Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

मदर टेरेसाकाे संस्थामाथि अनुसन्धान

नयाँ दिल्ली । शिशुहरु बेचेको आरोप लागेपछि मदर टेरेसाद्वारा भारतमा स्थापित मिसिनरिज अफ च्यारिटीबारे अनुसन्धान थालिएको छ। अाजकाे नागरिक पत्रिका दैनिकमा याे खबर छ - भारतभर रहेका सो परोपकारी संस्थाका केन्द्रहरुको निरीक्षण गर्न सरकारले अधिकारीहरुलाई आदेश दिएको बिबिसीले जनाएको छ। पूर्वी भारतको झारखण्ड राज्यमा रहेको च्यारिटीबाट शिशु बेचेको आरोपमा त्यहाँ कार्यरत एक जना सिस्टर र अर्की एक महिला कर्मचारी पक्राउ परेपछि भारत सरकारले अनुसन्धान गर्न आदेश दिएको हो । च्यारिटीले भने शिशु बेचेको घटनाबारे प्रकाशित समाचारलाई आश्चर्यजनक भन्दै घटनाबारे आफूले पनि आन्तरिक अनुसन्धान थालेको जनाएको छ । सन् २०१५ मा सम्बन्धित कानुनमा कडाइ गरिएपछि भारतमा अवैधानिक रूपमा धर्मपुत्र–धर्मपुत्री उपलब्ध गराउने व्यापार मौलाएको बताइन्छ । मंगलबार भारतको महिला तथा बालकल्याण विभागले एउटा विज्ञप्ति जारी गर्दै सबै राज्यहरुलाई मिसिनरिज अफ च्यारिटीद्वारा सञ्चालित बालसेवा गृहहरुको तत्काल निरीक्षण गर्न निर्देशन दिइएको जनाएको छ । झारखण्डको बालकल्याण समितिले अविवाहित गर्भवती महिलाहरुका लागि स्थापित एउटा केन्द्रबाट एउटा शिशु हराएको भनेर उजुरी हालेपछि प्रहरीले जुन ५ मा दुई जनालाई पक्राउ गरेको थियो । सो शिशु उनकी आमाको अस्पतालमा भएको खर्च बेहोरिदिने दम्पत्तीलाई बेचिएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको बिबिसीले जनाएको छ । च्यारिटीले शिशु बेचिएको घटना आफ्नो नैतिक मूल्य र मान्यताविरुद्ध भएको बताएको छ । ‘यदि शिशु बेचिएकै हो भने पनि फेरि त्यस्तो नहोस् भनेर हामी आवश्यक सावधानी अपनाउनेछौं,’ मिसिनरिज अफ च्यारिटीकी सुनिता कुमारलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । नोबल शान्ति पुरस्कार विजेता मदर टेरेसाले सन् १९५० मा उक्त च्यारिटी संस्थाको स्थापना गरेकी थिइन् । उनको मृत्यु सन् १९९७ मा भएको थियो । कलकत्तामा मुख्यालय रहेको उक्त संस्थाले सेवाश्रम, विद्यालय, भान्छा, बाबुआमाबाट वा परिवारबाट त्यागिएका बालबालिकालाई घर र कुष्ठरोगीका लागि आवास सञ्चालन गर्ने गरेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy