Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

१३ वर्षीया बालिकाको उखुबारीमा शव फेला

काठमाडाैं । भीमदत्त नगरपालिका–२ महुलिया उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको निम्बुखेला खोलापारि उखु बारीमा शव फेला परेको छ । बिहीबार दिउँसो साथी रोशनी बमको घरबाट गृहकार्य गरेर फर्किएकी निर्मलाको शुक्रबार बिहान शव फेला परेको हो । अाजकाे नागरिक दैनिकमा याे खबर छ - स्थानीय सरस्वती मावि कक्षा ९ मा अध्ययनरत निर्मला गृहकार्य गर्न भन्दै बिहीबार भगतपुरस्थित साथी रोशनीको घर गएकी थिइन् । रोशनीको घरबाट उनी साइकलमा घर फर्किएकी थिइन् । निर्मलाकी साथी रोशनीका अनुसार उनी बिहीबार मध्याहन्न सबा ११ बजेतिर आएकी थिए । ‘दुवैजनाले गृहकार्य ग-यौँ । मैले उनलाई अम्बा दिएर घर पठाएकी थिएँ,’ रोशनीले भनिन्, ‘आज उनी मृत अवस्थामा फेला परेको कुरा सुन्दा डर लागिरहेको छ ।’ स्थानीयले बलात्कारपछि घाँटी थिचेर उनको हत्या भएको हुन सक्ने आशंका गरेका छन् । अर्धनग्न अवस्थामा शव फेला परेपछि सामूहिक बलात्कार गरी हत्या गरेको हुन सक्ने स्थानीयको भनाइ छ । भीमदत्त नगरपालिका–१८ निम्बुखेलाका चूडामणि भट्टले घटनाको प्रकृतिअनुसार सामूहिक बलात्कारपछि हत्या गरेको हुन सक्ने बताए । रोशनीका घरबाट दिउँसो २ बजेतिर फर्फिएकी निर्मला घर नपुगेपछि घरपरिवार र आफन्तले खोजी गरेका थिए । शुक्रबार सबेरै निर्मलाले चढेको साइकल कपी निम्बुखेला खोला सडकमा फेला परेपछि आसपासमा उनको खोजी भएको थियो । सो क्रममा उनको शव उखु बारीमा भेटिएको थियो । दोषीलाई उम्कन दिँदैनौँ : प्रहरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–१८ निम्बुखडा खोलापारी उख ुबारीमा मृत फेला परेकी निर्मलाको बलात्कारपछि हत्याको हो या होइन भनेर अनुसन्धान भइरहेको छ । कञ्चनपुरका प्रहरी प्रमुख दिल्लीराज विष्टले घटनाको सूक्ष्म अनुसन्धान भइरहेको बताए । प्रहरी प्रमुख विष्टले भने, ‘अहिल्यै केही भन्न सक्ने अवस्था छैन । अनुसन्धानपछि तथ्य सार्वजनिक गछौँ ।’ घटनाका संलग्न भएको आशंकामा प्रहरीले स्थानीय एक युवकलाई पक्राउ गरेको छ । यद्यपि, प्रहरीले ती युवाको नाम सार्वजनिक गरेको छैन । घटनाको भत्र्सना एमाले नेता उर्वादत्त पन्तले घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले केही समययता कन्चनपुरमा भइरहेको आपराधिक क्रियाकलाप रोक्न प्रशासनसँग माग गरेका छन् । जनताको जीवनस्तर सुधार, सुरक्षा, मौलिक हकको ग्यारेन्टीको सट्टा जनजीवन कष्टकर बन्दै गएकोप्रति उनले सरकारको ध्यानाकर्षण गराएका छन् । हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शन कञ्चनपुर/ बालिका हत्याराको खोजी र काबाहीको माग गर्दै स्थानीयले भीमदत्त नगरपालिकाको गेटमा दिनभर प्रदर्शन गरेका छन् । प्रदर्शनकारी नगरपालिका कार्यलयमा प्रवेश गर्न खोजेपछि प्रहरी र स्थानीयबीच झडप भएको थियो । झडपमा दुई प्रहरीसहित दर्जनौँ स्थानीय घाइते भएका छन् । दिउँसो १ बजेतिर नगरपालिकाको मूल गेटमा प्रदर्शन गर्न आएका आन्दोलनकारीलाई प्रहरीले पाँच घन्टापछि तितरबितर बनाएको थियो । भिड नियन्त्रणमा लिने क्रममा आन्दोलनकारीले प्रहार गरेको ढुंगा लागेर दुई प्रहरी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता ज्ञानबहादुर सेठीले प्रहरी हवल्दार केशवदत्त भट्ट र जवान दानसिंह धामी घाइते भएको बताए । घाइते दुवै प्रहरीको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले भिड तितरबितर पार्न एक दर्जन आश्रुग्यास प्रहार गरेको थियो । प्रहरीले लाठी चार्ज गर्दा दर्जनौँ स्थानीय घाइते भएका छन् । यस्तै, प्रहरीले एक पुरुषसहित ५ जना महिलालाई नियन्त्रणमा लिएको छ । स्थानीयले घटनास्थलमा प्रहरी बिट राख्नुपर्ने, दोषीलाई कारबाही गरिनुपर्ने माग राख्दै दिनभर महेन्द्रनगर बजारमा प्रदर्शन गर्नुका साथै बजार बन्द गराएका थिए । प्रदर्शनकारीले घटनाको सत्यतथ्य छानबिन नहुन्जेल आन्दोलन नरोक्ने चेतावनी दिएका छन् । बालिकाको शव पोस्टमार्टमका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy