Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

दश पक्की पुल निर्माण तीव्र

कञ्चनपुर । वेदकोट नगरपालिकामा १० पक्की पुल निर्माण तीव्ररुपमा अगाडि बढेको छ । आव ०७४\\७५ मा निर्माण प्रारम्भ भएका पुलको ३० देखि ७० प्रतिशतसम्म काम सम्पन्न भएको छ । नगरपालिका वडा नं ४ बैतडा– घटाल थान जोड्ने दैजी खोलामा रु २२ करोड ६५ लाख १९ हजार ८६३ मा पुल निर्माण अगाडि बढेको छ । सो पुल निर्माण ७० प्रतिशत पूरा भएको छ । नगरपालिका वडा नं ५ पोलखरी र वडा नं ६ सिसैया जोड्ने चौधर नदीमा रु ११ करोड ४६ लाख ६० हजार ६० को लागतमा निर्माण शुरु गरिएको पुल ३५ प्रतिशत पूरा भएको छ । यसैगरी नगरपालिकाको वडा नं ६ मुसेपानी र वडा नं ७ गाउजी पुलती बजार जोड्ने पुल रु १७ करोड ४१ लाख ७४ हजार ५३, वडा नं ३ वेदकोट नदीको खलगौडीमा रु चार करोड ७६ लाख ५५ हजार ८९५, वडा नं ३ कै भम्का र वडा नं ४ विजयनगर जोड्ने साजगाडमा रु १२ करोड २८ लाख ४० हजार ९७५ तथा वडा नं २ जडेपानी र वडा नं ३ जोडन राधा नदीमा रु पाँच करोड १२ लाख १५ हजार ८४८ को लागतमा पुल निर्माण भइरहेको नगर प्रमुख अशोककुमार चन्दले बताए । उहाँका अनुसार निर्माणाधीन पुलको ३५ प्रतिशत काम पूरा भएको छ । यसैगरी नगरपालिकाको वडा नं १ हात्तीथला र वडा नं २ को जडेपानीको पथरिया नदीमा रु ७२ करोड २० लाख ६७ हजार ६२१, वडा नं ३ र वडा नं २ वसन्तथला जोड्ने रु एक करोड ५५ लाख, वडा नं १० को बल्मा नदीमा रु नौ करोड ५७ लाख ३३ हजार ४३९ र वडा नं १० कै नयाँ गाउँ र भीमदत्तनगरपालिका १९ जोड्ने कनकट्टी खोलामा रु छ करोड ४९ लाख ७१ हजारको लागतमा पक्की पुल निर्माणका काम भइरहेका छन् । पुल निर्माण भएपछि नगरपालिकाका बासिन्दाले सहज रुपमा जीवयापन गर्न पाउने र नदी तर्नु पर्ने झण्झटबाट मुक्ति पाउने नगर प्रमुख चन्दले भन्नुभयो, “पुल निर्माणले सबैको शिक्षा, स्वास्थ्य र अन्य क्षेत्रमा सहज पहुँच पुग्ने विश्वास लिएका छौँ ।” नगरपालिकाका अन्य नौ स्थानमा समेत पुल निर्माणका लागि पहल भइरहेको छ । माटो परीक्षण गरी पुल निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको छ । यस्तै वडा नं १ को चम्फापुरको राधा नदी, वडा नं २ को पथरिया नदी र वडा नं १० को चथरीमा झोलुंगे पुल निर्माण भइरहेको छ । पाँच स्थानका लागि झोलुंगे पुल निर्माणको माग आएको बताउँदै नगर प्रमुख चन्दले भने, “पुल निर्माणका लागि प्रक्रिया अगाडि बढाएका छौँ ।” वैकल्पिक मार्गको काम दु्रत नगरपालिकाले प्रदेश नं ७ का पहाडी सात जिल्ला जोड्ने वैकल्पिक छोटो दूरीको सडक निर्माणलाई समेत अगाडि बढाएको छ । नगरपालिकाको वडा नं ३ बाट शुरु भएको दैजी–बुडर सडकखण्ड दैजीदेखि छेला बजारसम्म कालोपत्रे भइसकेको र छेला बजार औद्योगिक क्षेत्रबाट लिप्ना (कञ्चनपुर) वेदकोटको सिमाना (डडेल्धुरा) पर्शुराम नगरपालिकाको सीमा पानीढाल लिपनासम्म कालोपत्रे (पिच) बनाउन ठेक्का भइसकेको नगर प्रमुख चन्दले बताए । “विसं २०७६ असोजभित्र काम सम्पन्न गर्नुपर्ने कार्यादेश रहेको छ”, उहाँले भने । सडक निर्माणको कूल लागत रु २७ करोड ६३ लाख २९ हजार २७३ छ । सात खानेपानी आयोजना निर्माण हुँदै नगरपालिकामा एकै साथ सात ठूला खानेपानी आयोजना निर्माण अगाडि बढाइएका छन् । नगरपालिका वडा नं १ मा हात्तीथला खानेपानी तथा सरसफाइ आयोजना रु १२ करोड ४० लाख, वडा नं २ मा झरना खानेपानी तथा सरसफाइ आयोजना रु नौ करोड ९९ लाख, वडा नं ३ मा दैजी खानेपानी तथा सरसफाइ आयोजना रु १३ करोड ५३ लाख, वडा नं ४ मा धरमपुर खानेपानी तथा सरसफाइ आयोजना रु पाँच करोड र वडा नं ६, ७ र ८ मा सुडा टाउन खानेपानी तथा सरसफाइ समिति रु ३३ करोडमा निर्माण भइरहेका छन् । यसैगरी वडा नं ९ मा बैजनाथ सुडा खानेपानी उपभोक्ता तथा सरसफाइ आयोजना रु छ करोड र वडा नं १० मा नवदुर्गा खानेपानी तथा सरसफाइ आयोजना रु ५९ लाखमा निर्माण अगाडि बढाएको छ । निर्माण प्रारम्भ भएका खानेपानी आयोजनाबाट १० हजारभन्दा बढी बासिन्दा लाभान्वित हुनेछन् । खानेपानी आयोजनाबाट झण्डै २३ लाख २५ हजार लिटर शुद्ध पेयजल बासिन्दालाई उपलब्ध हुने नगर प्रमुख चन्दको भनाइ छ । चालू आवमा निर्माण सञ्चालन हुने गरी नौ खानेपानी आयोजनाको सर्भेको कार्य पूरा गरिएको छ । पुराना खानेपानी आयोजनाको मर्मतसम्भारको कार्यसमेत भएको बताउँदै नगर प्रमुख चन्दले भन्नुभयो, “लाइन र धारा विस्तारको कार्य समेत पूरा गरिएको छ । अतिगरीब तथा विपन्न परिवारलाई खानेपानीका ७२ वटा हेण्डपम्प पनि वितरण गरिएको छ । सर्वसाधारणको सरसफाइमा टेवा पु¥याउनका लागि ८७ वटा शौचालय निर्माण गरिएका छन् । शौचालयसँगै अनुदानमा २२ वटा गोबर ग्याससमेत जडान गरिएका छन् ।”

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy