Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

के डा केसी भेटेकै कारण प्रवक्ता श्रेष्ठले राजनीमा दिएका हुन् ?

काठमाडौँ । चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनशन बसेका डा. गोविन्द केसीसँग भेटघाट गरेको विषयमा पार्टीभित्र विवाद हुँदा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले राजीनामा दिएका छन् । आजको कान्तिपुर दैनिकमा यो खबर छ – प्रधानमन्त्री केपी ओलीले साउन ७ गतेको नेकपा सचिवालय बैठकमा केसीको माग सम्बोधन गर्ने विषयमा श्रेष्ठले भूमिका खेलेको र भेटघाटसमेत गरेको भन्दै प्रश्न उठाएका थिए । श्रेष्ठले केसीले उठाएका माग सम्बोधन गर्नुपर्ने र त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा नेतृत्वको कार्यदलले दिएको प्रतिवेदन ठीक रहेको बताएका थिए । बैठकमा श्रेष्ठले केसी र माथेमा प्रतिवेदनमाथि सकारात्मक धारणा राखेपछि प्रधानमन्त्री ओलीले प्रतिवाद गरेका थिए । उनले पार्टीको जिम्मेवार व्यक्ति एवं प्रवक्तासमेत भएको व्यक्तिले कुनै पनि विषयमा पार्टीको तत्कालीन पोसिजन के छ, त्यो ख्याल गर्नुपर्ने भन्दै श्रेष्ठको गतिविधिप्रति आपत्ति जनाएका थिए । प्रधानमन्त्री ओलीले भेटको विषयलाई आपत्ति जनाएपछि श्रेष्ठले प्रवक्ता पद आफूलाई नचाहिने भन्दै तत्काल राजीनामा दिएका थिए । त्यो दिनको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि ओलीको भनाइमा समर्थन गर्ने खालको धारणा राखेपछि श्रेष्ठले त्यहीं राजीनामा बुझाएका थिए । श्रेष्ठले राजीनामा दिए पनि स्वीकृत भएको छैन । श्रेष्ठले आवेशमा राजीनामा घोषणा गरेको भन्दै त्यसलाई गम्भीर रूपमा नलिएको एक नेताले बताए । श्रेष्ठ भने राजीनामा प्रकरण र पार्टीको बैठकमा भएको छलफलका विषयमा मौन छन् । ‘यो विषयमा मेरो कुनै प्रतिक्रिया छैन, पार्टीका बैठकभित्रका कुरा कसरी बाहिर आए रु त्यसबारे मेरो कुनै टिप्पणी छैन,’ श्रेष्ठले कान्तिपुरसँग भने । स्रोतका अनुसार उनले आवेशमा राजीनामा दिएकाले पार्टीकै जिम्मेवारीमा फर्काउने तयारी छ । केसीको आमरण अनशनको विषय सहमतिमा टुंगिएसकेकाले अब त्यसको तुष बाँकी राखेर हिँड्न नहुने सुझाव नेताहरूले श्रेष्ठलाई दिएका छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy