Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

काश्मिरमा भारतीय सेनाले चलाएको गोली लागि एक प्राध्यापकसहित १० जना मारिए

श्रीनगर, भारत प्रशासित काश्मिर, २३ वैशाख । भारत प्रशासित काश्मिरमा सेनाले चलाएको गोली लागि काश्मिरी क्षेत्रमा सक्रिय विद्रोही संगठनको निकट मानिने एक प्राध्यापकसहित १० जना मारिएका भारतीय प्रहरीले जनाएको छ । काश्मिर क्षेत्रमा मारिएका एक लडाकूको समर्थनमा हजारौँको संख्यामा निस्केको जुलुसमा सहभागी हुने क्रममा विद्रोही निकट मानिने एक प्राध्यापक, पाँच जना विद्रोही लडाकू र पाँच जना स्थानीय सर्वसाधारणको मृत्यु भएको प्रहरी महानिरीक्षक शेष पाउल वेडले बताउनुभयो । आइतबार भएका प्रदर्शनका क्रममा सयौँ मानिस घाइते भएका छन् भने विद्रोही समूह हिजबुल मुजाहिद्दिनका उच्च कमाण्डर पनि मारिएका बताइएको छ । श्रीनगरको दक्षिणी क्षेत्रमा अवस्थित सोपियन जिल्लाको वाडिगाउँमा विद्रोहीहरू लुकेर बसेको भन्ने गोप्य सूचनाका आधारमा सरकारी फौज गाउँमा पसी कारबाही चलाएको र उक्त कारबाहीमा विद्रोहीसहित केही स्थानीयको मृत्यु भएको भारतीय अधिकारीले बताएका छन् । सेनाले विद्रोही बसेको क्षेत्रलाई घेरावन्दी गरी आत्मसमर्पण गर्न भनेको तर विद्रोहीले गोली चलाउन थालेपछि भएको व्यापक शसस्त्र झडपका क्रममा उनीहरूको मृत्यु भएको वेडले एएफपीसँग बताए । उनका अनुसार शुक्रबारदेखि भूमिगत भएका समाजशास्त्रका प्राध्यापक मोहम्मद रफी भाटलाई पनि अन्य विद्रोहीलाई जस्तै आत्मसमर्पण गर्न भनिएको तर उहाँले त्यसो गर्न नमानेपछि झडपमा उहाँसहित केही विद्रोहीको मृत्यु भएको महानिरीक्षक वेडले बताए । काश्मिरमा यो वर्ष सरकारी सेना र विद्रोही समूहसँग भएका झडपका क्रममा अहिलेसम्म १२० जनाको मृत्यु भएको छ । जसमध्ये २२ जना सर्वसाधारण परेका छन् भने ६७ विद्रोही र २८ सुरक्षाकर्मीको मृत्यु भएको छ । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies