Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

प्रदेश राजधानी माग गर्दै चार दिनदेखि आमहड्ताल

\"\"दिपायल । डोटीमा प्रदेश राजधानीको माग गर्दै चार दिनदेखि आमहड्ताल जारी रहेको छ । आमहड्तालको चौँथो दिन आज पनि यातायातका साधन, बजार तथा सरकारी कार्यालय, गैह्रसरकारी संघसंस्था, शिक्षण संस्था सबै बन्द रहेका छन् । एकहप्ता शान्तिपूर्ण आन्दोलन गरेको संघर्ष समितिले बुधाबारबाट आमहड्ताल गरेको थियो । संघर्ष समितिले शनिबार पनि डोटीका विभिन्न ठाउँहरुमा सिठ्ठी बजाउँदै जनप्रदर्शन गर्नुका साथै दबाबमूलक सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । सिठ्ठी जुलुसपछि सांस्कृतिक कार्यक्रममा परिणत भएको कार्यक्रममा दर्जनौँ स्थानीय कलाकार तथा स्रष्टाले आफ्नो कलामार्फत दबाब दिएका थिए । संघर्ष समितिका संयोजक तथा डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले सरकारमाझ आफूहरुले निरन्तर रुपमा एघारौँ दिनदेखि माग राख्दै आए पनि सरकारबाट कुनै किसिमको प्रतिक्रिया नआएपछि आफ्नो आवाज सरकार समक्ष पु¥याउन सिठ्ठी बजाउँदै जुलुस निकालेको बताए । सरकारले दिपायललाई स्थाई राजधानी नतोकेसम्म सरकारको निर्णयअनुरुप आन्दोलनको स्वरुपमा फरकपन आउन सक्ने बताउँदै उहाँले आफ्ना आन्दोलनका कार्यक्रमहरु जारी रहने बताए । चार दिनदेखि सडक, बजार सबै बन्द गरिएका छन् । जसले डोटी हुँदै सुदूरपश्चिमका पहाडी जिल्ला र तराई जिल्लातर्फ जाने यात्रुहरु पैदल हिँडेर जान बाध्य भएका छन् । पदैल हिडँ्दै गर्दा बाटोमा चाउचाउ, विष्कुटलगायत पनि खान नपाएको पैदल यात्रुको गुनासो छ । बन्दमा कुनै पनि गाडीहरुमा तोडफोड नभए पनि बन्दको अवज्ञा गर्ने एम्बुलेन्स, मोटरसाइकललगायत सवारी साधन नियन्त्रणमा लिएको छ । बन्दकर्ताले अछामबाट बिरामीको बाहना बनाउँदै डडेल्धुरातर्र्फ यात्रु लैजाँदै गरेको उपक्षेत्रीय अस्पताल डडेल्धुराको एम्बुलेन्सलाई समेत नियन्त्रणमा लिएका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending