Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

न्यायिक समितिमा उजुरी बढे

भीमदत्तनगर। स्थानीय तहमा उपप्रमुख एवं उपाध्यक्षको संयोजकत्वमा गठित न्यायिक समितिमा उजुरी दिनेको संख्यामा वृद्धि हुँदै गइरहेको छ । स्थानीय तहमा जनप्रतिनिधि आएको झण्डै वर्ष दिन हुन लाग्दा कञ्चनपुरका सात नगरपालिका र दुईवटा गाउँपालिका गरी नौवटै स्थानीय तहमा घरेलु हिंसा, सामान्य झगडा, जग्गा विवादलगायतका उजुरी आउने क्रम बढेको यहाँका स्थानीय तहले जनाएका छन् । नेपालको संविधान धारा २१७ बमोजिम गरिएको उक्त व्यवस्थासँगै गठन भएका न्यायिक समितिका सेवाग्राहीका उजुरीका चाङ लाग्न थालेका छन् । विगतका सामान्य झै-झगडाका लागि प्रहरी र अदालतसम्म पुग्ने स्थानीयवासी अहिले नगरपालिकामा न्यायका लागि आउन थालेको भीमदत्त नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक सुशीला चन्द सिंहले जानकारी दिए। नगरपालिकाको न्याय समितिमा विभिन्नखालका मुद्दाको छिनोफानो हुन थालेको उपप्रमुख सिंहले जानकारी दिए । “अदालतसम्म पुगेका सम्बन्धविच्छेदजस्ता घटनामा पनि हामीले सहजीकरण गरेका छौँ ।” सिंहले भने, “दैनिक छ–सातवटा उजुरी आएकै हुन्छन् ।” उनले न्यायिक समितिमा घरेलु हिंसा, जग्गाको साँध विवाद, घरबहाल विवाद, झैझगडाजस्ता उजुरी आउने गरेको जानकारी दिँदै प्रायः उजुरीमा मेलमिलाप गराएर पठाएको बताए। “सबैखाले मुद्दा आउँछन् ।” सिंहले भने, “मुद्दा आउने क्रम बढ्दै गएको छ ।” त्यसैगरी यहाँको शुक्लाफाँटा नगरपालिकाका प्रवक्ता जगतबहादुर सिंहले विगतमा इलाका प्रहरी कार्यालय झलारीमा न्यायका लागि आउने प्रायः मुद्दा अहिले नगरपालिकाको न्यायिक समितिमा आइरहेको जानकारी दिए । \'यहाँ अझै १६ वटा मुद्दा विचाराधीन अवस्थामै छन्\' प्रवक्ता सिंहले भने \'अहिलेसम्म १८ वटा मुद्दा मेलमिलाप गरेर पठाएको तथ्याङ्क छ ।\' उनले पनि गाउँघरका झैझगडा, जग्गाको सीमा विवाद, नदीजन्य पदार्थको उत्खनन भएको भन्दै उजुरी दिन नगरपालिका आउने गरेको बताए । \'अहिलेसम्म यहाँबाट नमिलेर अदालत कुनै मुद्दा पुगेका छैनन् ।\' उनले भने, \'न्यायिक समितिले टुङ्ग्याउन नसकेका मुद्दा अदालत जाने व्यवस्था छ ।\' त्यसैगरी कञ्चनपुरको कृष्णपुर नगरपालिकाका उपप्रमुख रमिता रानाले न्यायिक समितिमा दिनहुँजसो मुद्दा आउने गरेको बताए । \'यहाँ आएका ७० वटा मुद्दामध्ये ५२ वटा मिलाएर पठायौँ ।\' उपप्रमुख रानाले भने, \'कृष्णपुर नगरपालिकामा अन्य नगरपालिकाको भन्दा बढी चाप छ ।\'उनले बहुविवाह, विवाह दर्ता नगरेको, जग्गा विवादलगायत विभिन्न प्रकारका मुद्दा आउने गरेको बताए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले प्रहरीमा उजुरी आउने संख्यामा धेरै कमी भने नआएको बताए । \'न्यायिक समितिमा पनि मुद्दा गइरहेको भए पनि प्रहरीमा पनि संख्या घटेको छैन ।\' उनले भने, \'कानूनी प्रक्रिया अझै बन्न बाँकी भएकाले पनि पीडितहरू यहाँ आइरहेकै छन् ।\'प्रवक्ता सेटीले स्थानीय तहमा जनप्रतिनिधिले काम कारवाही गर्दा प्रहरीसित समन्वय गरिरहेको बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies