Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

विमानस्थलमा सुरक्षा जाँचको लागि यस्ताे छ तयारी

सल्लेरी, सोलुखुम्बु, २३ वैशाख । आन्तरिक उडानमा निकै व्यस्त रहने सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थलमा सुरक्षा जाँचको लागि विद्युतीय उपकरण जडान गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहितको टोलीले आज विमानस्थलको निरीक्षण गर्दै विमानस्थलमा सुरक्षा जाँचका लागि विद्युतीय उपकरणकोे प्रयोग गर्न निर्देशन दिएसँगै उपकरण जडान हुने भएको हो । 

मन्त्री अधिकारीले विमानस्थलको स्थलगत निरीक्षण गर्दै सुरक्षा चेकजाँचमा अनिवार्य मेसिनको प्रयोग गर्नुपर्ने बताए । उनले उपकरणको प्रयोग गर्दा आवश्यक पर्ने विद्युत्को प्रबन्ध मिलाउन गाउँपालिकालाई निर्देशन दिए ।

अहिले लुक्ला विमानस्थलमा यात्रुसहित उनीहरुको अन्य सामग्री नेपाल प्रहरीले हातैले जाँच गर्ने गर्छन् । उक्त विधि भरपर्दो नहुने भएकाले तत्काल सुरक्षा जाँचका लागि उपकरणको प्रयोग कार्यन्वयनमा ल्याउन मन्त्री अधिकारीले सुझाव दिएका विमानस्थलको सुरक्षार्थ खटिइनुभएका प्रहरी नायब निरीक्षक देवनारायण महतोले जानकारी दिए । अधिकांश यात्रु बाह्य पर्यटक हुने भएकाले चेकजाँचका लागि उपकरण नहुँदा खिल्ली उडाउने गरेको पर्यटन व्यवसायीको भनाइ छ । ट्रेकिङ गाइड चुडामणि केसीका अनुसार पर्यटकको भीड लाग्ने विमानस्थलमा चेकजाँचका लागि उपकरण नहुँदा ढिला हुने र पर्यटकले समेत झन्झट मान्ने गर्छन् । नागरिक उडड्यन प्राधिकरण लुक्लाका अनुसार यहाँ दैनिक २०० सम्म उडान तथा अवतरण हुने गर्छ । यस्तै दर्जनौँ हेलिकप्टरले उडान भर्ने भए पनि ‘हेलीप्याड’ समेत अभाव देखिएको छ । विमानस्थलको अनुगमन गर्दै मन्त्री अधिकारीले तत्काल हेलीप्याड निमाण गर्नसमेत निर्देशन दिए । उनले हेलीप्याड सानो भएकाले आगामी जेठ १५ गतेभित्र निर्माण सम्पन्न गरिसक्ने गरी काम अघि बढाउन निर्देशन दिएका छन् । पर्यटकीय क्षेत्रको हेलीप्याड अत्यन्तै व्यस्त हुने गरेको भए पनि हेलीप्याड सानो भएको मन्त्री अधिकारीको भनाइ छ । हेलीप्याड निर्माणका लागि यसअघि नै १० रोपनी जग्गा लुक्लामा नै खरिद भए पनि निर्माणको काम भने शुरु हुन सकेको छैन । त्यस्तै विमानस्थलमा माइकिङ सुविधा नहुँदा यात्रु समस्यामा पर्ने गरेका छन् । पर्यटकीय मौसममा एकै दिनमा ८०÷९० वटासम्म उडान भर्ने सो विमानस्थलमा एकैपटक तीन÷चारवटा विमानले यात्रु चढाइरहेका हुन्छन् । यस्तो बेलामा आफू चढ्ने विमानको पहिचान गर्न नसक्नु, जहाज कतिबेला आउँछ, कतिबेला जहाजमा चढ्नेजस्ता सूचना नपाउँदा टर्मिनल भवनमा पर्खिरहेका यात्रुहरु समस्यामा पर्ने गरेका बताउँछन् । केही वर्षअघि माइकिङ सेवा थियो तर पछि प्राविधिक समस्या आएकोे भन्दै बन्द भएपनि पुनः सञ्चालन भएको छैन । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy