Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

महानगरको निर्णयविरुद्धमा मजदुर, आन्दोलनकाे घोषणा

चितवन। भरतपुर महानगरपालिकाले यही साउन ५ गतेदेखि तीन पांग्रे (अटो र ई–रिक्सा) लाई राजमार्गमा चलाउन रोक लगाउने निर्णय गरेपछि मजदुर संगठन आन्दोलित भएका छन् । महानगरको सो निर्णयविरुद्ध अखिल नेपाल यातायात मजदुर संघ, नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल विद्युतीय रिक्सा श्रमिक संघ, नेपाल अटो रिक्सा श्रमिक संघ र नेपाल यातायात स्वतन्त्र मदुर संगठन अटो ई–रिक्सा युनियनले संयुक्तरुपमा आन्दोलनको घोषणा गरेका हुन् । उनीहरुले आज यहाँ पत्रकार सम्मेलन गरी तीनबुँदे माग राख्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् । तीनपांग्रे सवारी साधनको जिल्लाभरिको नयाँ आउने बाटो इजाजत पत्र (रुट परमिट) बन्द गर्नुपर्ने, मुख्य राजमार्गको किनाराको एक लेन तीन पांग्रे सवारी साधन सञ्चालनमा ल्याउने वातावरण मिलाइनुपर्ने र बजारको विभिन्न स्थानमा पार्किङको व्यवस्था मिलाउन माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । आन्दोलनका कार्यक्रमअन्तर्गत आज जिल्ला प्रशासन कार्यालय, भरतपुर महानगरपालिका र विभिन्न राजनीतिक दललाई ज्ञापनपत्र बुझाउने, शुक्रबार विरोधस्वरुप तीनपांग्रे सवारीको ¥याली निकालिने र सोही दिन केन्द्रीय बस टर्मिनलमा कोणसभा गरिने अखिल नेपाल यातायात मजदुर संघका जिल्ला अध्यक्ष सुमन भुजेलले बताए । यस्तै शनिबार महानगरले तीन पांग्रे सवारी साधन रोक लगाउने निर्णयको अवज्ञा गर्ने कार्यक्रम छ । मजदुरको आन्दोलनमा नेपाल ट्रेड युनियन काँग्रेस, अखिल नेपाल ट्रेड युनियन महासंघ र टे«ड युनियन महासंघ (जिफन्ट)ले ऐक्यबद्धता जनाएका छन् । भरतपुर महानगरले भने साउन ५ गतेबाट पूर्व–पश्चिम लोकमार्ग, बाइपास सडक र नारायणगढ–मुग्लिन सडक खण्डमा बाटो काट्नबाहेक तीनपांग्रे सञ्चालनमा पूर्णरुपमा रोक लगाइने जनाएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy