Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

विदेशिएका र मृतकका नाममा मतदान गरेको आरोपमा पुनःमतदान माग

\"\"धादिङ । मृतक, विदेशिएका र निर्वाचन कर्मचारी भएर अन्यत्र गएकाको नाममा मत हालेको भनी पुनःमतदान गर्न माग गर्दै आज दुई स्वतन्त्र उम्मेदवारले प्रमुख निर्वाचन अधिकृतसमक्ष उजुरी गरेका छन् । प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार रामबहादुर सिलवाल र प्रदेशसभाका उम्मेदवार, स्वतन्त्र उम्मेदवार, प्रतिनिधिसभा क्षेत्र नं २ मा प्रदेशसभा खका स्वतन्त्र उम्मेदवार गणेश बसौलाले उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका वडा नं ४ को मुक्रावदेवी मावि मतदान केन्द्रमा पुनःमतदानको माग गर्दै संयुक्त रुपमा उजुरी दिएका हुन् । यही मंसिर १० गते सम्पन्न निर्वाचनमा मुक्रावदेवी मावि मतदान केन्द्रमा ८१५ मतदाता रहेकामा ८०९ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । संयुक्त उजुरीमा मृतक २०, विदेशिएका २५ र कर्मचारीका रुपमा खटिएका दुई जनाले मतदान गरेको भन्ने देखिएको तथा फर्जी मतदान गराई वाम गठबन्धनका प्रतिनिधिलाई ज्यान मार्नेसम्मका धम्कीसमेत दिइएको भनी सो केन्द्रको पुनःमतदान गराउन माग गरिएको उजुरीकर्ता सिलवालले बताए । सो मतदान केन्द्र राप्रपाबाट प्रतिनिधिसभामा समानुपातिक उम्मेदवार बुद्धिमान तामाङ र राप्रपाबाट प्रदेशसभा क्षेत्र नं खका प्रत्यक्षतर्फका उम्मेदवार डम्मर तामाङले मतदान गर्ने मतदानस्थल हो । सो मतदान केन्द्रका मतदातामध्ये ४७ मतदाता उपस्थित नभएको र उपस्थित हुन सक्ने अवस्था नै नभएकामा छ मतदाता मात्र अनुपस्थित भएको भनी फर्जी मतदान गराइएको उजुरीमा भनिएको छ । मुख्य निर्वाचन अधिकृत उमेश कोइरालाले उजुरी आएको र यसको अध्ययनपछि कानूनी प्रक्रिया अपनाइने जानकारी दिँदै मतगणना प्रक्रिया भने नरोकिने बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending