Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

यी हुन् एक वर्षमा सम्पन्न भएका ६० वटा आयोजना

\"\"काठमाडौँ। काठमाडौँ महानगरपालिका २६ ले चालु आर्थिक वर्षमा ६० वटा आयोजना सम्पन्न गरेको छ । लैनचौरमा आज आयोजित ‘सार्वजनिक सुनुवाइ एवं ज्येष्ठ नागरिक सम्मान तथा भत्ता वितरण’ कार्यक्रममा उक्त वडाले आर्थिक वर्ष २०७४/७५ मा सम्पन्न भएका निर्माण कार्यको विवरण प्रस्तुत गरेको हो । प्रमुख पर्यटकीयस्थल ठमेलदेखि गोँगबु क्षेत्रसम्म रहेको उक्त वडामा बाटो कालोपत्रे, ब्लक तथा ढुंगा छाप्ने, ढल तथा मंगल निर्माण, सडक बत्ती जडान, ढुंगेधारा निर्माण तथा मर्मत, इनार निर्माण, रेलिङ हाल्ने काम सम्पन्न भइसकेको जनाइएको थियो । यस्तै रानीबारी प्रहरी बिट पुनःनिर्माण, वडा कार्यालय भवन कोठा निर्माण, रिटेनिङ वाल निर्माण पनि गरिसकिएको सो अवसरमा उल्लेख गरिएको थियो । यस वडालाई महानगरकै उत्कृष्ट वडा निर्माण गर्न लागिएको जानकारी गराउँदै वडाध्यक्ष ख्यामराज तिवारीले भने, “कुन स्थानमा के कुराको आवश्यकता छ, त्यसको बारेमा वडा कार्यालयमा निवेदन दिनुहोस्, हामी समस्या समाधान गर्न तयार छौँ ।” वडाले आर्थिक वर्ष २०७५/७६ का लागि ३० वटा आयोजना प्रस्ताव गरेकामा ठमेल प्रवेशद्वार निर्माण, पुरानो वडा कार्यालय भवन मर्मत, वडाभित्र सार्वजनिक स्थलमा वृद्धका लागि गोलघर निर्माण, बाटो मर्मत, सार्वजनिक शौचालय निर्माणजस्ता योजना छन् । कार्यक्रममा ८० वर्ष पूरा गरेका ४२ पुरुष र ७५ वर्ष पूरा गरेका ११२ महिलालाई जनही रु १२ हजार नगदसहित दोसल्ला ओढाइ सम्मान गरिएको थियो । उक्त वडामा ८५३ ज्येष्ठ नागरिक, ४११ एकल महिला, १५ पूर्ण अपांगता भएका व्यक्ति र २३ आंशिक अपांगता भएका व्यक्ति बसोवास गर्दै आएका छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy