Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

काम खोज्न दैनिक हजार नेपाली भारतमा

काठमाडौँ । कामको खोजीमा दैनिक एक हजार नेपाली भारत जाने गरेका छन् । बाँकेको जमुनाहा नाकाबाट युवा मात्र होइन, महिला तथा ज्येष्ठ नागरिकसमेत भारत गइरहेका छन् । इलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार एक हप्तायता जुम्ला, कालिकोट, सुर्खेत, दैलेख, रुकुम, जाजरकोट, रोल्पा, दाङ, प्युठानबाट कामको खोजीमा दैनिक एक हजार भारत गइरहेका छन् । आजको नयाँ पत्रिका दैनिकमा यो खबर छ - इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी नायब निरीक्षक अनिल शाहले कामका लागि धेरै भारत जाने गरेकाले नेपालीको रेकर्ड राख्न कठिन भएको बताए । उनले हुल बाँधेर पहाडी र हिमाली भेगका नेपाली कामको खोजीमा भारत पलायन हुने गरेको बताए । एक हुलमा कम्तीमा १५–२० जना भारत पस्ने गरेको सइ शाहले बताए । उनले भने, ‘युवाको समूह हुल बाँधेर भारत जान लागेको देख्दा मन खिन्न हुन्छ ।’ कामका लागि भारत जाने र फर्किनेलाई लक्षित गरी यातायातका साधनसमेत बढेका छन् । स्वर्गद्वारी यातायात प्रालिले यात्रुको चाप बढेपछि सवारीसाधन थपेको छ । कामको खोजीमा भारत जाने नेपालीको संख्या बढेपछि पाँचवटा ‘हायस’ थप गरेको प्रालिका अध्यक्ष दीपकराज चन्दले बताए । उनले हिमाञ्चल प्रदेशको सिमलामा स्याउ टिप्ने सिजन भएकाले कामको खोजीमा भारत जाने नेपालीको संख्या तीन गुणाले बढेको बताए । ‘हामीले दैनिक दुईवटा हायस सिमला क्षेत्रका लागि सञ्चालन गर्दै आएका थियौँ, एक हप्तायता दैनिक सातवटा पठाउँदासमेत अपुग भएको छ,’ चन्दले भने । प्रालिले सञ्चालन गरेका हायसका साथै दाङबाट दुईवटा यात्रुबाहक बस र भारतको रुपडिहाबाट प्रत्येक घन्टा रोडवेज बस छुट्ने गरेको छ । कपिपय सवारीसाधन नपाएर सिमला जाँदै गरेका नेपाली फर्किने गरेको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज शाहले बताए । लुटिन रोकिए नेपाली यात्रु कामको खोजीमा भारत जानेहरूलाई लक्षित गरेका सवारीसाधनले यात्रुलाई गन्तव्यसम्म पु-याउन थालेपछि ठगिने र लुटिने क्रम घटेको प्रहरीले जनाएको छ । हरेक हप्ता नेपाली भारतमा लुटिएको, ठगिएको सूचना आए पनि अहिले यस्तो समस्या नआएको जमुनाहा प्रहरी प्रमुख शाहले बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy