काठमाडौँ, २६ वैशाख । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले बिहान आठ बजेका लागि बोलाइएको प्रशिक्षण कार्यक्रमको उद्घाटन विवादका कारण नौ घण्टासम्म शुरु हुन नसकेपछि अनिश्चितकालका लागि स्थगित भएको छ । नेपाली काँग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालालाई १० वर्षसम्म बन्दी बनाइएको सुन्दरीजलस्थित संग्रहालयमा संघका दुई पक्षले अलगअलग मञ्च निर्माण गरेपछि कार्यक्रम शुरु हुन सकेको थिएन । संघका अध्यक्ष नैनसिंह महर पक्षले पञ्चायतकालमा काँग्रेसले अपहरण गरेको हवाइजहाज राख्न बनाइएको जस्ताको टहरामा मञ्च बनाएको थियो । संघको असन्तुष्ट पक्षले भने खुला चौरमा मञ्च तयार पारेको थियो । पछिल्लो समय अध्यक्ष महरले विवादित जिल्लामा अधिवेशन नगराई टिके अध्यक्ष तोकेको, केन्द्रीय पदाधिकारी एवं सदस्य मनोनयन गर्दा सल्लाह नगरेको र विधान विपरीत आमन्त्रित सदस्य मनोनयन गरेको असन्तुष्ट पक्षको आरोप छ । अध्यक्ष महर पक्षले काँग्रेस सभापति शेरबहादुर देउवा र असन्तुष्ट पक्षले वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रमुख अतिथिका रुपमा निमन्त्रणा गरेको जनाएका छन् । असन्तुष्ट पक्षका केन्द्रीय सदस्य तेजबहादुर बानियाँ अध्यक्ष महरले दुईवर्षे कार्यकालमा विवाद भएका ११ जिल्ला र ४४ क्याम्पसमा अधिवेशन गराउन नसकेको बताउँछन्। सोलुखुम्बु, कास्की, सुर्खेत, सिरहा, रौतहट, कञ्चनपुर, भक्तपुर, पर्सा, धनुषा, रुपन्देही र मुस्ताङमा विधिसम्मत अधिवेशन हुन नसकेको उनले बताए । संघको १२९ सदस्यीय कार्यसमितिमा १९ पदाधिकारीसहित ८४ सदस्य अध्यक्ष महरसँग असन्तुष्टि राख्दै एक हप्ता अघि फरक बैठक गरेका थिए । बैठकले अध्यक्ष महरले विधि विधान अनुरुप संघ सञ्चालन गर्न नसकेको भन्दै विरोध जनाएको थियो । संघका अध्यक्ष महर भने आफूले विधानले दिएको अधिकार प्रयोग गरी काम गरेको बताउँछन्। “विशेष कारणले आजको प्रशिक्षण कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको छ, अर्को कार्यक्रम जिल्ला अध्यक्षलाई समेत सहभागी गराएर गरिनेछ”–उनले भने । संघले यसअघि आजका लागि संघका तर्फबाट निर्वाचित स्ववियू सभापति, पदाधिकारी र सदस्यका लागि भन्दै प्रशिक्षण कार्यक्रम राखेको थियो । संघका काठमाडौँ अध्यक्ष मनोज वैद्य अध्यक्ष महरले टिकेशैलीमा गरेकाे जिल्ला, क्याम्पस एकाई अध्यक्ष एवं केन्द्रीय पदाधिकारी, सदस्य र आमन्त्रित सदस्य फिर्ता नलिए समानान्तर कार्यक्रम गरिने बताउछन् । विवाद समाधान गर्न बिहान काँग्रेस सभापति शेरबहादुर देउवाले बूढानीलकण्ठस्थित निवासमा दुवै पक्षका नेतासँग छलफल गरेका थिए । सुन्दरीजलका स्थानीय काँग्रेस नेता कार्यकर्ताले भने विवाद समाधान गरेर एउटै कार्यक्रम गरेमात्र गर्न दिने अडान लिएका थिए । दुई वटा कार्यक्रम गर्न नदिने भन्दै काँग्रेस कार्यकर्ताले संग्रहालयको विद्युत् आपूर्तिसमेत बन्द गरिदिए । संग्रहालय समितिका अध्यक्ष परशुराम पोखरेल पनि मिलेर एउटै कार्यक्रम गरेमात्र गर्न दिने अडान दुवै पक्षका नेतालाई जानकारी गराएको बताउँछन् । रासस
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...



प्रतिकृया लेख्नुहोस्: