जनताले आफ्ना प्रतिनिधिलाई जिताएपछि जनप्रतिनिधिले भने आफ्नो क्षेत्रको विकास भन्दा आफ्नै सुविधा बढाउन लागेका छन् । सबै प्रदेशमा जनप्रतिनिधिले सेवा र सुविधा बढाएपछि जनताले जनप्रतिनिधिको यस्तो कार्यको आलोचना गर्न थालेका छन् । प्रदेश नम्बर ७ मा प्रदेश सरकारले प्रदेशका जनप्रतिनिधिहरुको सेवा सुविधा सम्बन्धी विधयेक नै तयार पारेको छ । यो विधेयक पास भएपछि करिब एक वर्षसम्म तलब नलिएर काम गरेका जनप्रतिनिधिले विगतको एकमुष्ट र नियमित रुपमा तलब पाउनेछन् । वैशाख १९ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको मन्त्रिपरिषदको बैठकले तयार भएको विधेयकको मस्यौदा प्रदेश सभा सचिवालयमा दर्ता भइसकेको छ । स्थानिय तहमा निर्वाचित जनप्रतिनिधीहरुले पाउने सेवा सुबिधाका बिषयमा बिधेयकमा यस्तो उल्लेख छ । उपमहानगरपालिकाका प्रमुखको सेवा सुबिधा तलब मासिक ४० हजार रुपैयाँ, सञ्चार खर्चवाफत मासिक दुई हजार रुपैया, दैनिक भ्रमण भत्ता दुई हजार रुपैयाँ, विदेश भ्रमण गर्दा दैनिक भ्रमण भत्ता एक सय ७५ डलर उपमहानगरपालिकाका उप प्रमुखको सेवा सुबिधा तलब मासिक ३५ हजार रुपैया, सञ्चार खर्चवाफत मासिक एक हजार पाँच सय रुपैया ,दैनिक भ्रमण भत्ता एक हजार आठ सय रुपैया, विदेश भ्रमण गर्दा दैनिक भ्रमण भत्ता एक सय ७५ डलर उपमहानगरपालिकाको वडा अध्यक्षको सेवा सुबिधा तलब मासिक २४ हजार रुपैया, सञ्चार खर्चवाफत मासिक एक हजार दुई सय रुपैया, दैनिक भ्रमण भत्ता एक हजार छ सय रुपैया , विदेश भ्रमण गर्दा दैनिक भ्रमण भत्ता एक सय ५० डलर नगरपालिकाका प्रमुखको सेवा सुबिधा तलब मासिक ३५ हजार रुपैया, सञ्चार खर्च वाफत मासिक एक हजार पाँच सय रुपैया, दैनिक भ्रमण भत्ता वाफत एक हजार आठ सय रुपैया, विदेश भ्रमण गर्दा दैनिक एक सय ५० डलर नगरपालिकाका उप प्रमुखको सेवा सुबिधा तलब मासिक ३० हजार रुपैया ,संचार खर्च एक हजार दुई सय रुपैया, दैनिक भ्रमण भत्ता वाफत एक हजार आठ सय रुपैया, विदेश भ्रमण गर्दा दैनिक एक सय ५० डलर नगरपालिकाका वडा अध्यक्षको सेवा सुबिधा तलब मासिक २२ हजार रुपैया ,संचार खर्च एक हजार रुपैया ,दैकि भ्रमण एक हजार पाच सय रुपैया, विदेश भ्रमण गदा दैनिक १ सय २५ डलर गाउपालिका अध्यक्षको सेवा सुबिधा तलब मासिक ३० हजार रुपैया, संचार खर्च एक हजार दुई सय रुपैया, भ्रमण एक हजार छ सय रुपैया, विदेश भ्रमण गर्दा दैनिक एक सय ५० डलर, गाउपालिका उपाध्यक्षको सेवा सुबिधा तलब मासिक २५ हजार रुपैया , सञ्चार खर्च मासिक ८ सय रुपैया, र दैनिक भ्रमण भत्ता एक हजार चार सय रुपैया , विदेश भ्रमण गर्दा दैनिक एक सय ५० डलर गाउपालिका वडा अध्यक्षको सेवा सुबिधा तलब मासिक २० हजार रुपैया , संचार खर्च मासिक ८ सय रुपैया, दैनिक भ्रमण भत्ता एक हजार चार सय, विदेश भ्रमण गर्दा दैनिक १ सय २५ डलर
समन्वय समिति प्रमुख सेवा सुबिधा तलब मासिक ४० हजार रुपैया ,सञ्चार खर्च मासिक दुई हजार रुपैया, दैनिक भ्रमण भत्ता एक हजार आठ सय रुपैया, विदेश भ्रमण गर्दा दैनिक भ्रमण भत्ता एक सय ७५ डलर । समन्वय समिति उप प्रमुख सेवा सुबिधा तलब मासिक ३५ हजार रुपैया, संचार खर्च मासिक एक हजार पाँच सय रुपैया, दैनिक भ्रमण भत्ता एक हजार आठ सय रुपिया, एक सय ७५ डलर । यो बाहेक गाउँ कार्यपालिका तथा सभाको बैठकमा सदस्यहरुलाई दैनिक भत्ता एक हजार रुपिया, नगर कार्यपालिका तथा सभामा एक हजार दुई सय रुपिया र उपमहानगर कार्यपालिका तथा सभा बैठकमा सदस्यलाई दैनिक भत्ता एक हजार पाँच सय ७५ रुपियाँ तोकिएको छ । जिल्ला समन्वय समितिका सदस्यको बैठक भत्ता दैनिक एक हजार पाँच सय रुपियाँ निर्धारण गरिएको छ । अब केही समय भित्रै एक बर्ष देखी कुनै सेवा सुबिधा नदिएका स्थानिय तहका जनप्रतिनिधी र जिल्ला समन्वय समितिका पदाधिकारीले विगतको एकमुष्ट र नियमित तलब पाउनेछन् । जेठको पहिलो साता बर्षे अधिवेशन आह्वान हुने र पहिलो बैठकबाटै स्थानिय तहका पदाधिकारीले पाउने सेवा सुबिधा सम्बन्धि बिधेयक माथि छलफल हुने प्रदेश सभा सचिवालयका सचिब बालाराम शर्माले बताए ।
प्रतिकृया लेख्नुहोस्: