काठमाडौँ। बालेन्द्र साह ‘बालेन’ मुलुकको ४३औँ प्रधानमन्त्री नियुक्त भएसँगै विशेषगरी युवा पुस्तामा उत्साह देखिएको छ। शीतल निवासमा सम्पन्न शपथ समारोह, सिंहदरबारमा पदभार ग्रहण र सामाजिक सञ्जालमा देखिएको सक्रियताले नयाँ नेतृत्वप्रतिको समर्थन प्रष्ट पारेको छ।
र्यापर पृष्ठभूमिका इन्जिनियर बालेन २०७९ को स्थानीय निर्वाचनमा काठमाडौं महानगरका मेयर निर्वाचित भएपछि राष्ट्रिय राजनीतिमा उदाएका थिए। यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउँदै निर्वाचनमा होमिएको थियो। २७५ सदस्यीय प्रतिनिधिसभामध्ये १८२ सिट जित्दै रास्वपाले बहुमत नजिकको परिणाम निकालेको छ।
राजनीति विश्लेषक चन्द्रकिशोर यस परिणामलाई नेपाली राजनीतिमा आएको ‘सिफ्ट’ का रूपमा व्याख्या गर्छन्। उनका अनुसार परम्परागत दलहरूमा अवसर नपाउने उमेर समूहका नेताहरू अहिले राज्यको नेतृत्वमा पुगेका छन्। ३६ वर्षीय बालेनको मन्त्रिपरिषद्मा ४० वर्षमुनिका १० मन्त्री समावेश छन्। ३८ वर्षीय सुधन गुरुङ गृहमन्त्री बनेका छन् भने २९ वर्षीय सस्मित पोखरेल शिक्षा मन्त्री तथा सरकारका प्रवक्ता छन्।
वरिष्ठ पत्रकार राजेन्द्र दाहाल युवाको काँधमा नेतृत्व जानुलाई सकारात्मक मान्छन्। उनका अनुसार दीर्घकालीन प्रभावका हिसाबले युवा नेतृत्वले देशको भविष्यप्रति बढी उत्तरदायी हुने सम्भावना रहन्छ।
बालेनको उदयसँगै केही ऐतिहासिक कीर्तिमान पनि बनेका छन्। उनी बहुदल पुनर्स्थापनापछि जन्मिएको पुस्ताबाट प्रधानमन्त्री बनेका पहिलो नेता हुन्। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली लाई झापा–५ बाट पराजित गर्दै उनी सर्वाधिक मतसहित प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।
प्रत्यक्षतर्फ १६५ मध्ये १२५ सिट जितेको रास्वपाले समानुपातिकतर्फ पनि उल्लेख्य मत पाएको छ। यसलाई परम्परागत राजनीतिक शक्तिप्रति असन्तुष्टि र नयाँ विकल्पको खोजीका रूपमा विश्लेषण गरिएको छ।
यद्यपि, विश्लेषकहरू नयाँ सरकारको कार्यशैली र संवैधानिक प्रतिबद्धताप्रति सचेत रहनुपर्ने सुझाव दिन्छन्। चन्द्रकिशोरका अनुसार लोकतान्त्रिक प्रक्रियाबाटै लोकतन्त्रलाई कमजोर पार्ने जोखिम सधैँ रहन्छ, त्यसैले सरकार संवैधानिक सीमाभित्र रहेर काम गर्नुपर्नेछ।
वरिष्ठ पत्रकार दाहालले नयाँ सरकारलाई भू–राजनीतिक सन्तुलनमा विशेष ध्यान दिनुपर्ने बताउँछन्। उनका अनुसार संवेदनशील कूटनीतिक निर्णयहरूमा चूक भए दीर्घकालीन असर पर्न सक्छ।
नेपालको पछिल्लो आठ दशकको राजनीतिक इतिहास हेर्दा प्रत्येक ठूलो परिवर्तनपछि नयाँ पुस्ता सत्तामा पुगेको देखिन्छ। राणाशासन अन्त्य, पञ्चायत व्यवस्था, बहुदल पुनर्स्थापना र गणतन्त्र स्थापना—यी सबै चरणमा नेतृत्व परिवर्तन भएको थियो। अहिलेको परिवर्तनलाई पनि त्यही क्रमको निरन्तरता मानिएको छ।
जेनजी आन्दोलनपछि विकसित राजनीतिक परिस्थितिले परम्परागत दलहरूलाई किनारामा पुर्याउँदै नयाँ शक्तिलाई सत्ताको केन्द्रमा पुर्याएको छ। अब पाँच वर्षे कार्यकालमा युवा नेतृत्वले अपेक्षित सुशासन, आर्थिक सुधार र संस्थागत स्थायित्व दिन सक्ने वा नसक्ने भन्ने प्रश्न नै यसको मुख्य परीक्षा हुनेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८२ - २२:४२
काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीका रूपमा सीता वादीले शपथ लिँदै गर्दा सुर्खेतको झुप्रा खोलामा भने फरक दृश्य थियो। त्यहाँ उनकी आमा ...
चैत्र १३ गते, २०८२ - २२:३८
काठमाडौँ। बालेन्द्र साह ‘बालेन’ मुलुकको ४३औँ प्रधानमन्त्री नियुक्त भएसँगै विशेषगरी युवा पुस्तामा उत्साह देखिएको छ। शीतल निवासमा सम्पन्न शपथ समारोह, सि...
चैत्र १३ गते, २०८२ - २२:२६
काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेल ले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले “कार्की आयोगको पूर्वाग्रही ...
चैत्र १३ गते, २०८२ - २२:२२
काठमाडौँ। नागरिक शक्तिको प्रभावबारे सन् २०११ मा इजिप्टको आन्दोलनका अभियन्ता वायल गोनिमले दिएको भनाइ—“जनताको शक्ति सत्तामा रहेका व्यक्तिभन्दा बलियो हुन...
चैत्र १२ गते, २०८२ - २१:२९
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...
चैत्र १२ गते, २०८२ - २१:१६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...
चैत्र १२ गते, २०८२ - २१:१२
कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...
चैत्र १२ गते, २०८२ - २१:०९
निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...
चैत्र १२ गते, २०८२ - २०:०२
रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...
चैत्र १२ गते, २०८२ - २०:०१
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...



प्रतिकृया लेख्नुहोस्: