पौष १४ गते, २०७४ शुक्रवार 29th December, 2017 Fri१८:५२:४३ मा प्रकाशित
काठमाडौं ।एनसेलले आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक हँुदै खुसियाली साटासाट गर्न र दु्रत गतिको मोवाइल ब्रोडव्याण्ड सेवा फोरजीको अनुभव प्रदान गर्न ‘एनसेल मेला २०७४’ शनिवार (पुष १५) विराटनगरको हाटखोलामालआयोजना गर्दैछ । गत हप्ता पोखरामा भव्य रुपमा आयोजना पश्चात यो मेला विराटनगरमा आयोजना गर्न लागिएको हो ।
पोखरेली दर्शक र पर्यटकहरुको मन जित्न सफल यो मेलाले विराटनगरमा पनि भरपुर मनोरञ्जन प्रदान गर्ने विश्वास लिईएको छ । बिहान ११ बजे शुरु हुने विविध मनोरञ्जनात्मक कार्यक्रमहरुले भरिपूर्ण मेलामा दर्शकहरुले विविध कार्यक्रम तथा गतिविधि र कन्सर्टको मजालिन सक्नेछन् । मेलामाविभिन्न गेम्स् लगायत सबै मनोरञ्जनात्मक गतिविधीहरु फोरज् िथिममा आधारित हुनेछन् र दर्शकहरुले चर्चित गायकतथा सांगीतिक समुहहरुको प्रस्तुतिबाट आनन्दलिन सक्नेछन् ।
मेलामा कलाकारहरु शिव परियार, आषिश राना (लाउरे), सांगीतिक समुहहरुमा कबवेभ र द एजले आफ्नो प्रस्तुतिहरु राख्दै दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । रोडिज्का विजेता समन श्रेष्ठ र फस्ट रनरअप अनिमेश शाहीको पनि मेलामा सहभागिता रहनेछ । त्यसैगरी स(साना बालबालिकाहरुको गायनप्रति भाउजागर गर्न मेलामा ‘जुनियर सिङ्गिङ्ग आइडल’ कार्यक्रमको पनि आयोजना गरिने एनसेलले जनाएको छ ।
सबै उमेर समुहका दर्शकहरुको मनोरञ्जनलाई ध्यानमा राखि विभिन्न कार्यक्रमहरु समावेश गरिएको मेलामा आ(आफ्ना साथीभाई र परिवारका साथ सहभागी भई रमाईलो गर्न कम्पनीले आग्रह गरेको छ । थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरन्जन लिनुका साथै विभिन्न पुरस्कारहरु पाउन सक्नेछन् । साँझ ६ः३० बजे सम्म चल्ने मेलामा प्रवेश निःशुल्क गरिएको छ ।
आगन्तुकहरुले मेलामा, देशको १९ शहरहरुमा पुगिसकेको एनसेलको फोरजी सेवाको बारेमा पनि जानकारी लिनुका साथै विषेश एनसेल फोरजी जोनमा फोरजी इन्टरनेट चलाएर टेष्ट पनि गर्न सक्नेछन् । एनसेलका अनुसार दर्शकहरुले मेलामा नै आवश्यक कागजातहरु बुझाई फोरजी सिम खरिद गर्न तथा आफ्नो पुरानो सिमलाई फोरजी सिममा अपग्रेड पनि गर्न सक्नेछन् ।
मेलामा जादु, किडस् जोन र फुड स्टलहरु पनि रहेनछन् । त्यसैगरी, मेलाको अन्य आकर्षणहरुमा फेसबुक ट्यागिङ कन्टेस्ट, ब्लाइण्ड मेकअप, युनिकर्न रिङ् टस जस्ता गेम्सहरु पनि रहनेछन् । पेपर प्लेन थ्रो, मिनीगल्फ, फ्रगजम्प र कार रेस जस्ता फोरजी थिममा आधारित गेम्सहरुले दर्शक तथा आगन्तुकहरुलाई भरपुर मनोरञ्जन प्रदान गर्नुका साथै बालबालिकाहरुले पनि ट्राम्पोलिन, गो कार्ट, टेम्पोररी ट्याटु, डिस्नी प्रिन्सेस् क्यासल र क्यारेक्टरहरु लगायत विविध आकार्षक गेम तथा गतिविधीहरुमा घुलमिल हुन सक्ने एनसेलले जनाएको छ ।
एनसेलका अनुसार, आफ्ना साथीभाई र परिवारजनसँग खुसीयाली साट्दै सन् २०१७को बिदाई र नयाँवर्ष २०१८ को स्वागत गर्नका लागि एनसेल मेला सबभन्दा उपयुक्त कार्यक्रम हुनेछ । पोखराबाट शुरु भएको यो मेला पुष २२ गते बुटवलको सिद्घेश्वरी मैदान, दीपनगरमा र पुष २९ गते ललितपुरको जावलाखेल मैदानमा आयोजनापश्चात समापन हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: