Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

विवाहपछि प्रेमीसँग मिलेर श्रीमानको हत्या

कैलाली । कञ्चनपुरको पुनर्वास नगरपालिका–२ कि लक्ष्मी बडेलाले श्रीमान्को हत्या गरेकी छिन् । कैलालीको गोदावरी नगरपालिका–१० माइती घर भएकी बडेलाले गोदावरी–१२, खमौरा घर भएका प्रेमी दीपक खत्रीसँग मिलेर श्रीमान तेजबहादुर विष्टको हत्या गरेको हो । तेजबहादुर र लक्ष्मीले गत वैशाखमा मागी विवाह गरेका थिए । यही असार ८ गते श्रीमती लक्ष्मीसहित तेजबहादुर ससुराली गएका थिए । सोही रातिदेखि तेजबहादुर वेपत्ता थिए । सुरुमा आफन्तले खोजी गरेपनि फेला नपरेपछि दुई दिनपछि अर्थात असार १० गते प्रहरीलाई खबर गरे । लगत्तै अनुसन्धान गरेको प्रहरीले भासु भिरमा तल खसालेर मारेको पत्ता लगाएको र हत्यामा संलग्न दुवै जनामाथि थप अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार दीपक र लक्ष्मीले पहिलादेखि नै एकअर्कालाई मन पराउँथे । लक्ष्मीले दीपकसँग विवाह गर्न चाहेपनि परिवारले नमानेर कञ्चनपुरका तेजबहादुर विष्टसँग विवाह गरिदिएका थिए । जसरी पनि एक अर्काको हुने भनेर कसम खाएका उनीहरुले असार आठ गते राति तेज बहादुरलाई घुम्न जाने बहानामा भिमदत्त राजमार्गको चुरे क्षेत्रमा पर्ने भासु भिरमा पुर्याएर रडले टाउकोमा हानेर विष्टलाई उनी सवार म १ प ७४७७ को मोटरसाइकलसहित तल खसालेर फर्किएको घिमिरेले बताए । प्रहरी अहिले घटनास्थलमा छ । प्रहरीका अनुसार घटनास्थलसम्म पुग्न निकै कठिनाइ रहेको बताएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending