Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

अवैध नेटवर्क व्यवसायको नाममा ठगी गर्नेहरु पक्राउ

काठमाडौं, ५ बैशाख । इबाेस ग्लाेबल मार्केटिङ प्रा. लि. कम्पनीको नामबाट अनलाईन व्यवसाय तथा बिभिन्न माध्यमबाट सर्वसाधरणलाई सदस्य बनाउने भन्दै नेटवर्क व्यवसायको नाममा गैरकानुनी तवरले सदस्यता बापत ठूलो रकम लिई नेटवर्कमा आवद्ध गराई पिरामिड संरचनामा सदस्यहरुलाई ठगी गरेको कसुरमा पक्राउ परेका ७ जना उपर ठगी कानुन बमोजिम प्रहरीले अनुसन्धान कारवाही अगाडि बढाएको छ ।\"\"

कारबाही अगाडि बढाइएका व्यक्तिहरुमा उक्त कम्पनीका संचालक काठमाडौं धुम्बाराही बस्ने काभ्रे पाँचखाल–१५ का ३५ वर्षीय राजकुमार दंगाल तथा सदस्य बनाउनेहरु भक्तपुर बस्ने दोलखा लामीडाँडा–५ का ४३ वर्षीय नारायण सिवाकोटी, जोरपाटी बस्ने रामेछाप प्रिती–९ बखालीका २५ वर्षीय भक्तबहादुर नेपाली, जोरपाटी बस्ने रामेछाप प्रिती–९ उमाकुण्डका २५ वर्षीय रविन नेपाली, चावहिल बस्ने सोलुखूम्बुका २० वर्षीय प्रदीप राई, ललितपुर नखिपोट बस्ने रामेछाप प्रिती–४ का २७ वर्षीय तिर्सना सुनुवार र चावहिल बस्ने रामेछापका २५ वर्षीय पूर्णबहादुर श्रेष्ठ रहेका छन् ।

नेटवर्कबाट उक्त कार्य भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–७ चुच्चेपाटीस्थित उक्त कम्पनीको केन्द्रीय कार्यालयबाट ६६ जनालाई मंगलबार नियन्त्रणमा लिएकोमा प्रारम्भिक छानविन पश्चात ७ जना सक्रिय ब्यक्तिहरू उपर ठगी कानुन बमोजिम अनुसन्धान कारवाही अगाडि बढाइएको व्यूरोले जनाएको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: