Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

एउटा संघर्षको कथा जसले परिवर्तनमा उथलपुथल ल्यायो

\"\"गाँउको नाम नै शियाला । पहाडले छेकिएको । पुस, माघ महिनामा हिमपात हुने । हिउदको समयमा गराहरु सेतै देखिने अनि बाटाहरुमा कारिम परेर (पानी जमेर) सिसा जस्तै हुने । लगाउने कपडा नभएर च्यातिएका, ठाँउठाँउमा टालो हालेर लगाउनु पर्ने । रोजगारी नभएर गाँउलेहरु भारतमा ज्याला मजदुरी गर्न जानु पर्ने शियाला गाँउकाे बाध्यता। मजदुरीका लागि भारत जान नसक्नेले गाँउमा ठूलाबडाकाे हलि बनेर काम गर्नु पर्ने वाध्यता थियो शियाला गाँउका वासिन्दाको । तल्लो र माथिल्ला जातिको भेद अझ भनौं जिमुवाल, मुखियाहरुको राजकाज चलेको ठाँउ । त्यहाँ रजाँइ चल्थ्यो ठूला बडाहरुको । कसैले अाफ्नाे मनमा लागेकाे काम गर्न नहुने, बासीभात तताएर खान नहुने, यदि कसैले खाएको भेटाएमा मुखियाले हदै सम्मको जरीवाना गर्ने परमपरा । जरीवानाको नाममा खसी, बाख्रा, रुपैया, पैसा रोग्रा जीमुवाल, मुखियाहरुले दण्ड सजाय भन्दै डाटेर आफनो पोल्टामा पार्थे । ठूलाबडाहरुको अण्डरमा रहेको याे शियाला गाँउमा दिउसो ११- १२ बजे पछि मात्र घाम लाग्थ्यो । मिहनतका धनी जनता दश नङग्रा खियाउनका असाध्यै सिपालु । न दिन, न रात केहि नभनि काममा जाेतिरहने किसानकाे दिनचर्या । दलित समुदायका मानिसलाई डोला बोक्ने, ठाँडा(वाँसको लाश वोकेर लैजाने सामाग्री) काट्ने, टेको समाउने, बन्चराे बोकेर दाउरा काट्ने र बाेक्न लगाउने । विवाह , वर्तवन्ध अनि खेत खलिहानमा काममा लगाउने, जुठाभाँडा माझ्न लगाउने । उनिहरूकाे नजरमा याे समुदायका मानिस कमारा, कमारी जस्तै थिए । ठूलावडाको रवाफ, दवदवा र प्रभावमा रहेको शियाला गाँउ । डरै डरमा हुर्किएका गाँउलेको दिनचर्या थियो दविएर बस्नु । एक दिन याे शियाला गाँउमा कालिकोट जिल्लाकाे गेला भन्ने ठाँउबाट एक परिवार भागेर आएको रहेछ । डुल्दै जाँदा त्यो भागेको परिवार त्यहि शियाला र मडासैन भन्ने ठाँउमा वास वस्न पुगे छ । त्यहि गाँउमा काम गरेर खाने । विस्तारै जग्गा जमिन किनेर वासिन्दा नै बन्यो त्यो परिवार । मिजासियाे, मेहनती, परिश्रमी र मर्दा पर्दा गाँउवासीलार्इ निकै सहयाेग गर्ने त्याे परिवार गाँउका लागि सहयाेगी भयाे । मध्यपश्चिमाञ्चलको दैलेख आठबीस दरा । यहाँ स्वाभावैले परमपरागत रुपमा निकै नै लोक सस्कृति छ । परम्परा गतरुपमा चलिआएका देउडा खेल, माँगल, छैटी, हुड्के नाच, रत्यौली, झाउरे नाच, धामी नाच, श्रमकारी नाच, मारुनी नाचलगाएतका थुप्रै लोक सस्कृतीको धनी ठाँउ । यहाँ पञ्चेवाजा (दमाहा) नाच, लोकप्रिय नाँचहरु हुन । विवाह व्रर्तवन्ध र दशै तिहार जस्ता चार्डपर्वमा रमाईलो गर्ने चलन पहिले देखि नै चलिआएको लोक सस्कृति हुन । परम्पराका रुपमा अस्तीत्वमा रहेका यि सस्कृतिकाे संरक्षण भने भएको थिएन । यी नाँच केवल मनोरन्जनका लागि मात्र थिए । राती-राती गीत गाँउने पुरातनवादी चलन थियो । युवा, युवतीहरु विशेष गरी यसमा समाहित थिए । विचारमा परिवर्तन ल्याउने खालका आधार नभएकाे सस्कृतिमा बढी उद्त थियाे । परमपराकै जघेर्ना गर्ने जात्रा पनि यहाँ प्रचुर मात्रामा थिए । गाईजात्रा, गल्लौडी, भैनी, भुवो, भैलो, सेरा, विजारे, लाेड्या जस्ता मेला अाैधी चलनमा र चर्चित थिए । ती मेलाहरु केवल रमाईलाका साधन थिए । मोजमस्तीका साधन नै यी जात्रा सावित भएका थिए । केटाले विवाह गर्नु परे ती मेलाबाट जुन केटी मनपर्याे रोजेर लिन पाईने । अर्थात लछार पछार नै चल्थ्यो । यसलाई सरसरती भन्दा महिला हिंसा नै थियो । त्यो हिंसा लगाएतका मानव कलंकका रुपमा रहेका जातिय हिंसा जस्ता कुराहरु त्यो कालिकोटबाट बसाई सरेको परिवारलाई पटक्कै मन परिरहेको थिएन । त्याे हिंसा अन्त्यका लागि त्याे परिवारमा परिवर्तनको अग्रगामी सोचले घचघच्याई रहेको थियो । भित्र भित्रै त्यो परिवार मुरमुरी रहेको थियो । सामन्तवादी, जातिभेद र वर्गभेद भएको अर्थात शोषणमा आधारित व्यवस्थामा तमाम कामगरी खाने जनताको चेतना भर्ने राजनैतिक रुपमा सचेत र संगठित गर्ने कुनै पनि संकेत याे ठाँउमा देखिदैन थियो । हेपिएका, चेपिएका, थिचिएका र पिल्सीएका समुदायको राज्यमा पँहुच त के सामान्य कापीको पाना समेत छुन नपाउने याे ठाँउकाे वास्तविक्ता देखेर त्यो परिवार त आक्रोसित भैरहेकाे थियो । मानिस एउटै भएपनि तल्लाे र माथिल्लाेकाे भेद । तल्लाे जातिमा गनिएका मानिसले छोएमा पाप लाग्छ भन्ने आध्यात्मवादी विचारले शोषीत–पीडित जनतालाई  वैचारिकरूपमा शुन्य पारिएको थियो । तल्लो जात भनेर अपहेलना र घृणा गर्ने, आफुलाई ठुला भन्ने जातिका मानिसलाई छुनै नहुने, छोएमा जात जाने, नर्कमा पर्ने रुढीगत कुराले जरा गाडेको यसठाँउकाे समाजमा फरक ढंगको विचार बोकेको थियो त्यो वसाइ सरेकाे परिवारले । विश्वमा कर्म गरेर संसार परिवर्तन गर्ने शीप र श्रमका धनी मानिसहरुलाई दास र कमारा, कमारीको रुपमा प्रयोग गरिएको थियो र अहिले पनि गर्दै आएका छन् । श्रम र शिपका धनी । आफैले निर्माण गरेका वाजागाजा जस्तै दमाहा, ताल, पंचेवाजा, विवाह वर्तवन्धमा शुभ र अशुभ कार्यमा दलितहरुले बजाउन नपाउने परमपरा । उपल्ला जातका मानिसले मात्र ती वाजागाजा बजाउन पाउने नियम बनाईएको थियो । तल्ला जातका मानिसले बजाएमा अशुभ हुने भनेर महाराजी नगारा, शंख, तालहरू बजाउन प्रतिबन्ध लगाईएको थियो । दलितहरुले ती बाजा बजाए, महाराजी नगारा हालेमा दण्डित हुनु पर्थ्याे । तिमीहरूले हाम्रा काममा मात्र बजाउन पाँउछौ । तिमीहरुले आफनो काममा शंक फुक्न पाँउदैनौ भनेर गाँउ वस्तीमा प्रतिवन्ध लगाएको थियो । यदि तल्लो जातका मानिसले वजाए भने मारपीट गर्ने, गरिवका खोपे, ताउला हातपात गरि लिने चलन थियो । वाजा बजाउन स्वीकृति लिनु पर्छ भन्दै गरिवसंग भएको खेतपाखा आफ्नो पोल्टामा पार्थे । वजाई हाले उनीहरुलाई कमारा, कमारी बनाउथे । विस्तारै समाजमा चेतनाको विकास हुदै जाँदा पंचेवाजा र शंख वजाँउदा समाजमा अशुभ भयो भन्दै कुटाकुट गर्ने गर्दथे । यस्ता घटना थुप्रै छन् । उहादरणका लागि दैलेख जिल्ला क्षेत्र न. १ मा दलित परिवारका मान्छेले आफनो मानिस मर्दा शंख र दमाहा बजाएका थिए । सामन्त शोषकहरुले उनीहरुलाई जरिवाना तिराएका थिए । धनसम्पतीमात्र होइन मरणासन्न पारेर कुटपीट गरेका थिए । त्यस्तै क्षेत्र न. २ को साविकका आठवीस दरामा जिमुवाली र मुखियाहरुको हालि मुहाली चलेकाे थियो । अन्धविश्वासमा जकडिएको गाँउ मध्यको एक हो आठवीस दराको शियाला गाँउ (छेपाडी) । (हाल आठवीस नपा ९ बाट) त्यो गाँउमा ठूलो विद्रोह भएको थियो । विवाहमा दमाहा बजाउदा, बन्दुक पट्काउदा कुटाकुट भएको थियो । धेरै घाईते भएका थिए । जसमा राम्रो भूमिका मने कामीको रहेका थियो । उनले पछि परेका समुदायको नेतृत्वदायि भूमिका खेलेर राष्ट्रिय बाजा दमाहा, ताल बजाउन लगाएर विद्राेहकाे शुरूवात गरेका थिए । दलित भनेर हेपिएको समुदायले पंचेवाजा र शंख बजाउन त्यो दिनबाट पायो । संघषको त्यो ठूलो रुप थियो । दैलेख आठवीस दरालगाएतका गाँउहरुमा रात्री संचालन हुने परमपरागत जात्रामा गाई जात्रा, भुवा, भैनी, तिज, नानटापु आदी मेलाहरुमा जनजाती युवा, युवतीले झाउरे नाच्ने, मादल बजाउने, लोकभाका गाँउने र सवैलाई मनोरन्जन दिने गर्दथ्ये । अन्य जातिका मानिसहरु देउडा खेल्ने, कति युवतीले त दुरव्यवहार खेप्नु परेकाे थियाे । त्यस्ता कृयाकलापको व्यापक विरोध गरेर सुसस्कृत समाज निर्माण कसरी गर्ने हाेला ? वारम्वार दिमागमा खेलिरहन्थ्याे शिह बहादुर गेलालकाे । उनले कुलतमा लागेका युवाहरुको जम्मातलाई मोटिभेसन गर्न थाले । समाजमा जकडिएर रहेको जातिय कुप्रथा छुवाछुतको अन्त्य, छाउपडी प्रथा अन्य र विकृतिको रुपमा रहेको राती राती गीदगाँउन जाने चलन र राती लाग्ने मेलाको न्यूनिकरण गरेर सुन्दर समाज निर्माण गर्न गेलालले युवाहरुलाई परिवर्तनको बाटोमा हिडाउने सोच बनाए र नेतृत्व लिए । गाँउघरकाे काम सकेर युवाकाे ताँति लाग्याे कमाउन भारतकाे कालापहाड तिर । भारतका विभिन्न सहरमा मजदुरी गर्नु नेपालीकाे तिर्थ जस्तै थियाे । गेलाल पनि लागे भारतमा ती मजदुरी गर्न गएका युवाकाे पछि लागेर । समाजको अपहेलनालाई सहन गर्न नसक्ने गेलालले भारतमा आफना समुदायका युवालाई कुलतबाट बचाएर संगठित पार्दै समुह बनाए । समाजमा सक्रिय भूमिका खेल्ने गेलाल अन्यायमा परेका मानिसलाई उद्धारमा तत्काल एक्सन चाल्थ्ये । समाजले पनि उनलाई राम्रै आदर सत्कार गर्दथ्यो । समय वित्दै गयाे । घर फर्किने समय पनि नजिकिदै अायाे । गेलालले ती युवालाई जम्मा गरेर छुवाछुत अन्त्यका लागि पहिलो एजेण्डा उठाए । त्यो एजेण्डा थियो प्रतिवन्ध लगाएको शंक बजाउने । भारतको हिमाचल प्रदेशको मनालीमा कुल्लीकाम गर्ने ती दलित समुदायका युवाहरुकाे वैठक बसेर उनिहरुले निर्णय गरे । कि प्रत्यक व्यक्तिबाट २० रुपयाँ उठाएर शंख किन्ने । करिव ३० जना युवाले २० रुपयाका दरले अनिवार्य उठाउने वाँकि इच्छुकले जति सकिन्छ त्यति हाल्लने कुरा गरे । उठाएको रकम जम्मा ६०० भयो । त्यसमा सहभागी म पनि हुन्छु भनेर वेरुपाटाका सौरेकामी पनि २० रुपैया दिएर शंख किन्नमा सहभागी भए । ६२० रुपयाँ भयो । वाँकि रुपया शिह बहादुर गेलालले आफैले दिएर जम्मा १४०० भयो । अनि केहि युवालाई भारतको हरिद्धार पठाए । त्यो पैसाले दुईवटा शंख किने । योजनाकार शिह बहादुर गेलालको पहिलाे योजना सफल भयो । गाडिभाडा कमाएर गाँउमा आए । केहि समय पछि गाँउमा दलित परिवारका वृद्ध सौरे कामीको मृत्यु भयो । गेलालले शंख बजाउने निर्णय गरे । तर त्यो समुदायले मानेन । जसकाे लागि गेलालले यतिसम्म गरे त्यहि समुदाय नबजाउने तिर गए पछि गेलालकाे रिस उठ्याे । दवावमा रहेको त्यो समुदाय डरायो । यति वेला गेलालले योजना चकनाचुर भएको महशुस गरे । उनले भने मरेका श्यालहरु हो तिम्रो मुक्ति यसरी नै सम्भव छ । नत्र कमारा कमारी, हली, दास, दासी भएर मर भनेर समुदायलाई सम्झाए । केहि युवाले साथ दिए र शंख बजाए । जे समस्या अाँउछ त्यसकाे सवै जिम्मा म लिन्छु भनेर युवालाइ ढाडस दिए । पछि शंख फुकियो । उपल्लो जातिकाले मात्र बजाउने शंख बजेको सुनेर सवैको जमघट भयो । कामीको लाशमा शंख बजाउने भनेर व्यापक हिंसात्मक घटना भए । तर दलित समुदायका युवाहरु हट्टाकठ्ठा थिए, उपल्लो जातिका पनि डराए । लाश समेत खोलामा फालिदिने धम्की उपल्लो जातिबाट आयो । गेलालले भने अब लाशलाई खोला फाल्ने भनि हाल्यौ, फाल्ने होईन छोएर मात्रै हेर, तिमीहरुको के के हाल हुन्छ पछि परिणाम भोग्न तयार भएर मात्र गर नत्र भनेर गेलाल तम्सीए । झोकी गेललका शव्दबाँण का अगाडि त्यो समुदायका मानिसकाे केहि चलेन । आफ्नै जस्तो मुख लगाएर फर्किए । उपल्लो जातिका केहि परिवर्तन चाहने मानिस पनि त्यहीँ थिए । एक्काइशौं शताव्दीमा हामीले यस्तो गर्न हुदैन भनेर गलत नियती भएकाहरूलाइ सम्झाए । त्यो घटना पछि दलित समुदायले आफनो परमपरामा शंख, दमाहा, ताल बजाउन सक्षम भयो । त्यस पछि गेलालको पहिलाे याेजना साकार भयाे । गेलाल अब अर्को याेजनामा लागे । समाजमा परिवर्तन चाहने गेलालको दाेस्राे याेजना थियाे अन्धविश्वासमा रुमलिएको समाजमालाई सर्वपर्थम सास्कृतिक हस्तक्षेप गरेपछि मात्र समाज रुपान्त्रण गर्न सजिलो हनेछ भन्ने याेजना । उनले चारैतिर हेर विचारमा परिपक्क अाफ्नाे समुदायकाे काेहि भेटाएनन् । अनि आफ्नै परिवार अर्थात छोराछोरीबाटै संघर्ष गर्ने योजना बनाए । देउसीको दिन देशैभर देउसी खेले पनि ग्रामिण भागमा देउसी खेल्ने थाहा थिएन । गाँउमा त्यहि मौका छोपेर उनले देउसीको तयारी गर्न थाले । छोरा छोरीलाई पात्रकाे रूपमा खेलाउने याेजना वुने । केही युवालाई केटी बनाएर देउसीको तयारी गरे । खेले गाँउमा रमाईलो भयो । तर समाजमा उपद्रो मचाउने हरूले गलत भयो भनेर आलोचना गरे । छाेरा छाेरीसंगै खेल खेलायाे भनेर व्यापक अालाेचना भयाे तर पनि गेलालले त्यो काम छोडेनन् । लागि रहे व्यापक आलोचनाको विचबाट पनि उनि सफल भए । दोस्रो खुट्कीलो पनि सफल हुने देखेपछि शिह बहादुर गेलालले अव त्याे शियाला गाँउमा साँस्कृतिक संघ बनाएर जनतामा राजनैतिक चेतनाको विजाराेपण गर्ने याेजना बुनिहाले । त्यहि हेतुले अन्धविश्वासको भूमरिमा परिरहेको समाजमा अब भाषणबाट मात्र होईन कला र संगीतको माध्यमबाट जनजागरण ल्याउने र समाजलार्इ जुरूक्क उठाउने सपना बुने । कलाकारको रुपमा छोरा, छोरीलार्इ उभ्याए । त्यसपछि अरुदाजुभाईका छोरा छोरी पनि साथ दिए अनि वर्गविहिन समाजको लक्ष्य वोकेर तिनिहरुलाई मार्गनिर्देश गर्ने व्यक्तिको खाँचाे अाैल्याए र कलाकार टीमकाे मार्गनिर्देका रुपमा निलम र कौशललाइ जिम्मेवारी दिए । निलम र काैशल समाज परिवर्तनका अभियान्ता भएर भरपुर साथ दिए । कौशलले पनि कलाकारको रुपमा आफ्ना परिवारका केटाकेटी जम्मा गरे । निलमले पनि आफना परिवारका केटाकेटी जम्मा गरेर रिहल्सल गरे । यसरी समाज रूपान्त्रणमा एउटा उथलपुथल ल्याउने दैलेख जिल्लामा पहिलो पटक सास्कृतिक संघ गठन गरियो । पछि त्याे साँस्कृतिक संघकाे नाम नेपाल क्रान्तिकारी साँस्कृतिक संघ राखेर दैलेखकाे इतिहासमा नै पहिलाे पटक सास्कृतिक हस्तक्षेप गरेर समाज परिवर्तनको राजनैतिक लक्ष्यलार्इ पुरा गरियाे । यसमा गेलाल परिवारको महत्वपूर्ण याेगदान छ । त्यो सास्कृतिक संघले दैलेख, सुर्खे, कालिकोट, जुम्ला जिल्लामा गीत संगीतको माध्यमबाट चेतनाको लहर नै ल्यायो । यहि नै दैलेखमा सास्कृतिक हस्तक्षेप इतिहासकै पहिलाे हाे ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy