श्रावण ४ गते, २०७५ शुक्रवार 20th July, 2018 Fri०८:२९:२३ मा प्रकाशित
काठमाडाैं । चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डा. गोविन्द केसीका माग जायज रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुले बताएका छन् । नेकपा नेतृत्वको सरकारले डा. केसीका माग सम्बोधनमा बेवास्ता गरिरहेका बेला सोही दलका शीर्ष स्तरका नेताले माग जायज भएको प्रतिक्रिया दिएका हुन्।
अाजको नागरिकमा खबर छ-चिकित्सा शिक्षासम्बन्धी केदारभक्त माथेमा कार्यदलको प्रतिवेदनअनुसार पूर्ववर्ती सरकारले ल्याएको चिकित्सा शिक्षा अध्यादेश निष्क्रिय पारेर नेकपाका अध्यक्ष केपी ओली नेतृत्वको सरकारले नयाँ विधेयक ल्याएपछि डा. केसी २० दिनदेखि अनशनमा छन् । जुम्लास्थित कर्णाली स्वास्थ्य प्रतिष्ठानमा अनशनमा बसेका केसीलाई स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि बिहीबार सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले केसीका माग सम्बोधन गर्न नसकिने सार्वजनिक अभिव्यक्ति दिइरहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले डा. केसीका माग जायज भएको बताएका हुन् । ‘डा. केसीले उठाएका माग जायज छन् तर यी विषय वैज्ञानिक ढंगले समाधान गर्नुपर्छ,’ प्रचण्डलाई उद्धृत गर्दै उनका प्रेस सहयोगी विष्णु सापकोटाले भने । माग जायज भए पनि मुलुकमा संसद् भएकाले त्यहाँबाट टुंग्याउनुपर्ने विषयलाई चुनौती दिन भने नहुने प्रचण्डको भनाइ छ । ‘उहाँ (डा. केसी) का जायज मागलाई वैधानिक निकायले वैधानिक तरिकाले सम्बोधन गर्छ। माग जायज हुँदाहुँदै पनि व्यक्तिले वैधानिक निकायलाई चुनौती दिनु गलत हो,’ प्रचण्डलाई उद्धृत गर्दै सापकोटाले भने ।
नेकपाका प्रभावशाली नेता तथा सचिवालय सदस्य वामदेव गौतमले पनि डा. केसीले उठाएका माग जायज भएको बताएका छन् । गौतमले डा. केसीका मागलाई राष्ट्रियस्तरबाट हेर्नुपर्ने बताए । ‘यो कहाँ–कहाँ मेडिकल कलेज खोल्ने भन्ने विषय नै होइन । हामीले पाँच वर्षभित्र शिक्षा र स्वास्थ्य क्षेत्रलाई पूर्ण रुपमा सरकारीकरण गर्ने लक्ष्य राखेका छौं । शिक्षा क्षेत्र र स्वास्थ्य क्षेत्रमा निजीकरणलाई पूर्ण रुपमा अन्त्य गछौँ,’ गौतमले भने । उनले अब खोल्ने मेडिकल कलेज सरकारले मात्र खोल्न सक्ने बताए। कतिपय ठाउँमा विदेशी विद्यार्थीसमेत अध्ययनका लागि आउने भएकाले सरकारले खासखास ठाउँमा मेडिकल कलेज सञ्चालनको अनुमति दिने गौतमको भनाइ थियो ।
‘डा. केसीले उठाएका मागसँग सहमत हुन सकिन्छ तर यसको अर्थ उहाँले उठाउँदा राम्रो हुने र नउठाउँदा नराम्रो हुने भन्ने हुँदैन,’ गौतमले भने । गौतमले डा. केसीले उठाएका कानुनसम्मत मागसँग सहमत हुन सकिने तर असम्भव माग पूरा गर्न नसकिने बताए। ‘भोलि उहाँ प्रधानमन्त्री वा राष्ट्रपति मन परेन भनेर अनशन बस्नुहोला, त्यो त पूरा हुन सक्दैन नि ?’ गौतमले भने ।
नेकपाको घोषणापत्रमै शिक्षा र स्वास्थ्य क्षेत्रलाई सरकारीकरण गर्ने उल्लेख गरिएकाले पाँच वर्षभित्र निजीकरणको अन्त्य हुने उनको दाबी छ। ‘हामीले पाँच वर्षभित्र शिक्षा, स्वास्थ्य, आवास, खानेपानीजस्ता विषयमा जनताको सहज पहुँचको व्यवस्था गर्छौं,’ गौतमले भने । उनले सुरुमा केही कमीकमजोरी भए पनि पाँच वर्षभित्र सरकारले सबै क्षेत्रमा सुधार गर्दै जाने दाबी गरे ।
नेकपाकी सांसद रामकुमारी झाँक्रीले भने डा. केसी पूर्वाग्रही ढंगले अनशन बसेको आरोप लगाइन् । ‘उहाँ (डा. केसी) का अनशन हेर्दा पूर्वाग्रही देखिन्छन्,’ झाँक्रीले भनिन् । अनशनको सुरुसुरुमा डा. केसीको आन्दोलनप्रति सकारात्मक देखिएकी झाँक्रीले अहिले आएर उनलाई पूर्वाग्रही भएको आरोप लगाइकी हुन् । ‘हामी उहाँभन्दा धेरै क्रान्तिकारी विषय उठान गरेर आएका मानिस हौं’, उनले भनिन् ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा निजीकरणको अन्त्य हुनुपर्छ भनेर सबैभन्दा पहिले माग उठाउने आफूहरु भएको दाबी गर्दै उनले यस विषयमा डा. केसीको साथ लिन आवश्यक नरहेको बताइन् । डा. केसीलाई विपक्षीले मसला बनाएको आरोप लगाउँदै झाँक्रीले माथेमा प्रतिवेदन पनि पूर्वाग्रही रहेको आरोप लगाइन् । उनले त्यो प्रतिवेदन उच्चस्तरीय नभएको र कुनै रामवाण पनि नभएको बताइन् ।
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: