धनकुटा, २७ वैशाख । प्रदेशको राजधानीलगायत विभिन्न माग गर्दै नेपाली काँग्रेस धनकुटाको पार्टी कार्यालयमा चार महिनाअघि लगाएइको ताला आज खोलिएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले काँग्रेस पार्टी कार्यालयमा चार महिनाअघि लगाइएको ताला खोलेर नेता तथा कार्यकर्ताले दिएको राजीनामा फिर्ता गर्न आग्रह गरेका थिए ।
पार्टी सरकारमा हुँदा प्रदेश नं १ को अस्थायी राजधानी धनकुटा नबनाइएको, पार्टी केन्द्रीय समिति एवं भ्रातृ संगठनमा धनकुटाबाट प्रतिनिधित्व नभएको एवं स्थानीय एवं संसद्को चुनावमा जिल्लाबाट गरिएको सिफारिश लत्याएर केन्द्रीय समितिले छुट्टै निर्णय गरी जिल्लाका नेतृत्वको अपहेला गरेको जनाउँदै चार महिनाअघि जिल्ला समितिका पदाधिकारी तथा भ्रातृ एवं शुभेच्छुक संस्थाका पदाधिकारीले साधारण सदस्य नरहने गरी राजीनामा गर्दै पार्टी कार्यालयमा काँग्रेसको झण्डा हटाएर कालो झण्डा राखेका थिए । पार्टी प्रवक्ता शर्माले पार्टी कार्यालयमा ताला खोलेर जिल्ला समितिका पदाधिकारीलाई जनताको काम गर्न आग्रह गर्दै केन्द्रीय समितिले उचित मूल्यांकन गर्ने आश्वासन दिएका थिए । कार्यक्रममा प्रवक्ता शर्माले वर्तमान सरकारले राष्ट्रियताको खोक्रो नारा लगाएर मुलुक सञ्चालन गर्न कठिनाइ भएको नाटक गर्दै गरेको तथा अघिल्लो सरकारले गरेको भूकम्पपीडित सहयोग रकम नदिने एवं सर्वसाधारणको स्वास्थ्य सुविधाको रकमजस्ता निर्णय कार्यान्वयनमा बेवाता गरेको आरोप लगाए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: