काठमाडौँ, २३ वैशाख । निर्वासित भुटानी नेता टेकनाथ रिजालले नेपालमा रहेका भुटानी शरणार्थीलाई स्वदेश फिर्ता गराउन नेपाल सरकारले कूटनीतिक पहल गर्नुपर्ने बताएका छन् । यहाँ आज पत्रकार सम्मेलन गरी नेता रिजालले नेपाली मूलका भुटानी निर्वासित भई लामो समयदेखि शरणार्थीका रुपमा जीवन बिताउनु परेकामा चिन्ता व्यक्त गर्दै समस्या समाधानका लागि नेपाल र भारत सरकारको महत्वपूर्ण भूमिका रहने बताए । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको हुन लागेको नेपाल भ्रमणका क्रममा शरणार्थी व्यवस्थापनमा कूटनीतिकरुपमा प्रस्ताव गरी छलफल भएमा समस्या समाधान हुने विश्वास उनले व्यक्त गरे । करीब एक लाख १२ हजार शरणार्थीलाई विभिन्न देशमा पुनर्वास गराइएको जानकारी दिँदै नेता रिजालले भने, “अहिले बेलडाँगीमा करीब १० हजारको हाराहारीमा शरणार्थी छन्, उनीहरु स्वदेश फिर्ता हुन चाहन्छन्, नेपाल सरकारको सहयोगको खाँचो छ ।” उनले नेपाल र भारत दुवै मुलुकका प्रधानमन्त्रीलाई शरणार्थी समस्या समाधानका लागि पत्राचार गरेको जानकारी दिँदै अन्तर्राष्ट्रिय समुदायले पनि सो विषयलाई लिएर आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरे । सन् १९८५ देखि आफू निर्वासित भएको भए पनि पञ्चायती सरकारले समातेर भुटान सरकारलाई बुझाएपछि १० वर्ष जेलमा बन्दी भएको स्मरण गर्दै एक लाख भन्दा धेरै शरणार्थीको नेतृत्व आफूले गरेर धेरैलाई शरणार्थी कार्ड उपलब्ध गराएको भए पनि आफूसँग सो कार्ड प्राप्त नभएका कारण दयनीय जीवन भोग्नुपरेकाले सहयोगको अपेक्षा गरे । रासस
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: