Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

तरकारी खेतीले फेरिएको चन्द्रकलाकाे मुहार

\"\"काठमाडौँ । दुई वर्षअघिसम्म मकवानपुर जिल्ला भीमफेदी गाउँपालिका नामटारकी चन्द्रकला रुम्बा घरायसी कामबाहेक अशिक्षाले गर्दा अरु कामधन्दा गर्न नजान्ने भएकाले घरमै सीमित थिइन्। छोरीले पढ्न हुँदैन भन्ने सामाजिक अन्धविश्वास र घरको आर्थिक अवस्थाले गर्दा उनको विद्यालय जाने चाहना कहिल्यै पूरा भएन । सानो उमेरमै बिहे भएर अर्काको घरमा गएपछि त मेलापात, घरधन्दा र चुलोचौकामा नै उहाँको आधा जीवन बित्यो । आफ्नो पर्याप्त जग्गा नभएकाले अर्काको जग्गा अधियाँमा कमाएर र ज्याला मजदुरीबाट घरको गुजारा चलाउन उहाँलाई हम्मेहम्मे पर्दथ्यो । रातपछि बिहान भएजस्तै उनको जीवनमा पनि घाम उदायो । दुई वर्षअघिसम्म गरिब परिवारकी गृहिणीको रुपमा रहेकी उनको एक्कासी परिचय सफल महिला व्यवसायीको रुपमा फैलिएको छ । ४२ वर्षीया चन्द्रकलाको जीवनले विस्तारै कोल्टे फेर्न थाल्यो । घर उही, परिवार सदस्य उति नै, तर फेरिंदो जीवन । वल्लोपल्लो गाउँमा समेत उहाँलाई नचिन्ने कमै होलान् । सङ्घर्षशील महिलाको रुपमा चिनिन्छिन् उनी । दुई छोरा, दुई छोरी र श्रीमान गरी छ जनाको परिवार उनकै पाखुरामा निर्भर रहेको छ । श्रीमान शारिरीकरुपमा अशक्त भएकाले घर व्यवहारको जिम्मेवारी पनि उनकै काँधमा रहेको छ । गाउँघरमा अरुले तरकारी खेतीबाट पैसा कमाएको देखेर उनलाई पनि तरकारी खेती गर्ने विचार आयो । जग्गाको नाममा भएको आठ कठ्ठामा सानो खरको छानो भएको घर बनाएर बसेको थियो उहाँको परिवार । तरकारी लगाउने प्रसस्त बारी नभए पनि उहाँले अरुको अधियाँ कमाएर खेती सुरु गरेको छ । थोरै जग्गामा लगाएको तरकारीले सुरुमै राम्रो आम्दानी दिएपछि उनलाई व्यावसायिक रुपमा तरकारी खेती गर्ने जाँगर बढ्यो । कमाएको आधा साहूलाई दिनुपर्दथ्यो र समयअनुसार विउबिजन नपाउँदा कहिलेकाहीँ त उनलाई खेती छोडेर अन्य व्यवसाय गर्ने विचार पनि नआएको होइन । तर त्यस्तो व्यवसाय गर्न उनीसँग पूँजी नभएको र कसैले दुई÷चार हजार रुपैयाँ पनि नपत्याउने भएकाले तरकारी खेतीमै निरन्तर लागरिहेकी छिन्। निरन्तरको साधनाले सफलता दिन्छ भने झैं २०१४ अप्रिलपछि उनको तरकारी खेतीले फस्टाउने अवसर पायो । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम, विश्व वातावरण कोष, साना अनुदान कार्यक्रमको आर्थिक सहयोग र एमडिसी नेपालको प्राविधिक सहयोगमा गाउँमा भू–क्षय रोकथामद्वारा जलवायु समानुकूलनमा समुदायको दिगो जीविकोपार्जन कार्यक्रम लागू भएपछि उनलाई ढुङ्गा खोज्दा देवता मिलेजस्तै भयो । यसले उहाँलाई पुनः तरकारी खेतीमै लाग्ने प्रेरणा मिल्यो । कार्यक्रमले विभिन्न समूहमा जैविक वातावरणमैत्री ताजा तरकारी उत्पादनसम्बन्धी तालिम दिएपछि उनमा तरकारी खेतीबाटै केही गर्न सकिन्छ भन्ने आत्मविश्वास बढ्यो । उनलाई लाग्यो अब बल्ल मेरो जिन्दगीले अनेक घुम्ती र खोँचहरु पार गर्दै मूल सडकमा आइपुग्यो । तालिमले उनले कसरी तरकारी उत्पादन तथा बजार व्यवस्थापन गर्नुुपर्ने रहेछ भन्ने थाहा पाएपछि उनले व्यावसायिक ढङ्गबाट तरकारी खेती गर्ने निधो गरिन् । सुरुमा आप्mनो आठ कठ्ठा र अरुको अधिँया चार कठ्ठा जमिन लिएर तरकारी खेती गर्न सुरु गरेको थिइन् । बजारमा अरुले उत्पादन गरेको तरकारी आउनुअघि नै आफ्नो तरकारी लैजान सके बढी मूल्य पाइने भएकाले आफूले १२ कठ्ठा जग्गामै बेमौसमी तरकारीहरु लगाउने थालेको यहाँ बताउछिन् । एकै सिजनमा सबै खर्च कटाएर उनले रु। एक लाख ५० हजार खुद नाफा कमाउन सफल एको चन्द्रकलाको भनाइ छ । खेतबारीमा मल पनि हुने र दुध तथा मासु बिक्री गरेर आम्दानी पनि गर्न सकिने भएकाले अहिले उनले दुई÷तीनवटा भँैसी र केही बाख्रा पनि पाल्न थाल्नुभएको छ । प्राङ्गारिक मल राखेको तरकारीको मूल्य बढी पाउने र रासायनिक मल किन्ने पैसा पनि बचत हुने देखी भैँसी र बाखाको मललाई भकारो सुधार गरी सुधारिएको गोठेमल बनाएको उनी भन्छिन् । गाई भैँसीको पिसाब सङ्कलन गरी अर्गानिक तरकारी खेती गर्ने उहाँको लगन, मिहेनतको गाउँमा सबैले प्रशंसा गर्न थालेका छन् । उनको तरकारी अर्गानिक भएकाले मानिसहरु खोजीखोजी घरमै आएर पनि धेरै पैसा तिरेर किन्ने गरेकाले अब उहाँलाई बजारमा बेच्न जानुपर्ने समस्या छैन् । मूल्य पनि राम्रो पाएपछि उनको आर्थिक हैसियत बढ्न गएको छ । हिजोसम्म अर्काको जगगा अधियाँ गरेर जेनतेन घर परिवार चलाउँदै आएकी चन्द्रकला अहिले समाजमा हुनेखानेमा चिनिनुहुन्छ । दुई छोरी र दुई छोरालाई राम्रो क्याम्पस र स्कुल पढाउन सक्षम उनलाई अब घरखर्चमा कुनै समस्या छैन् । पहिले खरको छाप्रोमा गुजारा गर्दै आएकामा उनले अहिले पक्की घर बनाएकि छिन् । उनी भन्छिन्, ‘‘ज्ञान र सीप पाएपछि आफ्नो मेहनतले अघि बढ्छु ।’’ यस वर्ष तरकारी खेतीबाट तीन लाख रुपैयाँ कमाउने उनको योजना छ । पहिले त पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने लाग्थ्यो तर अहिले यहीँ बसेर मेहनत साथ खेती गरियो भने विदेशको भन्दा बढी कमाइ गर्न सकिने रहेछ भन्ने अनुभव उनको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy