Ntc summer Offer
Khabar Dabali ११ पुष २०८१ बिहीबार | 26th December, 2024 Thu
Investment bank

युट्युब चयानलमा युवाको आकर्षण, यसरी कमाउँछन् पैसा

भीमदत्तनगर । पछिल्लो समय कञ्चनपुरमा फेसबुक, ट्विटरसँगै शहर क्षेत्रमा बसोबास गर्ने युवा युट्युब च्यानल सञ्चालनमा ल्याएर यहाँको पर्यटन प्रर्वद्धनसँगै लोकसंस्कृति र विभिन्न प्रकारका कार्यक्रमलाई प्रचारप्रसार गरिरहेका छन । छ महिनादेखि भीमदत्तनगरका युवा व्यापारी करनसिंह पालले ‘खोज टिभी’ युट्युब च्यानल सञ्चालनमा ल्याएका छन् । उनले उक्त च्यानलमार्फत यहाँको शुक्लाफाटा राष्ट्रिय निकुञ्ज, लिंगा, एशियाकै दोस्रो लामो महाकाली नदीमा अवस्थित झोलुङ्गे पुल तथा यहाँ हुने मेला÷महोत्सवका साथै डोट्याली हास्य भिडियोसमेत खोज टिभी च्यानलमा अपलोड गर्ने गरेका छन् । कञ्चनपुर उद्योग वाणिज्य संघ कार्यसमिति सदस्यसमेत रहेका पालले च्यानल हेर्ने र सस्क्राइबरको संख्या बढेसँगै गगुलले युट्युबलाई विज्ञापन उपलब्ध गराएर रकमसमेत दिने गरेको बताए । “युट्यब च्यानलका पनि निश्चित मापदण्ड र परिधि छन्”, उनले भने, “मापदण्ड च्यानलले पूरा गरेपछि गुगल युट्युबले विज्ञापन उपलब्ध गराउनेदेखि विज्ञापन हेरेअनुसारको रकमसमेत दिन्छ ।” पालले आफूले अपलोड गरेको ‘चट्ट, चट्टन, आँखामा बट्टन’ डोट्याली कमिडी भिडियो सबैभन्दा बढी हेरिएको बताए। “त्यो भिडियो हाम्रो च्यानलमा एक लाख २६ हजार पटक हेरिएको छ,” उनले भने , “अरूका गीत पनि च्यानलमा राख्न सकिन्छ, गायक र निर्माताको अनुमति आवश्यक हुन्छ ।” जिल्लाका पर्यटकीय क्षेत्रको भिडियो र विभिन्न कभर भिडियोसमेत बनाएर च्यानलमा हाल्ने गरिएको छ । अरूको म्युजिक भिडियो बिनाअनुमति हाले कपिराइटमा मुद्दा लाग्छ । निजी च्यानल बनाएर सञ्चालन गर्ने युवाको संख्या वृद्धि हुदै गएको छ । युट्युब च्यानल सञ्चालन गर्न जिमेल एकाउन्ट आवश्यक पर्छ । “च्यानल बनाउन केही समय लाग्दैन”,  भन्छन्, “अरू सामाजिक सञ्जालमा लत पार्नुभन्दा फुर्सदमा च्यानल सञ्चालन गर्नु बेस छ ।” पालले सञ्चालनमा ल्याएका च्यानलका विभिन्न पर्यटकीय तथा मनोरन्जनात्मक भिडियो करीब ६ लाखभन्दा बढीले हेरिसकेका छन् । भीमदत्तनगरका फोटोग्राफर पुष्पराज भट्टले ‘किङ्ग टिभी २४’ सञ्चालन गरेका छन् । उनले सञ्चालन गरेको ११ महिनामै गुगल युट्युबबाट १०७ अमेरिकी डलर पहिलो पटक प्राप्त गरेका छन् । गुगल युट्युबले च्यानलमा विज्ञापनमार्फत १०० डलरभन्दा बढी रकम जम्मा हुनासाथ च्यानल सञ्चालकको खातामा रकम हाल्छ । यहाँस्थित फोटो स्टुडियोमा आबद्ध भएर भिडियो सम्पादनमा व्यस्त रहने भट्टले फुर्सदको बेला विभिन्न नेपाली गीतको कभर भिडियोसमेत बनाएर च्यानलमा हाल्ने गरेका छन् । उनको च्यानल हालसम्म १० लाख ६० हजार पटक हेरिएको छ । ‘चरी चट्ट परी’ बोलको गीतको कभर भिडियो बनाएर आफ्नो च्यालनमा अपलोड गरेका भट्टले उक्त गीतको कभरभिडियो तीन लाख ९५ हजार पटक हेरिएको बताए । “च्यानल राम्रो चलाउन सके आम्दानी पनि गर्न सकिन्छ”, उनले भने, “देश–विदेशसम्म यहाँको सम्भावना उजागर गर्ने दरिलो माध्यम हो, युट्युब च्यानल ।” स्थानीय स्तरमा बन्ने गरेका म्युजिक भिडियो पनि च्यानलमार्फत प्रचार प्रसारका लागि आउने क्रम जारी छ । यहाँका मेला÷महोत्सवमा कलाकारको सांगीतिक प्रस्तुतिसमेत सहमति लिएर छायाकंन गरेर च्यानलमा हाल्दा हेर्नेको संख्या गरेको भट्ट बताछन् । “वैदेशिक रोजगारमा रहेकाहरुले युट्युब च्यानल बढी हेर्छन्”, उनले भने, “यो च्यानल मनोरञ्जनात्मक र सन्देशमूलक भएकाले उपयोगी बन्दै गएको छ ।” त्यसका साथै आफूसित भएको विभिन्न कला, सीप र क्षमता देखाउने माध्यमका रुपमा पनि निजी च्यानल बनाएर प्रचार÷प्रसार गर्न सकिने उनको भनाइ छ । “धेरैलाई त यहाँ च्यानल सञ्चालन राम्रो भए पनि रकम पनि पाउछ भन्ने थाहा छैन”, भट्टले भने, “च्यानल चलाएर रकम पाउने भीमदत्तनगरमा थौरी व्यक्ति छन् ।” त्यसैगरी, यहाँका स्थानीय पत्रकार सुरेश भट्टले पनि ‘साझा आवाज’ नामक युट्युब च्यानल विगत ६ महिनादेखि सञ्चालनमा ल्याएका छन् । प्रदेश नं ७ का कलाकारको स्टेज कार्यक्रमलाई उहाँले भिडियो कैद गरेर च्यानलमा बढी मात्रामा अपलोड गर्छन् । “समाचार पनि मैले भिडियोसहित च्यानलमा हालेको छु”, भट्टले भने, “युट्युब च्यानल पनि सञ्चारको एउटा महत्वपूर्ण माध्यम बनेको छ ।” उनले अपलोड गरेको एउटै भिडियो एक लाख पटकसम्म हेरिएको छ । च्यानलहरु युवा पुस्ताले बढी हेर्ने गरेका छन् । इन्टरनेट आवश्यक भएकाले यसको पहुँच सबैका लागि सहज भने छैन ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy