पौष १३ गते, २०७४ बिहिवार 28th December, 2017 Thu०९:५५:२६ मा प्रकाशित
काठमाडौं । आर्थिक तथा रणनीतिक महत्वका राजमार्गमा बन्ने महत्वपूर्ण पुलहरुलाई सरकारले चार लेनमै बनाउन थालेको छ । राष्ट्रिय राजमार्ग र सीमा नाका जोड्ने मार्गहरुलाई चार लेनमा स्तरोन्नती गर्ने सरकारी नीतिबमोजिम महत्वपूर्ण पुलहरुलाई बहुलेनमा विस्तार गर्न थालेको हो ।
यसको शुरुवात महाकाली नदीमा बन्ने पुलबाट गर्दैछ । शारदा ब्यारेजको साँघुरो पुलबाट भारततर्फ आवतजावत गर्दै आएका सुदूरपश्चिमका बासिन्दालाई लाभ मिल्ने गरी महाकालीमा चार लेनको पुल बनाउन लागिएको हो । करिब तीन अर्ब रुपैयाँमा बन्न लागेको उक्त पुलका लागि अहिले प्राविधिक तयारीहरु भइरहेको छ ।
विभागले अब महत्वपूर्ण मानिएका पुललाई चार लेनमै बनाउन जरुरी रहेको निष्कर्ष निकालेको छ । सडकहरुमा सवारीको चाप बढ्दै गएकाले त्यसलाई थेग्न सक्ने पुल निर्माण गर्न विभागले यस किसिमको योजना तयार गरेको हो ।
दूधौरा पुल
सडक विभागले पूर्व-पश्चिम राजमार्गअन्तर्गत् बाराको पथलैया-निजगढ खण्डको दूधौरा खोलाको पुल पनि चार लेनमै विस्तार गरिने सडक विभागका पुल महाशाखा प्रमुख तथा उपमहानिर्देशक अर्जुनजंग थापाले अनलाइनखबरलाई जानकारी दिए । लगातारको वर्षापछि गत साउनमा आएको बाढीले दूधौरा पुल भासिएको थियो । पथलैयाबाट तीन किलोमिटर पूर्वमा रहेको दूधौरामा रहेको पुल ०७३ को वर्षायाममा पनि भासिएको थियो ।
पुलका दुईतर्फकै पिल्लर भासिएपछि विभागले विकल्पमा चार लेनको पुल निर्माण गर्न लागेको हो । अब वर्षाका लागि सवारी आउजाउ गर्न अर्को बेलिब्रिज राखेर चार लेनको पुल बनाउन शुरु गरिने थापाले जानकारी दिए । उक्त पुल निर्माणका लागि करिब २० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । मुख्य राजमार्गलाई नाकाहरुसँग जोड्ने सडक फराकिलो बनाउने योजनाअनुरुप सरकारले वीरगन्ज-पथलैया र जनकपुर-जटहीको सडक पनि ६ लेनको बनाउँदैछ ।
सडकअनुसारकै पुल
भैरहवा-बुटवललाई ६ लेनमा विस्तार गरिसकेको सरकारले अन्य नाका जोड्ने मार्गलाई पनि विस्तार गर्ने योजना बनाएको छ । गड्डाचौकीदेखि महाकाली नदीपारिका गाउँ दोधारा र चाँदनीसम्म पनि ६ लेनको सडक बन्दैछ । सरकारले पूर्व-पश्चिम राजमार्गको काँकडभिट्टा-बुटवल-गड्डाचौकी, पृथ्वी राजमार्गको काठमाडौं-पोखरा, अरनिको राजमार्गको सूर्यवनायक-धुलिखेल-तातोपानी र भैरहवा-लुम्बिनी-तौलिहवा-बहादुरगञ्ज सडकलाई चार लेनको आधुनिक राजमार्गमा स्तरोन्नति गर्ने घोषणा गरिसकेको छ ।
यी मार्गका विभिन्न खण्डमा अहिले सडक विस्तार भइरहेको छ । बुटवल-नारायणगढ खण्ड पनि विस्तारका लागि ठेक्का लगाइँदैछ । पोखरा-मुग्लिन खण्डको विस्तारका लागि तयारी गरिँदैछ । सवारीको चाप बढेपछि विस्तार हुन लागेका राजमार्गका धेरै पुलहरु पनि जोखिममा छन् । शहरका छेउमा रहेका नदीका पुलहरु सवारीको चाप उच्च छ । सोही कारण सरकारले अब बन्ने पुलहरुलाई सकेसम्म चार लेनमै निर्माण गर्ने नीति लिएको छ ।
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: