काठमाडौँ, २७ जेठ । आर्थिक विकासको आधारका रुपमा रहेको आव २०७५/७६ को बजेटलाई दृष्टिगत गरी मौद्रिक नीति आउनुपर्नेमा अर्थविद्हरुले जोड दिएका थिए । नेपाल व्यवस्थापन संघले आज यहाँ आयोजना गरेको ‘आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीतिमाथिको छलफल’ कार्यक्रममा उनहरुले सो कुरामा जोड दिएका हुन् ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जीवी नेपालले मुलुकमा राजनीतिक स्थायित्व हुने सरकार बनेको कारण लगानीकर्ताको आकर्षण बढेको र उनीहरुलाई लगानी गर्न प्रोत्साहन मिलेको छ भने । राजनीतिक अस्थिरता भएको विगतका वर्षमा पनि सात प्रतिशत आर्थिक वृद्धि भएको उल्लेख गर्दै उनले यस आवमा आर्थिक वृद्धिदर आठ प्रतिशत हुने अपेक्षा गरिएको उनको धारणा थियो ।
विदेशी सञ्चिति रु एक हजार ७२ अर्ब रहेको जानकारी दिँदै उनले अब आर्थिक क्रियाकलाप बढ्ने तथा रोजगारीको अवसर सिर्जना हुने बताए। पूर्व अर्थमन्त्री मधुकरशम्शेर राणाले देशको आर्थिक विकासका लागि सरकारको ध्यान जानुपर्ने औँल्याउँदै देशको आर्थिक विकास बिना अर्थतन्त्र बलियो हुन नसक्ने बताए ।
नेपाल वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधारले वित्त कम्पनीको पुँजी बढेर हाल रु १८० करोड पुगेको जानकारी दिँदै सरकारले हालै ल्याएको बजेटले निजी क्षेत्रको व्यापक सहभागिता खोजेको उल्लेख गरे ।
कार्यक्रममा पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री, नेपाल बैंकर्स एशोसिएशनका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना, संघका महासचिव मोहनराज ओझालगायतले मौद्रिक नीतिबारे बोलेका थिए । रासस
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: