Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

‘लटरपटर’ फुटबल

काठमाडौँ । यस्तै परिस्थितिमा हो नेपाली फुटबलमा ललितकृष्ण श्रेष्ठको अनुपस्थिति खडकने । उनी अब फेरि फर्कने त छैनन् तर उनी आफूलाई बेस्वाद र बेथितिको केही काम भयो कि एक शब्द दोहोर्‍याइहाल्थे ‘लटरपटर’ । यति सम्झना नेपाली फुटबलसँग नजिक रहेका सबैलाई छ । अाजकाे कान्तिपुर दैनिकमा याे खबर छ - अहिले जुन स्थितिमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक लिगको ‘ए’ डिभिजन गर्न लागेको छ । त्यसको सार एक शब्दमै खिच्ने हो भने त्यसका लागि सबैभन्दा उपयुक्त हुन्छ, त्यही ‘लटरपटर’ । यस्तो किन भन्दा यसपालि त्यो लिग हुन लागेको छ, बिना रेलिगेसनको । लिग फुटबलको दुई प्रमुख अत्यावश्यक विशेषता हो, प्रमोसन र रेलिगेसन । हाम्रो पारामा भन्दा, बढुवा र घटुवा । लिग ‘पिरामिड’ शैलीको हुन्छ र यसमा केही टिम माथि चढिरहेका हुन्छन्, केही टिम तल झरिरहेका हुन्छन् । यस्तो हुन्न त लिग किन हुन्थ्यो ? एन्फा भने अहिले पनि जिद्दी गरिरहेको छ, हामी लिग गर्छौं र यो रेलिगेसनबिनाकै हुन्छ । विशेषत: एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाको दाबी छ, नेपाली फुटबल अहिले रेलिगेसनसहितको लिगलाई तयार नै छैन । यसका लागि त एक वर्षदेखिको तयारी चाहिन्छ, जुन समय अहिले उनीहरूलाई उपलब्ध छैन । भलै, उनले एन्फा अध्यक्षमा पहिलोपल्ट आफ्नो उम्मेदवारी घोषणा गर्दा भन्थे, ‘हामी तीन महिनाभित्र लिग गर्छौं, किनभने हामीसँग यस्तो गर्ने क्षमता छ ।’ त्यो घोषणाको ‘रेकर्ड’ धेरैसँग छ । उनले त्यसमा जे जति दाबी गरेका छन्, त्यसमध्ये के–के पूरा गर्ने छैनन्, त्यो भविष्यमा लेखाजोखा गर्न खुबै काम आउने छ । अहिले तत्काल उनी लिगको त्यो वास्तविक स्वरूपबाट टाढिएका छन् । रेलिगेसनसहितको लिगका लागि एन्फाले साँच्चै किन यस्तो जिद्दी गरिरहेको छ त ? खासमा यो नै घिनलाग्दो फुटबल राजनीति हो । हाका–हाकी भन्न सक्छौं, चुनावका बेला धेरै ‘ए’ डिभिजन क्लबसँग यस्तै लिग गर्ने सहमति भएको थियो । यही सहमतिका लागि अहिले लिगलाई कुरुप शैलीमा प्रस्ततु गरिँदैछ । यस्तो लिग गर्नुको पछाडि एन्फाले एउटा तर्क दिनसक्छ, तर यस्तो लिग किन गर्नुहुँदैन भनेर त्योभन्दा धेरै गुणा बढी तर्क दिन सकिन्छ । रेलिगेसनबिनाको लिगले यसको ‘पिरामिड’ शैली बिगार्छ । यसले आउने दिनमा विकृति ल्याउँछ । लिगमा रोमाञ्चकता नै हुनेछैन । टिमलाई खेल जित्नमा कुनै रूचि नै हुँदैन । यस्तोमा किन राम्रो टिम बनाउने ? अनि किन धेरै राम्रा खेलाडी टिममा राख्ने ? यस्तो लिग गर्नु भनेको नेपाली फुटबलमा एक पाइला पछाडि सर्नु हो । परिवर्तनको नारा दिएर नेतृत्व पाएकाले त एक पाइला अगाडि सरेर पो काम गर्नुपर्ने । केही राम्रो गृहकार्य गरेर अर्ध–व्यावसायिक लिग पो गर्ने कि ? खेलाडीको लिलामी शैली पो ल्याउने कि ? त्यस्तोमा केही रूचि भएन । आउने दिन त क्लब फुटबलका लागि अझ कठिन दिन आउँदै छ । एसियाली फुटबल महासंघ (एएफसी) को क्लब लाइसेन्सिङ कार्यक्रम लागू हुनेछ । क्लबले धेरै सर्त पूरा गर्नुपर्ने हुन्छ । खासमा एन्फाको काम हाम्रा क्लबलाई त्यसैअनुसार स्थापित गराउन मदत गर्ने हो तर अहिले त्यसको ठीकविपरीत काम भइरहेको छ । असोज १३ बाट साँच्चै रेलिगेसनबिनाको लिग सुरु हुन्छ भने आउने दिन यसलाई खराब उदाहरण दिनमात्र प्रस्तुत हुनेछ । इतिहासले यसलाई कलंकको लिग मान्नेछ । अझै पनि सच्चिने दिन छ । किनभने असोज १३ अझै टाढा छ । विश्व फुटबलमा लिगअगाडिको ‘वार्मअप’ लिग भन्ने हुन्न । त्यसो त विश्वमा केही यस्ता लिग पनि छन्, जसमा रेलिगेसन हुन्न । तर यी नितान्त फरक लिग हुन् । यस्ता लिग फ्रेन्चाइज शैलीका हुन्छन् । प्रत्येक टिमले एक निश्चित मोटो रकम खर्चिन तयार हुनुपर्छ । यसको ढंग नै फरक हो । सहिद स्मारक लिग त्यस्तो पटक्कै होइन । अध्यक्ष शेर्पाले चुनावका बेला धेरै आश्वासन दिएका छन् । धेरैलाई यस्तो गर्छु र उस्तो गर्छु भनेर वचन दिएका छन् । उनी अहिले त्यसकै मारमा फसिरहेका छन् । उनले नेतृत्व सम्हालेको धेरै दिन भएको छैन, त्यसैले उनले कस्तो काम गर्‍यो भनेर मूल्यांकन गर्ने समय पनि भएको छैन । उनको अहिले नै धेरै आलोचना पनि ठीक हुन्न । तर उनले यस्ता केही काम गर्न थालेका छन्, जसले नतिजा खराब नै हुन्छ । रेलिगेसनबिनाको लिग यस्तै हो । शेर्पा मजबुत र शक्तिशाली अध्यक्ष हुन् । नेताले सबैलाई खुसी पार्ने निर्णय गर्नु हुन्न । सायद उनी गलत सल्लाह दिने, कूतर्क प्रस्तुत गर्ने समूहको घेरामा छन् । उनीसामु दुई बाटो छ, पहिलो त्यही समूहको घेरामा बस्ने र भ्रममा रहने । दोस्रो, त्यो समूह र त्यस्तो सोच परित्याग गरेर अगाडि बढ्ने । शेर्पाले दोस्रो बाटो रोज्नैपर्छ । आउने दिनमा नेपाली फुटबल असफल भएमा दोष त्यो समूहलाई जानेछैन, बरु यिनै शेर्पा आलोचित हुनेछन् । नेपाली फुटबललाई ‘लटरपटर’ कामको कुनै आवश्यकता छैन ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy