Khabar Dabali ९ जेष्ठ २०८३ शनिबार | 23rd May, 2026 Sat
Investment bank

खानेपानी मन्त्रालयको प्राथमिकताः चुहावट नियन्त्रण र बक्यौता असुल

रमेश लम्साल । काठमाडौँ, २७ वैशाख । सरकारले काठमाडौँ उपत्यकामा वितरण भइरहेको पानी वितरण व्यवस्थित बनाउँदै चुहावाट नियन्त्रणलाई विशेष ध्यान दिने भएको छ । 

मेलम्ची खानेपानी आयोजनाको पानी नआउँदासम्म भएको स्रोतबाट नै काठमाडौँ उपत्यकावासीलाई सहजरुपमा पानी उपलब्ध गराउने लक्ष्यका साथ चुहावट नियन्त्रण र वितरण प्रणालीमा सुधार योजना अगाडि सारिएको हो । खानेपानी मन्त्रालयमा मन्त्री विना मगरले चुहावट नियन्त्रण गर्ने र ट्याङ्करको पानी वितरणलाई प्रभावकारी बनाउन थालिएको जानकारी दिइन् ।

नेपाल विद्युत् प्राधिकरणले चुहावट तथा प्रणालीमा सुधार गर्दा देशभर नै विद्युत्भार कटौतीको अन्त्य गर्न सफल भएजस्तै उपत्यकाको खानेपानी वितरण प्रणालीमा रहेको कमजोरी र चुहावट नियन्त्रणलाई विशेष प्राथमिकतामा राखिएको मन्त्री मगरको भनाइ छ । अनौपचारिक रुपमा गरिएको अध्ययनानुसार काठमाडौँ उपत्यकामा दैनिक आधा करोड लिटरजति पानी चुहिएर खेर जाने गरेको छ । यस्तै खानेपानीको महसुल नबुझाउने निकाय वा संस्था तथा व्यक्तिलाई पहिलो चरणमा तिर्न आग्रह गर्ने, अटेर गरे कालोसूचीमा राख्ने तथा महसुल उठाउन सघन रुपमा कर्मचारीको परिचालन गर्ने लगायत योजनासमेत तय भएका छन् । खानेपानीको धारा राखेपछि नियमानुसार महसुल तिर्नुपर्ने भए पनि लामो समयदेखि अटेर गर्दै आएका सरकारी कार्यालय, संघसंस्था तथा व्यक्तिगत धाराधनीलाई समेत कारवाहीको दायरामा ल्याइने तयारी गरिएको छ । “बक्यौता के–कति छ भन्ने विषयमा खोजवीन भइरहेको छ”, मन्त्री मगरले भनिन् । विगतमा गरिएको अध्ययन तथा अनुसन्धानलाई पनि आधार बनाएर मन्त्रालयले सूक्ष्म छानवीन गरिरहेको जानकारी दिँदै उनले भनिन् , “महसुल नतिर्नेलाई सदाशयतापूर्वक तिर्न आग्रह गर्दछौँ । अन्यथा धारा काट्नेसम्मको नीति अख्तियार गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेका छौँ ।” तत्कालीन खानेपानीमन्त्री जीवनबहादुर शाहीले सरकारी निकायले नै रु एक अर्ब ४३ करोड बक्यौता तिर्न बाँकी रहेको तथ्यांक सार्वजनिक गरेकी थिइन् । काठमाडौँ उपत्यकामा दैनिक ३८ करोड लिटर पानी माग हुने गरेको छ । काठमाडौँमा बर्षेनी नयाँ घर बनिरहेको र पानीको मागसमेत बढ्दै गएकाले समग्रतामा माग बढेको हो । दुई वर्षअघि ३६ करोड लिटर पानीको माग थियो । माग बढे पनि आपूर्ति भने १० करोड लिटर हाराहारीमा मात्रै भइरहेको छ । यस्तै खानेपानीको व्यवसाय गर्दै आएकालाई समेत कानूनी दायरामा ल्याउन विगतमा भएको प्रयासबाट पाठ सिकेर अगाडि बढ्ने योजनामा मन्त्रालय रहेको मन्त्री मगरको भनाइ छ । मेलम्ची प्राथमिकतामा पछिल्ला दिनमा मेलम्ची खानेपानी आयोजनामा सम्बन्धमा देखिएको विवाद समाधान गरेर आगामी दशैँअगावै काठमाडौँका धारामा पानी झार्ने योजनामा सरकार लागिपरेको उहाँले दोहो¥याउनुभयो । मेलम्ची खानेपानी आयोजनाको ठेकेदार इटालेली कम्पनीले भुक्तानी नपाएको जनाउँदै सुरुङको मर्मत, बाँधस्थल निर्माणलगायत कामलाई प्रभावकारी बनाएको छैन । कूल २७ किमी लामो सुरुङ बने पनि त्यसको बाँकी काम जारी रहँदा केही दिनदेखि इटालीको ठेकेदार सिएमसीले चित्तबुझ्दो गरी काम नगरेको भन्ने गुनासो आएको र समस्या समाधानका लागि आफू लागिपरेको मन्त्री मगरको भनाइ छ । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending