Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

डा केसीको बयान सकियो, बुधबार सुनुवाइ हुने

\"\"काठमाडौं । सर्वोच्च अदालतले अवहेलनासम्बन्धी मुद्दामा वरिष्ठ चिकित्सक प्रा डा गोविन्द केसीसँग बयान लिने काम सम्पन्न भएपनि समय अभावका कारण आज सुनुवाइ हुन सकेन । डा केसीलाई अदालतको अवहेलना मुद्दामा आज बिहान ९ बजे उपस्थित गराउन भनिएता पनि उहाँलाई प्रहरीले हिरासतबाट ८ः४५ बजे नै अदालतमा उपस्थित गराएको थियो । अदालतमा डा केसी उपस्थिति भए पनि बयान लिने प्रक्रिया भने निकै अवेला शुरु भयो । बयान लिन शुरु गर्दा करिब २ बजेको थियो । बयान लिँदालिँदै अदालतको समय सकिएपछि सुनुवाइ भोलिका लागि तय भएको छ । डा केसीलाई अदालतको आदेशअनुसार समयभन्दा अगाडि नै उपस्थिति गराए पनि बयान ढिलो हुँदा उनको स्वास्थ्यलाई ध्यान दिँदै प्रहरीको एम्बुलेन्समा अदालत परिसरमा राखेर आराम गराइएको थियो । बयान सकेपछि सुनुवाइका लागि न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासमा तोकिएको थियो । तर बयान सक्दा नै समय सकिएको हुनाले आज सुनुवाइ हुन सकेन । डा केसीसँग अदालत प्रशासनले बयान सकेपछि डा केसीका पक्षका अधिवक्ता सुरेन्द्र भण्डारीले डा केसीलाई पक्राउ गरी अदालतमा उपस्थ्तिि गराउँदा के विषयको मुद्दामा पक्राउ पुर्जी जारी गरिएको हो भन्ने नभएको हुँदा मुद्दा खारेज गर्न इजलाससमक्ष माग गरे । डा केसीले अवहेलना मुद्दामा सात पेज बयान दिएका छन् । उनको पक्षमा वकालत गर्नका लागि सयभन्दा बढी कानून व्यवसायीले वकालतनामा भरेका छन् । वरिष्ठ अधिवक्ताहरु कृष्ण भण्डारी, दिनेश त्रिपाठी, अधिवक्ता सुरेन्द्र भण्डारी, ओम अर्याल, लेखनाथ पौडेललगायतका अधिवक्ताहरु छन् । डा केसीको सुनुवाइप्रति चासो लिने अधिवक्ता र सर्वसाधारणको पनि अदालत परिसरमा निकै घुइँचो लागेको थियो । अदालतमा डा केसीलाई उपस्थिति गराएदेखि दिनभर केसीका शुभेच्छुकहरुको अदालत परिसरमा बाक्लो उपस्थिति थियो । डा केसीले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका डिनमा प्रा डा शशी शर्मालाई पुनःबहाली गराउने सर्वोच्च अदालतको आइतबारको फैसलाको विरोधमा प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गरी हिजो अनशन शुरु गरेका थिए । उनलाई सोमबार साँझ अनशनस्थल त्रिवि शिक्षण अस्पतालबाट नै प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो । प्रा डा केसीको सुनुवाइ बुधबार हुने भएपछि अदालतबाट आदेश के आउँछ भन्ने निकै चासो देखिन्छ । अदालतको अवहेलनाअन्तर्गत एक वर्ष जेल सजाय वा रु १० हजार जरिवाना वा दुवै हुने व्यवस्था छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending