Khabar Dabali २९ श्रावण २०८३ शुक्रबार | 14th August, 2026 Fri
Investment bank

२२ करोडको बुटवल बधशाला झाडीमा, करोडौँका उपकरण प्रयोगविहीन

खबरडबली संवाददाता

बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आएको केही महिनामै बन्द भएको बुटवल उपमहानगरपालिका–१० रामनगरस्थित बधशाला लामो समयदेखि प्रयोगविहीन अवस्थामा छ।

सरकारले पशु बधशाला तथा मासु जाँच ऐन, २०५५ चरणबद्ध रूपमा देशभर लागू गर्ने निर्णय गर्दै मापदण्डअनुसारको मासु उत्पादनमा जोड दिइरहेका बेला प्रदेशकै नमुना मानिएको बुटवलको आधुनिक बधशाला भने बेवारिसे जस्तै बनेको हो।

बुटवल उपमहानगरपालिकाले २०८१ जेठ १७ गते सार्वजनिक–निजी साझेदारी अवधारणाअन्तर्गत मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडलाई पाँच वर्षका लागि बधशाला सञ्चालनको जिम्मेवारी दिएको थियो। सञ्चालन सुरु भए पनि केही महिनामै विवाद र सम्झौता कार्यान्वयनका समस्या देखिएपछि बधशाला बन्द भयो।

बधशाला सञ्चालन हुन नसक्नुमा नगरभित्र हुने अव्यवस्थित पशु बध रोक्न नसक्नु, सबै मासु व्यवसायीलाई बधशालामार्फत पशु बध गर्न बाध्य बनाउन नसक्नु तथा सञ्चालनसम्बन्धी दायित्वलाई लिएर उपमहानगरपालिका र सञ्चालक कम्पनीबीच देखिएको विवाद प्रमुख कारण मानिएको छ।

सञ्चालक कम्पनीले पर्याप्त सङ्ख्यामा पशु बधका लागि नआएकाले आर्थिक रूपमा सञ्चालन गर्न कठिन भएको बताउँदै आएको थियो। यता उपमहानगरपालिकाले सञ्चालक कम्पनीले सम्झौताअनुसारका दायित्व पूरा नगरेको आरोप लगाएको थियो। दुई पक्षबीचको विवाद बढ्दै गएपछि बधशाला बन्द अवस्थामा पुगेको हो।

करोडौँका उपकरण थन्किए

अहिले बधशाला परिसरको अवस्था झन् दयनीय बनेको छ। ढलान गरिएको क्षेत्रबाहेक अधिकांश खाली जमिनमा अग्लो घाँस र झार पलाएको छ। करोडौँ रुपैयाँ खर्चेर जडान गरिएका अत्याधुनिक उपकरण, पशु बध गर्ने संरचना, चिस्यान कक्षलगायतका पूर्वाधार प्रयोगविहीन अवस्थामा छन्।

बधशालाको नियमित विद्युत् आपूर्तिसमेत काटिएको छ। परिसरमा जडान गरिएका केही सौर्य बत्ती मात्रै बल्ने गरेका छन्। बधशालाको रेखदेखका लागि दुई जना सुरक्षा गार्ड खटाइए पनि सर्वसाधारणलाई परिसरभित्र प्रवेश गर्न रोक लगाइएको छ।

बुटवल–नारायणगढ सडक विस्तारपछि सडकको सतह उचालिँदा बधशाला सडकभन्दा निकै तल परेको देखिन्छ। मुख्य प्रवेशद्वारसम्म पुग्ने बाटोसमेत हिलाम्य छ। बाहिरबाट हेर्दा नै बधशाला परिसरको ठूलो हिस्सा झाडी र घाँसले ढाकिएको देखिन्छ।

सरकारको नीति एकातिर, बधशाला अर्कोतिर

सरकारले देशभर पशु बधलाई व्यवस्थित गर्दै स्वच्छ तथा मापदण्डअनुसारको मासु उत्पादन सुनिश्चित गर्ने नीति अघि बढाएको छ। तर त्यही नीतिको उद्देश्य पूरा गर्न निर्माण गरिएको बुटवलको आधुनिक बधशाला भने सञ्चालनमा आउन सकेको छैन।

एकातिर राज्यले करोडौँ रुपैयाँ लगानी गरेर आधुनिक पूर्वाधार निर्माण गर्ने, अर्कोतिर सञ्चालनको स्पष्ट व्यवस्थापन र समन्वयको अभावमा त्यही पूर्वाधार झाडीले ढाकिने अवस्था देखिएको छ।

लामो समयसम्म बन्द रहँदा अत्याधुनिक उपकरण तथा भौतिक संरचनाको संरक्षणमा समेत प्रश्न उठेको छ। बधशाला पुनः सञ्चालनमा ल्याउन आवश्यक पहल कहिले हुन्छ भन्ने विषय भने अझै स्पष्ट हुन सकेको छैन।

सरकारले स्वच्छ र सुरक्षित मासु उत्पादनलाई प्राथमिकता दिइरहेका बेला २२ करोड रुपैयाँको लगानीमा बनेको बुटवलको बधशाला सञ्चालनमा ल्याउनु राज्यको लगानी जोगाउने र आफ्नै नीतिलाई व्यवहारमा उतार्ने चुनौती बनेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आठ हजारलाई रोजगारी दिएको जुट मिल खण्डहरमा, फेरि ब्युँताउने आशा

विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...

पहिरोले घर पुरिँदा बाजुरामा एक बेपत्ता, दुई घाइते

बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...

बाढी–पहिरोले बागलुङका दुई प्रमुख राजमार्ग ठप्प, यात्रु बाटोमै अलपत्र

बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, देउवा प्रमुख अतिथि

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...

पूर्वाधार र स्पष्ट नीतिबिनै बढ्दैछ विद्युतीय सवारीको प्रयोग, अर्बौं लगानी जोखिममा

काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...

२२ करोडको बुटवल बधशाला झाडीमा, करोडौँका उपकरण प्रयोगविहीन

बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...

कालीमाटीमा आज कुन तरकारी कति ? यस्तो छ कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिले सार्वजनिक गरे...

आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ। समितिहरूले मानव अधिकार, परराष्ट्र मामिला तथा राष्ट्रिय सरोकारका विषयमा छलफल गर्...

जाजरकोटमा बाढीको वितण्डा : चार घर र झोलुङ्गे पुल बगायो, भेरी करिडोर जोखिममा

जाजरकोट । अविरल वर्षापछि आएको बाढीले जाजरकोटको नलगाड नगरपालिका–११ चौखामा ठूलो क्षति पुर्‍याएको छ । ताक्सुगाड खोलामा आएको बाढीले चार वटा घर र एउटा झोलु...

वर्षाले कास्कीको वीरेठाँटी क्षेत्र क्षतविक्षत, सडकदेखि मन्दिर र पुलसम्म बगायो

पोखरा । बिहीबार रातिदेखि परेको अविरल वर्षाले कास्कीको अन्नपूर्ण गाउँपालिकाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। विशेषगरी वडा नम्बर ८ को वीरेठा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending