Ntc summer Offer
Khabar Dabali १८ पुष २०८१ बिहीबार | 2nd January, 2025 Thu
Investment bank

नियमित औषधिले निको हुन्छ थाइराइड

चितवन । नियमित औषधि सेवनले थाइराइड रोग निको र नियन्त्रण हुने चिकित्सकले बताएका छन् । विश्व थाइराइड दिवसका अवसरमा आज चितवनको भरतपुरमा पुष्पाञ्जलि अस्पतालद्वारा आयोजित अन्तक्र्रिया तथा थाइराइड सम्बन्धीको सचेतनामूलक कार्यक्रममा उनीहरुले यो रोगको नियन्त्रणका लागि आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरे । नयाँ थाइराइड रोगी धर्मराज पौडेललाई औषधि खुवाएर शुरु भएको उक्त कार्यक्रममा अस्पतालका मेडिकल निर्देशक तथा फिजिसियन डा भोजराज अधिकारीले चेतनाको अभावका कारण आएका बिरामीमध्ये ५० देखि ६० प्रतिशत बिरामीलाई थाइराइड रोग लागेको भनेर जानकारी नहुने गरेको बताए । स्वास्थ परीक्षणबाट प्रमाणित भएपछि मात्रै आफूलाई थाइराइड भएको जानकारी पाउने गरेको भन्दै डा. अधिकारीले शरीरमा कुनै असरबिना नै असजिलो महसुस भयो भने स्वास्थ्य परीक्षण जरुरी रहेको बताए । डा अधिकारीका अनुसार थाइराइडमा प्रत्यक्ष रुपमा तीन चार वटा समस्या देखिन्छ । एउटा थाइराइड ग्रन्थीले निकाल्ने रस कम हुने रोग ‘हाइपो थाइरोडिजम’ हो । अर्को हर्मोनको मात्रा बढी निस्कने ‘हाइपर थाइरोडिजम’ हो । तेस्रो, थाइराइड हर्मन सुनिने हुन्छ भने चौंथो थाइराइड क्यान्सर हुनसक्छ । स्त्रीरोग विशेषज्ञ डा हेमनाथ सुवेदीले महिलामा बढी थाइराइड देखिने गरेको उल्लेख गर्दै नियमित औषधि सेवनले बच्चा र आमालाई कुनै पनि असर नगर्ने बताए । बालरोग विशेषज्ञ डा युवानिधि बस्यौलाले जन्मेदेखिनै बच्चामा यो रोग देखिन सक्ने बताउँदै प्रति तीन, चार हजार बच्चामध्ये एक, दुई जनामा यो रोग देखिन सक्ने धारणा व्यक्त गरे । ‘आमालाई रोग देखिए गर्भको बच्चामा पनि सर्न सक्छ, डा बस्यौलाले भन्नुभयो, “औषधी नियमित सेवन गरें केही हुन्न, तर बच्चालाई दुई वर्षसम्म उपचार नगरे सुस्त हुनसक्छ ।” प्राकृतिक चिकित्सक डा हेमराज कोइरालाले पछिल्लो समयमा थाइराइड रोग बढ्दो क्रममा रहेको बताउँदै यसप्रति सचेत रहन सबैमा आग्रह गरे । चिकित्सकका अनुसार थाइराइड ग्रन्थीले शरीरको मोटोपन हुने अथवा दुब्लोपन हुने, तापक्रम मिलाउने, भित्रको आन्तरिक व्यवस्थापन मिलाउने काम गर्छ । यसले शरीरमा हुने अनावश्यक झोलपदार्थ वा सुख्खापन अथवा कमलोपनलाई नियन्त्रण गर्ने गर्छ । त्यो हर्मन बढी भयो भने पनि र कम भयो भने पनि शरीरलाई असर गर्छ । त्यही नै थाइराइड रोग हो । प्रति १० जनाको परीक्षणमा नौजना महिलालाई यो रोग लाग्ने चिकित्सकले बताएका छन् । अनावश्यक रुपमा तौल बढ्ने, आवाजमा धोद्रोपन आउने, गोडा सुनिने, प्रेसर कम भएर जाने, कमजोर मनोबल देखिने हुन्छ । कतिपय अवस्थामा नियमित औषधि सेवन गर्दा यो रोग निको हुने र कतिपय अवस्थामा जीवनभर नै औषधि खानुपर्ने हुन्छ । चितवनमा गरिएको अध्ययनमा सामान्य मान्छेलाई जचाउँदा १२ प्रतिशतमा थाइराइड देखिएको र सुगरका बिरामीमा चेक गर्दा २४ प्रतिशतमा थाइराइड देखिएको डा. अधिकारीले जानकारी दिए । अस्पतालका अध्यक्ष गौरीश्वर सापकोटाले रोग लाग्नु अगाडि नै उपचार गर्नसके स्वस्थ्य जीवन जिउन सकिने बताए । सो क्रममा अस्पतालमा भएको थाइराइड सम्बन्धीको स्वास्थ्य परीक्षण शिविरमा एक हजार बढीले परीक्षण गराएका थिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy