Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

अध्यादेशअनुसार विधेयक ल्याउन काँग्रेसको माग

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले चिकित्सा शिक्षा विधेयक अघिल्लो अध्यादेश (माथेमा आयोगको भावना र मर्म) अनुसार नै ल्याउन सरकारलाई आग्रह गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको काँग्रेस पदाधिकारी बैठकले सरकारले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा यथास्थितिमा चिकित्सा शिक्षा विधेयक पेश गरे प्रतिवाद गर्ने निष्कर्ष निकालेको जनाएको छ । बैठकले माथेमा आयोगको भावना र मर्मविपरीतको विधेयक ल्याए संघीय संसद्सँगै सातै प्रदेशका प्रदेशसभामा पनि सोहीअनुसारको सशक्त भूमिका निर्वाह गर्ने निर्णय भएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। पदाधिकारी बैठकमा बिहीबारदेखि शुरु हुने पार्टीको विरोधसभालाई प्रभावकारी र व्यवस्थित बनाउने सम्बन्धमा समेत छलफल भएको प्रवक्ता शर्माले बताउनुभयो । काँग्रेसले सरकारका केही क्रियाकलापप्रति असहमति राख्दै यही साउन ३ गतेदेखि विरोधसभा गर्ने जनाएको छ । बैठकमा सभापति देउवाले भातृ संस्था नेपाल विद्यार्थी संघमा देखिएको विवाद तत्काल मिलाउन निर्देशन दएको थिए । साथै पार्टीको विधान मस्यौदा समिति बनाउने विषयमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सहमति भएको बताउँदै उनले भने, “सम्भवतः भोलि नै ९ देखि ११ सदस्यीय विधान मस्यौदा समिति गठन हुनेछ ।” काँग्रेसको गत वैशाख १६ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले स्थानीय, प्रदेश तथा केन्द्रीय तहमा भएको राज्य पुनःसंरचना मुताविक पार्टीको पुनःसंरचना गर्न पार्टीको विधानमा समयानुकूल परिमार्जनका लागि विधान संशोधन समिति बनाउने निर्णय गरेको थियो । पार्टीका विभिन्न तहबाट रायसुझाव संकलन गरी पार्टीको विधानलाई आवश्यक परिमार्जन एवं संशोधनलगायत कार्यका लागि अर्को महिना काँग्रेसको महासमिति बैठक बस्ने तयारी छ । बैठकमा सभापति देउवा, वरिष्ठ नेता पौडेल, महामन्त्रीद्वय डा शशांक कोइराला र पूर्णबहादुर खड्का, प्रवक्ता शर्मा, मुख्य सचेतक बालकृष्ण खाँण, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, डा मीनेन्द्र रिजाललगायत उपस्थित थिए । काँग्रेस प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा दाहाल यसैगरी नेपाली काँग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा पुरुषोत्तम दाहाल नियुक्त भएका छन्। पार्टी उपसभापति एवं केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले आज उनलाई पार्टीको विधानबमोजिम नियुक्त गरेको पार्टी कार्यालयले जनाएको छ । ओखलढुंगा निवासी दाहाल विगत चार दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् भने विगत ३४ वर्षदेखि प्राध्यापन पेशामा संलग्न छन् । विसं २०३१ देखि नेपालको लोकतान्त्रिक आन्दोलनमा संलग्न दाहाल मानव अधिकारकर्मी तथा साहित्यकारसमेत छन् । दाहालले विसं २०४१ देखि २०५६ सम्म काँग्रेसको केन्द्रीय प्रचार विभागको सदस्य भएर कामसमेत गरिसकेको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy