Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

निजी मेडिकल कलेज राष्ट्रियकरणमा सरकार सकारात्मक

काठमाडाैं । कांग्रेस भन्छ, ‘राष्ट्रियकरण हुनुपर्छ, तर अहिलेको विकल्प यो होइन’ अाजकाे नयाँ पत्रिका दैनिकमा याे खबर छ - डा. गोविन्द केसी चिकित्सा सुधार अभियानको माग गर्दै अनशनमा छन् । उनका समर्थक केसीका माग पूरा गर्न दबाब दिँदै सडकसम्म ओर्लिएका छन् । सामाजिक अभियन्तादेखि केही राजनीतिक दल केसीका माग सम्बोधन गराउन सरकारलाई निरन्तर दबाब दिइरहेका छन् । सरकार केसीको स्वास्थ्य सुधार भएपछि उनीसँग सीधै वार्ता गरेर समस्या समाधान गर्ने तयारीमा छ । तर, सबै मेडिकल कलेज राष्ट्रियकरण गर्ने सवालमा सरकारको धारणा के छ ? देशमा धेरै निजी मेडिकल कलेज कांग्रेसका मान्छेले चलाएको आरोप लाग्दै गर्दा तिनको राष्ट्रियकरणमा उसको ‘बटमलाइन’ के हो ? परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली मेडिकल कलेज राष्ट्रियकरणको बहसलाई सरकारले नजिकबाट हेरिरहेको बताउँछन् । तर, मेडिकल कलेजसँगै समग्र शिक्षा क्षेत्र नै राष्ट्रियकरण गर्नु वैज्ञानिक हुने उनको भनाइ छ । मन्त्री ज्ञवालीले साथसाथै प्रश्न उठाए, ‘के हाम्रो स्रोत–साधनबाट यो काम सम्भव छ?’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा शिक्षा र स्वास्थ्यमा राज्यसँग गुनासो गर्ने अवस्था आउन नहुने धारणा राख्छन् । तर, अहिले तत्काल राष्ट्रियकरणमा गइहल्नेतिर भन्दा माथेमा कार्यदलको जगमा आएको अध्यादेश कार्यान्वयन महत्वपूर्ण मुद्दा भएको शर्मा बताउँछन् । सरकार सकारात्मक छ, तर आफ्नै स्रोतले बेहोर्न सक्ला ? प्रदीप ज्ञवाली, परराष्ट्रमन्त्री मेडिकल कलेज राष्ट्रियकरणका विषयमा अहिले सुरु भएको बहसलाई सरकारले नजिकबाट हेरिरहेको छ, सुनिरहेको छ । यद्यपि, चिकित्सा शिक्षा मात्र नभएर समग्र शिक्षा राष्ट्रियकरण गर्ने कि नगर्ने प्रश्न पनि उठ्छ । सरकारले गर्न सक्दा त धेरै राम्रो हुन्थ्यो, तर सरकारको आफ्नै स्रोत–साधनको सीमा रहेकाले अहिलेलाई व्यावहारिक रूपमा गम्भीर ढंगले सोच्नुपर्ने स्थिति छ । कति व्यावहारिक र वस्तुसंगत छ, राज्यले कति बेहोर्न सक्ने स्थिति छ जस्ता पक्षलाई हेर्नुपर्छ । अन्तिम समाधान हो, तर अहिलेको अन्तिम विकल्प होइन विश्वप्रकाश शर्मा, कांग्रेस प्रवक्ता शिक्षा र स्वास्थ्यमा राज्यको प्रधान भूमिका हुनुपर्छ । यी दुई विषय उपलब्ध गराउनु राज्यको प्राथमिक कर्तव्य हो । शिक्षा र स्वास्थ्यमा राज्यसँग गुनासो गर्ने अवस्था आउनुहुन्न । यसको सम्पूर्ण व्यवस्था राज्यले गरिदिए राम्रो हो । तर, औँलामा पिलो आयो भनेर उपचार गर्न विधिको खोजी गर्ने, विधिमा सहमति जनाउने, तर पछि समाधान होला–नहोला भनेर हत्केलो नै काटिदिउँजस्तो गर्नुहुन्न । राज्यको मेडिकल कलेज हुनुपर्छ भनेर समयमै सोचेको भए यति धेरै मेडिकल कलेज हुने थिएनन् । राष्ट्रियकरण गर्नुपर्छ भन्ने अन्तिम समाधान हो । तर, अहिलेको अन्तिम विकल्प यो होइन । अहिलेको विकल्प माथेमा कार्यदलको जगमा बनेको अध्यादेश कार्यान्वयन गर्नु नै हो । राष्ट्रियकरण गर्न एउटा मोडल बनाउने भन्यौँ । मनमोहन अस्पताल खरिद गर्ने भनेर सहमति भएको थियो । यसलाई पालना गरेर पाइलट प्रोजेक्टका रूपमा अघि बढाउनुपर्छ । मनमोहनलाई खरिद गरेर राष्ट्रियकरण गर्न चाहिँ हिच्किचाउने, तर दुई दर्जनलाई राष्ट्रियकरण गर्छौं भन्नु लोकप्रिय नारा मात्र हो । निजी क्षेत्रको भूमिकालाई पूर्ण निषेध गर्नु गल्ती हुन्छ कमल थापा अध्यक्ष, राष्ट्रिय प्रजातन्त्र पार्टी निजी क्षेत्रबाट सञ्चालित मेडिकल कलेजलाई नियमन र नियन्त्रण गरिनुपर्छ । निजी क्षेत्रको भूमिकालाई पूर्ण निषेध गरिहाल्दा अर्को गल्ती हुन जान्छ । तर, यस क्षेत्रलाई प्रभावकारी नियमनको आवश्यकता छ । डा. सूर्यराज आचार्य प्रवक्ता, विवेकशील साझा पार्टी स्वास्थ्य र शिक्षालाई मुनाफाको विषय बनाइनुहुँदैन । शिक्षा र स्वास्थ्य व्यापारको विषय हुनुहुन्न भन्ने हाम्रो पार्टीको स्पष्ट अडान छ । निजी मेडिकल कलेज र शिक्षण संस्थाको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा बहस हुन जरुरी छ । राष्ट्रियकरण गर्ने कि गुठीमा परिणत गरेर सञ्चालन गर्ने, एकैपटक राष्ट्रियकरण गर्ने कि क्रमिक गर्नेजस्ता विषयमा राष्ट्रिय बहस चलाएर उचित निष्कर्षमा पुग्न सकिन्छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy