेती भनिन्छ ।
याे खेती वातावरण मैत्री हुन्छ । यसलार्इ जैविक खेती (प्राङ्गारिक) पनि भन्ने गरिन्छ । अर्थात खाद्य उत्पादन गर्ने याे एउटा पद्दति हो । याे खेती प्रर्णालीले माटोको संरक्षण र उत्पादन शक्तिलार्इ बढाएर मानव स्वास्थमा सकारात्मक परिवर्तन ल्याई स्वस्थ राख्दछ ।
मानव मात्र हाेइन पशुपञ्क्षीहरूकाे स्वास्थ्यमा समेत महत्वपुर्ण भूमिका खेल्छ । कृषिजन्य वस्तु : जस्तै, खाद्यान्न, फलफूल, दूध एवं दूधजन्य पदार्थ, मासु, अन्डा, कपासको उत्पादन तथा यी वस्तुहरूको प्रशोधन प्राङ्गारिक पद्धतिबाट गरिन्छ । प्राङ्गारिक खेतीको मुख्य उद्देश्य पारिस्थितिक प्रणालीमा सन्तुलन कायम गर्नु, कम भन्दा कम लागतमा उच्च गुणस्तरीय खाद्य वस्तु उत्पादन गर्नु हो । यसमा सफल्ता हासिल गर्न सम्भव भएजति याे खेती प्रणालीमा, जैविक र यान्त्रिक उपायको खोजी गरेर वनस्पति तथा जीवजन्तुको जैविक र वंशाणु क्षमताको अधिकतम प्रयोग गरिन्छ ।
हाल आएर अर्गानिक खेतीको बारेमा व्यापक रूपमा कुरा उठिरहेको छ । आफ्नो फार्मभन्दा बाहिरबाट आपूर्ति हुने कृत्रिम कृषि सामाग्रीहरूले गर्दा मानव स्वास्थ्यमा खराव प्रतिक्रिया दिएर, जसले वातावरण र स्वास्थ्यमा प्रतिकूल असर पार्छ, त्यस्ता चिजहरूकाे व्यापक प्रयाेगले मानवमा विभिन्न राेगहरू लाग्ने गरेकाे छ । अाज लाखाै मानिसहरू प्राकृतिक भन्दा पनि कृतिम खाध्यपदार्थबाट गलिरहेका अवस्था छ । त्यस्ता चिजहरू निरुत्साहित गरेर ताजा उत्पादन र स्वस्थकर उत्पादनमुखि बनाउने माध्यम हाे अर्गानिक खेति, यसले आन्तरिक व्यवस्थापनलाई मजवुत बनाउन बढी जोड दिन्छ ।
सम्पूर्ण मानव समुदायले आफ्नो स्वास्थ्य स्थितिप्रति सचेत भएको अाँउदाकाे फलस्वरूपकाे उपजहाे याे खेती प्रर्णाली ।
तर पछिल्लाे समय नेपालमा किसानहरू अल्छी हुदै गएकाे र कृर्षी प्रधान देश नेपालमा राज्यले खासै ध्यान नदिएकाे अाराेप छ महारूप खत्रीकाे । उनि भर्खरै अाइ फार्म इन्टर नेश्नलले भारतकाे दिल्ली स्थित नाेयडामा अायाेजित जैविक कृर्षि विश्व कुम्भमा सहभागि भएर नेपाल फर्किएका छन् । १ सय १० राष्ट्र सहभागि भएकाे साे सम्मेलनमा नेपालले भने अाधिकारीक उपस्थिति जनाएन । अा अाफ्ना देशका अर्गानिक चिजहरू प्रदशन गरेकाे साे सम्मेलनमा नेपालले सहभागिता नजनाएकाेमा दुखु व्यक्त गरे ।
गैर सरकारी महासंघबाट नेपालका ७ जना सहभागि भएका उनिहरूले साे सम्मेलनबाट भने महत्वपूर्ण कुराहरू सिकेर अाएकाे बताए ।
नेपालमा विभिन्न ठाउँमा “आई.पी.एम. पाठशाला” संचालन भएका समाचार पनि वाहिर नअाएका हाेइनन । आई.पी.एम. पाठशालामा कृषकहरूलाई रासायनिक मल र विषादीको प्रयोगमा न्यूनीकरण गर्न सम्पुर्ण कृषकहरूलाई अभिप्रेरित गरिन्छ र जैविक अर्थात् कम्पोष्ट मलको प्रयोग गर्नमा जोड दिन्छ । उनिहरूलाइ किरा र रोग नियन्त्रणसम्बन्धी पनि ट्रेनिङ दिन्छ । तर पनि किसानले खासै चाँसाे नदिएकाे र राज्य पनि यसमा गम्भिर भए जस्ताे गर्छ र परिणाममा भने सुन्यता कायम गर्छ ।
दैलेखका विभिन्न ठाँउमा अर्गानिक खेती सुरु भैसकेको बताउने महारूप खत्री भन्छन् । \'सुरुमा उत्पादन कम हुने भएकाले किसानमा नैराश्यपना ल्याउँछ, तर ३/४ वर्षपछि पहिलेको अवस्थामा पनि सुधार ल्याई उत्पादन र गुणस्तरमा वृद्धि ल्याउँछ । उनले भने रासायनिक मल र विषादीले तरकारी र फलफूलमा अाकर्षक परिर्वतन त ल्याइदिन्छ नै, तर यस्ता अाकर्षक खाद्य सामाग्री गुण स्तरहीन र यसले हाम्रो स्वास्थमा नकारात्मक असर ल्याउँछ भन्छन ।
विभिन्न रोगहरूकाे भण्डारणकाे केन्द्र बनाउछ भन्दै खत्रीले त्यस्ता समस्याहरूबाट मुक्ति दिने एक मात्र तरिका अर्गानिक खेती भएकाे बताउछन । प्राङ्गारिक तरकारी खानाले तनाव एवं मुटुको रोग कम हुन्छ भन्दै उनले प्राङ्गारिक तरकारीको सुपमा गैरप्राङ्गारिकमा भन्दा ६ गुणा बढी सालिसाइलिक अम्ल पाइन्छ भने । खत्रीलेे भने जस्तै चिकित्सकले पनि सालिसाइलिक अम्ल यौगिकले एस्प्रिनले जस्तै सुन्निएको घटाउँछ भने मुटुको धमनीलाई बलियो बनाउँछ भनेका छन् ।
योे यौगिक सवैभन्दा बढी गाजर र धनियाँको सुपमा पाइने चिकित्सककाे कथन छ ।
अर्गानिक खेतीका प्रमुख चुनौती के ? भनेर हामीले राखेका प्रश्नमा खत्री भन्छन, \'प्रमुख शत्रु रासायनिक विषादी र दोस्रो शत्रु रसायनिक मल हाे ।\' यसले मानिसकाे स्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने भएकाले राेगी बनाउछ भन्दै उनले मानव मात्र नभएर पशुपञ्क्षीलाई लोप हुने अवस्थामा लैजान सक्छ भने । उनले माटोलाई पनि विषाक्त बनाएर उत्पादन घटाउने जिकिर गरे ।
कृषकमा यस्को अन्धविश्वास छ भन्दै किसानकाे अन्धविश्वासलाइ चिर्न जरुरी रहेकाे उनले बताए । उत्पादित सामानकाे बजारीकरणमा समस्या भएकाे भन्दै उनले जलवायु परिवर्तन अर्काे समस्या भएकाे जिकिर गरे । नेपालले टेक्नलाेजीमा पनि विकास गर्नु पर्ने उनकाे तर्क छ । नेपालीकाे भान्सामा विषादीमात्र प्रयोग हुन्छ भन्दा पनि हुने भन्दै उनले तरकारी, फलफूल त छँदैछ, हामीले खाने चिउरा र पाउरोटीमा समेत विषादी प्रयाेग हुने गरेको कुरा उनकाे याे विदेश भ्रमण र अनुसन्धानले पुष्टि गरेको बताए ।
खत्रीले भनेजस्तै खाद्य सामाग्रीमा प्रयोग हुने विषादीहरूले मानव स्वास्थ्यमा दुई वटा असर देखाउँछ नम्वर १. तुरुन्त असर देखाउने, नम्वर २. लामो समयको अन्तरालममा असर देखाउने भएकाले यसकाे प्रयाेगले क्यान्सर जस्तो घातक रोग पनि निम्ताउने खतरा हुन्छ । किसानलार्इ पनि छिटाे प्रतिफल चाहिने भएकाले केमिकल र विषादिकाे प्रयाेग बढिमात्रमा गर्छन यसकाे सिकार स्वयम् किसान नै हुने गरेका छन । किनभने उत्पादन गर्दाको समयमा विषादी प्रयोग किसानले गर्छन र खाद्य उपभोग पनि पहिला किसानले नै गर्छन ।उपभाेक्ता त दाेस्राेमा छन् ।
त्यसै कारणले खत्रीले भने अर्गानिक खेतीको बारेमा कृषकलार्इ सुक्ष्म जानकारी दिएर गाँउगाँउमा व्यापक जनचेतना फैलाउनु जरूरी रहेकाे बताए । सिक्किमले प्रदर्शन गरेकाे अर्गानिक प्रदर्शनीवाट प्रभावित भएका खत्रीले नेपालले अाफ्नाे पहिचान अर्गानिकबाटै दिनु पर्ने बताए । नाम मात्रकाे कृर्षि प्रधान हाेइन काममा पनि कृर्षि प्रधान हुनु पर्याे भन्दै गाई–गोरुको मलमुत्रबाट उत्पादित (कम्पोष्ट) मलले नै विरुवालाई चाहिने सम्पूर्ण पदार्थको पूर्ति गर्ने भएकाले गहुँत र हाम्रै वरिपरि पाइने असुरो, निम, तितेपाती, हर्रो, बर्रो, सुर्ति, अदुवा, तुलसीढुङग्री फूल, सिस्नु, निबुवा, गाँजा, लसुन, प्याज, पुदिना, बाँबरी, खिर्राे, केतुके, हात्तिसार, मरिच, बकाइनो, गन्धेझार, सीताफल, सरीफा, जस्ता जडीबुटी किरा र रोग नियन्त्रणमा प्रयोग गर्न सकिन्छ भने ।
यसले उत्पादन बढाउन मद्दत गर्ने भएकाले यी जडीबुटीहरूका पात, डाँठ, फल, फूल, जरा आदिलाई काँचो वा सुकाएर वा पानीमा भिजाएर बनाइएको रस प्रयोग गर्नु पर्ने बताए । तर के गर्ने ? नेपाल सरकारसँग कृषिप्रति कुनै नीति नै छैन र राजनीतिक गोलचक्करमा फसिरहन्छन् भन्दै महारूप खत्रीले अर्गानिक खेती अलि महङ्गो हुनाले सबै कृषकहरूलाई सरकारले नै आकर्षित पार्नु पर्ने बताए । कृषकहरूलाई अनुदान दिएर यससम्बन्धी तालिम दिनु पर्छ ।
कृषिमा कम्तिमा पनि ५० प्रतिशत बजेट छुट्टाउनु पर्छ र कृषिमा लगानी गर्नु पर्छ, जसले युवाहरूलाई कृषिप्रति आकर्षित गर्न सकोस् र विदेश पलायनलाई रोकथाम गरी नेपाली श्रम नेपाली माटोमै मिलाउन सकोस् । खत्रीकाे कथन जस्तै अर्गानिक खेती श्रममूलक व्यावसाय भएकाले उत्पादनदेखि लिएर कटाइ, चुटाइ तथा बजारीकरणमा बढी श्रमको आवश्यकता पर्छ ।
ठूलो जनशक्ति समावेस हुनेभएकाले रोजगारी सिर्जना हुन्छ र ठूलो सङ्ख्यामा रहेका अर्ध–दक्ष बेरोजगार युवाहरूलाई यसले काममा लगाउन सकिन्छ । नेपाल विश्व व्यापार सङ्गठनको सदस्य समेत भैसकेको सन्दर्भमा कृषि वस्तुको गुणस्तर कायम गरी विश्व बजारमा प्रतिस्पर्धा गर्नु पर्ने चुनौतीको सामना गरी पुरै नेपाल अर्गानिक खेती र नेपाली कृषकहरूलार्इ यस सम्वन्धी बरदान सावित गराउन नेपाल सरकारले कागजमा हाेइन व्यवहारमा कायापलट गर्न जरूरी छ ।
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: