Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

उपत्यकामा जताततै फोहोरको डंगुर, मपा भन्छ- फोहर उठ्न थालिसक्यो

काठमाडौँ। कालिमाटी चोकदेखि बल्खु निस्कँदा झण्डै एक दर्जन स्थानमा फोहरको डंगुर देखिन्छ् । काठमाडौँका कैयौँ स्थानको अहिले यस्तै अवस्थाले नागरिकको जनजीवन प्रभावित भएको छ । कामपाबाट दैनिक ५०० मेट्रिक टन र काठमाडौँ उपत्यकाबाट दैनिक एक हजार मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुन नसकेकाले अहिले सडकको दायाँ–बायाँ थुपारिएको फोहर माथिबाट यातायातका साधन र सर्वसाधारण आवतजावत गर्न बाध्य छन् । कामपाका सहप्रवक्ता नवराज ढकाल गत मंगलबारबाट नियमित फोहर उठिरहेको जानकारी दिन्छन् । नियमित फोहर उठिरहेको समयमा पनि किन जहातहीँ फोहोर छ त भन्ने प्रश्नको जवाफमा उहाँ लामो समयदेखि उठ्न नसकेको फोहर एकै दिनमा व्यवस्थापन गर्न नसकिने भएकाले त्यस्तो भएको बताउछन् । सहप्रवक्ता ढकाल भन्छन्, “आगामी तीन दिनमा कामपाका कुनै पनि स्थानमा फोहर रहने छैनन् । काठमाडौँ सफा हुन्छ त्यसमा दुई मत छैन ।” कामपाले नियमितरूपमा फोहर संकलन गर्दै आएको नुवाकोटस्थित सिसडोलमा फोहर राख्ने स्थानको अभाव हुँदा नियमित फोहर उठ्न नसकेको हो । सिसडोलमा व्यवस्थापन गर्ने स्थानमात्र होइन बर्खाका कारण बाटो पनि बिग्रिएको र मर्मतको काम भइरहेकाले फोहरको नियमित व्यवस्थापन गर्न समस्या भएको थियो । वर्षात्को समय छ, नियमितजसो पानी परी नै रहन्छ अहिले धेरै पानी नपरेकाले बाटो मर्मतको काम सकेर फोहर लाने काम भइरहेको छ, ठूलो पानी प¥यो भने पुनःफोहर व्यवस्थापनमा समस्या नआउला भन्न सकिँदैन उनको भनाइ छ । नियमितरूपमा फोहर संकलन कार्य शुरु भए पनि लामो समयदेखि रोकिएको फोहर व्यवस्थापनका लागि समय लाग्ने भएकाले आ–आफ्ना घरबाट निस्केको फोहर अन्यत्र नफाली हाललाई घरमा नै व्यवस्थापन गर्न आग्रह गर्दै कामपाले घरमा नै फोहरको गाडी आउने जनाएको छ । कामपाले नियमित फोहर उठाउन थालेपनि बालाजुकी मञ्जु कँडेलले एक महिनादेखि आफ्नो घरमा फोहर लिनका लागि गाडी नआएको बताउछन् । उनी भन्छन्, “बर्खाको समयमा घरको भान्साबाट धेरै फोहर निस्कन्छ अन्य समयकोभन्दा छिटोछिटो फोहर लिन आउनुपर्ने भए पनि एक महिनादेखि फोहर लिनका लागि कामपाको कुनै पनि गाडी नआउँदा आफ्नै घरमा फोहरको डंगुर भइसकेको छ ।” फोहरका कारण आक्रोसित अर्का नगरवासी दीपा तामाङ भन्छन्, “पैसा लिन महानगर कहिल्यै भुल्दैन तर फोहर लिनका लागि सधैँ खेलाची गर्छ, बर्खा लाग्यो कि जहिले पनि यस्तै हो ।” “घरमा मात्रै होइन बाहिर निस्कँदा पनि फोहरको डंगुर मात्र देखिन्छ । आवतजावत गर्न पनि समस्या भएको छ खै जनप्रतिनिधि के हेरेर बसेका छन् निर्वाचनको समयमा पहिलो प्राधमिकतामा सफा काठमाडौँलाई राखेका थिए, अहिलेसम्मलाई हेर्दा नारामै सीमित छ जनप्रतिधिको आवाज”, उनको गुनासो छ । केही वर्षअघि नै हाल फोहर व्यवस्थापन गर्दै आएको स्थानभन्दा केही पर बञ्चरेडाँडामा दीर्घकालीनरूपमा काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्ने केन्द्र निर्माण गर्ने भनेकामा अहिलेसम्म पनि केही काम भएको छैन । महानगरपालिकाले फोहर व्यवस्थापनका लागि स्थानको स्थानको छनौट केन्द्र सरकारले गर्नुपर्नेमा जोड दिँदै आएको छ भने केन्द्र्र्र सरकाले पनि स्थानीय समस्या स्थानीय तहबाट नै समाधान हुनुपर्ने धारणा व्यक्त गर्दै आएको छ । काठमाडौँ महानगरपालिकाले आजभन्दा १२ वर्षअघि नै दुई वर्षका लागि फोहर व्यवस्थापन गर्न उक्त स्थान लिएको थियो । सम्झौताभन्दा लामो समयसम्म निरन्तर फोहर थुपार्दै आएकाले आफूहरूको दैनिक कामकाजमा समस्या भएकाले सिसडोलका बासिन्दाले तत्काल फोहर व्यवस्थापनको काम अन्त्य गर्न कामपालाई आग्रह गर्दै आएका छन् । आज १२ वर्ष बितिसक्दा पनि समयमै विकल्प नखोज्दा अहिले कामपालाई फोहर व्यवस्थापन गर्न समस्या भएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy