ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३ सिकैचामा गएराति भएको आगलागीका कारण एक घर जलेर नष्ट भएको छ ।
राति करिब ९ बजे भएको आगलागीका कारण दिलबहादुर सावादेन (लिम्बू) को घर जलेर पूर्णरुपमा नष्ट भएको हो । स्थानीय केशर बराइलीका अनुसार घरसहित घरभित्र रहेका लत्ताकपडा, अन्नपातलगायतका सामान जलेर नष्ट हुँदा करिब रु दुई लाखभन्दा बढीको क्षति भएको गाउँलेको अनुमान छ । राति घरायसी विषयमा श्रीमान् र श्रीमतीबीच सामान्य विवादमा कुटाकुट भयाे । पछि श्रीमान् दिलबहादुरले घरमा आगो सल्काएको बराइलीले बताएका छन् । आगलागी हुनासाथ स्थानीयले नियन्त्रणको प्रयास गरेपनि समयमा नियन्त्रण नहुँदा घर पूर्णरुपमा जलेको बताइएको छ । आगलागी भएको दुई घण्टापछि मात्रै आगो नियन्त्रणमा आएको थियो । आगलागी पीडित परिवार भने छिमेकीको शरण लिएर बसेको बताइएको छ । यता प्रहरीले भने घटनाका विषयमा बिहानमात्र जानकारी भएकाले त्यसतर्फ अहिले प्रहरी पठाइएको र घटनाका सम्बन्धमा थप बुझ्ने जनाएको छ ।aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: