Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

अदालतको आदेश नमानेको भन्दै सर्वोच्चमा मुद्दा

काठमाडौं । हनुमान ढोका परिसरमा सर्वोच्चले दिएको अन्तरिम आदेश विपरीत व्यापारिक भवनको धमाधम काम अघि बढिरहेको भन्दै १०४ जनाले अदालतमा मानहानीको मुद्दा दर्ता गरेका छन्। सर्वोच्चको आदेश लत्याउँदै विश्व सम्पदा सूचि हुनमान ढोका परिसरमा बन्दै गरेको व्यापारिक भवनमा काम नरोकिएपछि स्थानीय अदालतको अवहेलना मुद्दा बोकेर अदालत पुगेका हुन्। अाजकाे नागरिक पत्रिका दैिनकमा याे खबर छ - सर्वोच्चमा विचाराधीन मुद्दा रहेको ‘क्रिस्टल’ नामको व्यापारिक भवनलाई मुद्दाको अन्तिम टुंगो नलागेसम्म काम रोक्न अन्तरिम आदेश भएको थियो। सर्वोच्चको अन्तरिम आदेशपछि केही दिन काम रोकिएको एक महिनादेखि धमाधम काम हुनुलाई अदालतको अवहेलना भन्दै मुद्दा दिएका हुन्। अदालतको अवहेलना मुद्दालाई सर्वोच्चले आगामी बुधबारका लागि पेशी तोकेको छ। विश्व सम्पदा क्षेत्रमा कानुन विपरीत व्यापारिक भवन बन्न लागेको मुद्दा यसअघि अन्तरिम आदेश दिँदै मुद्दा टुंगो लगाउन पूर्ण इजलासमा पठाउने निर्णय भइसकेको छ। राष्ट्रिय मल्लकालीन ढुकुटीको मन्दिर तथा कानुनको प्रभावहिनताले हनुमान ढोका क्षेत्र समेत खतरामा परेको व्यापारिक भवनको विषयमा सर्वोच्चमा रिट परेको थियो। न्यायाधीशद्वय दीपकुमार कार्की र केदारप्रसाद चालिसेको संयुक्त इजलासले पूर्ण सुनुवाइका लागि पठाउने निर्णय गरेको हो। गत वैशाख १२ मा सर्वोच्चले भवन बनाउने काम रोक्न अन्तरिम आदेश दिएको थियो। यसअघि दिएको अन्तरिम आदेश कायम राख्दै पूर्ण इजलासमा लैजाने आदेश भएको थियो। न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासबाट बन्दै गरेको भवन यथास्थितिमा रोक्न अन्तरिम आदेश भएको थियो। सर्वोच्चको आदेश र पुरातत्व मापदण्ड विपरीत व्यापारिक कम्प्लेक्सको काम धमाधम हुनु अदालतको अवहेलना भएको भन्दै मुद्दा परेको हो। व्यापारिक भवनका कारण मल्लकालीन कुमारी मन्दिर पूजा अवरुद्ध बनेको नाग पोखरी सुक्दै गएको छ। जमिन मुनिको तला थप्दा भण्डारखाल ढुकुटी समेतलाई असुरक्षित बनाएको स्थानीयको दाबी छ। राष्ट्रिय मल्लकालिन ढुकुटी कुमारीको मन्दिर, हनुमान ढोका क्षेत्र समेत खतरामा परेको भन्दै जनहित संरक्षण मञ्चका कार्यकारी निर्देशक वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले प्रधानमन्त्री तथा मन्त्रिपरिषद लगायतलाई विपक्षी बनाइ भवन निर्माण कार्य रोक्न माग सहित वैशाख १० मा रिट दर्ता गरेका थिए। हनुमान ढोका क्षेत्र भित्रको संरक्षित स्मारक घोषणा गरेको चार किल्लाभित्र पर्ने जग्गामा महर्जन बिजनेस एसोसिएट्स प्रालीले गैरकानुनी रुपमा भवन बनाउँदा हनुमान ढोका क्षेत्र खतरामा परेको दाबी रिट निवेदकले गरेका थिए। विश्व सम्पदा सूचीमा रहेको क्षेत्रमा व्यापारिक प्रयोजनका लागि भवन बनाउँदा ‘प्राचीन स्मारक ऐन’ पालना नभएको भन्दै रोक्न माग गरिएको थियो।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending