Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

नयाँ सरकार चाँडो गठन गर्नुपर्ने नेताहरुको जोड

\"\"काठमाडौं । निर्वाचनमा प्राप्त भएको जनादेशअनुसार चाँडो केन्द्रीय र प्रादेशिक सरकार बनाउनुपर्ने विभिन्न दलका नेताले सुझाएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा संवैधानिक प्रक्रियालाई अवलम्बन गर्दै चाँडो नयाँ सरकार गठन गर्न देश र जनताका हितमा रहेकोमा उनीहरुले जोड दिए । वाणिज्यमन्त्री मीन विश्वकर्माले प्रधानमन्त्रीले सरकार छाड्न आतुर रहेको बताउँदै नयाँ सरकार गठनका लागि केही कानूनी प्रक्रिया मिलाउन आवश्यक देखिएकाले कम्तीमा पनि छ हप्ता समय लाग्ने विचार व्यक्त गरे । उनले राष्ट्रियसभाको निर्वाचन भएपछि नयाँ सरकार गठनका लागि प्रक्रिया शुरु हुने बताउँदै निर्वाचन आयोगले दल दर्ताका लागि १५ दिनको समय तोक्ने त्यसपछि एक महिनाभित्रै चुनाव सम्पन्न गर्नुपर्ने बताए । नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री सोमप्रसाद पाण्डेले राष्ट्रियसभा गठन नभए पनि नयाँ सरकार गठन हुने विचार व्यक्त गर्दै वाम गठबन्धनको नेतृत्वमा दुई हप्ताभित्रै नयाँ सरकार बन्ने विश्वास दिलाए । उनले भने, “अब सरकार गठनको प्रक्रिया हामी शुरु गर्छौं, संविधानको धारा ७६ को उपधारा १ मा स्पष्ट छ, नयाँ सरकार गठनका लागि राष्ट्रियसभाको गठन नभए पनि हुन्छ ।” नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्वमन्त्री राम कार्कीले अबको १५ दिनभित्रै वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन हुने जानकारी दिँदै भने, “हामी सरकार निर्माणको गृहकार्यमा जुटिसकेका छौँ, अब ढिलोमा १५ दिनभित्र नयाँ सरकार बन्छ, यसमा कुनै दुईमत छैन ।” राष्ट्रिय जनता पार्टीका शीर्ष नेता लक्ष्मणलाल कर्णले राजनीतिको मूल ‘कोर्स’ भनेको नै सरकार भएकाले जनादेशअनुसार सरकार बनाउन राम्रो हुने सुझाव दिँदै आफूहरुको प्राथमिकता अहिले सरकारभन्दा पनि संविधान संशोधन र नेता तथा कार्यकर्तामाथि लगाइएका झुठा मुद्दा फिर्ता रहेको स्पष्ट पारे ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy