श्रावण ६ गते, २०७५ आइतवार 22nd July, 2018 Sun०७:४३:२६ मा प्रकाशित
जुम्ला । छातीमा समस्या भएपछि चन्दननाथ नगरपालिका ९ की विष्णु उपाध्याय केही दिनदेखि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छिन्। उनी निको नभए पछि जतिसक्दो छिटो घर फर्कन चाहन्छिन्। उनी छिटै घर फर्कनुको कारण बिहीबार सरकारी पक्षले प्रस्तुत गरेको दमनको भय हो। बिहीबार उनी शड्ढयामा अक्सिजनको सहारामा पल्टिरहेकी थिइन्। एकाएक अस्पतालबाहिर ड्याङडुङ आवाज आउन थाल्यो। उनलाई लाग्यो, अस्पतालमा गोली चल्यो। सिकिस्त बिरामी उनी अत्तालिइन्। अक्सिजनको पाइप थुतेर उनी शड्ढयामा घुसिन्।
अाजकाे नागरिक दैनिकमा याे खबर छ - ‘बिरामी मान्छे ज्यान बचाउनका लागि शड्ढयामुनि पसेर बसें’, उनले भनिन्, ‘एक त बिरामी मान्छे, झन् बिरामी भएँ।’ शुक्रबार पनि उनी उत्तिकै त्रस्त थिइन्। ‘कचौरा खसे पनि फेरि उस्तै भैगो भन्ने डर लाग्छ,’ उनले भनिन्, ‘रोग निको भए पनि नभए पनि अब म घर गइहाल्छु।’ कुरुवा बसेकी उनकी छोरी कृष्णमाया तिमिल्सिना पनि उस्तै त्रासमा छिन्। ‘अस्पतालमा भएको त्यो घटनाले झस्काइरहन्छ,’ उनले भनिन्, ‘सानोतिनो आवाज आउँदा पनि पुलिस आइहाले भन्ने डर लाग्छ।’
दुई महिने बिरामी छोरीको उपचारका लागि अस्पताल पुगेकी चन्दननाथ नगरपालिका ९ की बिन्दु शाही पनि बिहीबार दिउँसो अस्पतालमै छोरीको हेरचाहमा थिइन्। एकाएक हल्लाखल्ला भयो। ‘के भएछ भनेर बाहिर हेरेको, हेर्नै नसकिने दृश्य थियो,’ उनले भनिन्, ‘अब बाँचिन्नभैंm लागेको थियो।’ केहीबेरमा प्रहरी उनी भएकै कक्ष नजिकै आइपुगे। स्टाफ नर्सहरूलाई भन्दै थिए, ‘तिमीहरू बाटो छोड्ने भए छोड नत्र उपचारका लागि ल्याइएका सबै बच्चा उठाएर लैजान्छौं।’ प्रहरीको यो धम्कीले उनको सातो लियो। उनी पनि छोरी च्यापेर शड्ढयामुनि लुकिन्। ‘बच्चा उठाएर लैजान्छम् भनेपछि सातो गयो,’ उनले भनिन्, ‘तर नर्सहरुले बरु हाम्लाई मार, तर बिरामीलाई केही नगर भनेर अनुरोध गर्नुभयो।’ अस्पतालको बिहीबारको वितण्डाले उनको मन पनि झस्किइरहन्छ । उनले भनिन्, ‘हामी सुरक्षित छैनौं, के गरी अस्पतालमा दिन बिताउने हो?’
जुम्ला तीला २ की बाँची रावत बिहीबार बिरामी छोरालाई खाना लिएर अस्पताल उक्लँदै थिइन्। एक हुल प्रहरी उनी पछाडि आयो। उनको टाउकोमा लाठी ताकेका मात्रै के थिए, उनले बिरामी कुरुवाको परिचयपत्र देखाइन्। प्रहरी सम्हालिए। ‘लाठीले हान्न थालेपछि परिचयपत्र देखाएँ, अनि हान्न सकेनन्’, उनले भनिन्, ‘छोरालाई ल्याइदिएको भात त्यहीं पोखियो, बिरामी छोरालाई भात खुवाउन पनि पाइएन।’
बिहीबार अस्पतालमा भएको प्रहरी दमनका कारण अस्पतालमा आएका बिरामी निकै त्रसित बनेका छन्। कतिपयले प्रहरी दमनको भयले अस्पतालबाट हामफाल्ने अवस्थामा पुगेको बताए। अधिकांश बिरामीहरू लत्रिँदै शड्ढयामुनि पसेका थिए।
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: