काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले राजनीतिक परिवर्तनले जनतालाई आफ्नो दैनिक जीवनमा परिवर्तनको महशुस गराउन सक्नुपर्ने बताएका छन् ।
नेपाल १४ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको राजधानीमा उद्घाटन गर्दै उनले भने, ‘जनताले देख्ने भनेको कुन व्यवस्थाले उनीहरुको दैनिक जीवनमा र रोेजगारीमा कति राहात दियो, त्यहि बुझ्ने हुन् । जनताले परिवर्तनलाई परिणाममा नै बुझ्ने हुन् । हामीले सबैतिर जनताले देख्ने र महशुस गर्ने गरी परिवर्तनको अनुभूति गराउन सक्नुपर्यो ।’
अध्यक्षले वर्तमान राजनीतिक परिवर्तनलाई अवसरका रुपमा सदुपयोग गर्न र परिणाममा नै विकासको अनुभूति दिन नसके परिवर्तनको दिगोपना माथि नै प्रश्न उठ्ने बताए । उनले वर्तमान राजनीतिक परिवर्तनलाई काँचो माटोको संज्ञा दिँदै भने, ‘हामीले जस्तो बनाउन सक्यौं त्यस्तै बन्छ । हामीले नराम्रो बनायौं भने यसको दुश्परिणाम निस्किन्छ र राम्रो गर्यौं भने राम्रो व्यवस्था स्थापित हुन्छ ।’ राजनीतिक परिवर्तनलाई सदुपयोग गर्न नसके देश फेरि अराजकता तिर जाने अध्यक्षको चिन्ता थियो । अध्यक्ष प्रचण्डले शिक्षा, स्वास्थ्य, रोजगारी र उद्योग व्यवसायको क्षेत्रमा देशले अवलम्बन गरेको वर्तमान नीतिमा आमूल सुधार आवश्यक रहेको बताए । अब ढिला नगरी राष्ट्रीय आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने बेला आएको उनको भनाई थियो ।
अध्यक्षले भने, ‘आम नेपाली जनता र तपाई हामी सबैको अपेक्षा अब देशमा राजनीतिक स्थिरता र आर्थिक विकासले गति लिन्छ भन्ने भएको छ ।’ उनले स्थानीय तहमा बजेट विनियोजन गर्दा प्रत्येक निकायमा ग्रामिण उद्योग स्थापनाका निम्ति रकम छुट्याउन सरकारलाई आग्रह गर्ने विश्वास दिलाए ।
उनले समर्थनको हिसावले दुईतिहाई बहुमतको सरकार धेरै वर्षपछि प्राप्त गरेको बताउँदै पहिलो पटक दुईतिहाईको सरकारले बजेट निर्माण गर्न गइरहेको जानकारी दिए ।
उनले भने, ‘औधोगिक क्षेत्रको विकास बिना रोजगारीले गति लिन सक्दैन । कृषिमा आधारित उद्योगहरुको विकास बिना औधोगिक क्षेत्रको विकासको आधार बन्न सक्दैन । यसमा सबैले नयाँ संकल्प गर्नुपर्ने आवश्यकता छ ।’
महोत्सवले दिने सुझाव र निश्कर्ष आउने दिनमा सरकारका नीति तथा कार्यक्रम निर्माणमा पनि महत्वपूर्ण हुने उनको विश्वास थियो ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: