Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

मुलुकलाई एकदलीय अधिनायकवादमा जान दिइँदैनः सभापति देउवा

धनगढी, १७ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि बहनामा नेपालको लोकतन्त्र र गणतन्त्रलाई एक दलीय अधिनायकवादतर्फ लैजान नदिने बताएका छन् । धनगढी विमानस्थलमा आज नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उनले भने, “लोकतान्त्रिक मान्यता र पद्धति विपरीत हिडेर अधिनायकवाद लाद्न खोजिए काँग्रेस सडकमा ओर्लन बाध्य हुनेछ ।” पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको क्रियाकलापले उनको राष्ट्रवाद लम्पसारवादमा परिणत भएको सबैले देखिसकेको आरोप लगाए । उनले भने, “विगतमा आफ्नो भ्रमणका क्रममा धनगढीको गौरीफण्टा नाका खोल्न, डडेलधुराको परशुराममा पुल निर्माण गर्ने, कञ्चनपुरमा सुख्खा बन्दरगाह निर्माण हुने जस्ता राष्ट्रहितमा कुरा भए पनि अहिले ती सबै विषय ओझेलमा पार्ने गरी काम भएको छ ।” चुनावमा पार्टी पराजयका बारेमा सोधिएको एक प्रश्नको जवाफमा सभापति देउवाले पराजयपछि कार्यकर्ताको मनोबल नखस्किएको दाबी गर्दै दुई पार्टी एक भएर चुनाव लडेको र पार्टीभित्रै अन्तरघात भएकाले चुनावी नतिजा सोचेअनुसार आउन नसकेको स्पष्ट पारे । पदाधिकारी मनोनयनबारे सोधिएको प्रश्नको जवाफमा उनले यही वैशाख २१ गते बस्ने बैठकपछि पदाधिकारी नियुक्त गरिने संकेत गर्नुभयो । कैलालीको अत्तरियास्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको नवनिर्मित भवनको मङ्गलबार उद्घाटन गर्न देउवा आज धनगढी आइपुग्नु भएको हो । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: